गोर्खाहरूले एनआरसी र सिएएको विरोध नगरेर केन्द्रलाई सकरात्मक सन्देश दिनुपर्छ : विमल गुरुङ

विज्ञापन

मन्त्रीहरूले आश्वासन दिएकै भरमा गोर्खाहरूले सिएए र एनआरसीको विरोध नगरेर गोर्खाहरू केन्द्रको पक्षमा रहेको देखाउनुपर्ने विमल गुरुङले जनाएका छन्। एनआरसी र सिएएले गोर्खाहरूलाई असरै नगर्नेबारे केन्द्रका मन्त्रीहरूले मौखिक आश्वासन दिएका हुन् कि लिखित?  के कारणले एनआरसी र सिएएले गोर्खाहरूलाई असर नगर्ने हो, त्यसका आधारहरूसमेत उनले स्पष्ट पारेका छैनन्।


कालेबुङ, 19 दिसम्बर


भूमिगतरूपमा दिल्लीमा बसेका गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङले गोर्खाहरूलाई एनआरसी र सिएएले असर नगर्ने केन्द्र सरकारका मन्त्रीहरूले आफूलाई आश्वासन दिएको जनाएका छन्। कुन मन्त्रीले कसरी आश्वासन दिएका हुन्, त्यसबारे गुरुङले खुलाएका छैनन्। । मन्त्रीहरूले आश्वासन दिएकै भरमा गोर्खाहरूले सिएए र एनआरसीको विरोध नगरेर गोर्खाहरू केन्द्रको पक्षमा रहेको देखाउनुपर्ने विमल गुरुङले जनाएका छन्।

एनआरसी र सिएएले गोर्खाहरूलाई असरै नगर्नेबारे केन्द्रका मन्त्रीहरूले मौखिक आश्वासन दिएका हुन् कि लिखित?  के कारणले एनआरसी र सिएएले गोर्खाहरूलाई असर नगर्ने हो, त्यसका आधारहरूसमेत उनले स्पष्ट पारेका छैनन्।

आफूहरूले दिल्लीमा बसेर निरन्तर  केन्द्रका मन्त्रीहरूसित भेटघाट गरिरहेको र यसरी भेटघाट गर्ने क्रममा मन्त्रीहरूले गोर्खाहरूलाई एनआरसी र सिएएले गोर्खाहरूलाई असरै नगर्ने आश्वासन दिएको गुरुङले एउटा विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले कुन मन्त्रीले यस्तो आश्वासन दिएका हुन्, त्यो लेखेका छैनन्।

देशभरिका बौद्धिक, वैज्ञानिक, सचेत, विद्यार्थीहरूले विरोध गरिरहेको सिएए र एनआरसीबारे दार्जीलिङका गोर्खाहरूले भने विरोध नगरिदिने विमल गुरुङले अपिल गरेका छन्।

‘दार्जीलिङ पहाड़ तराई डुवर्सवासी एवं भारतभरि छरिएर बसेको गोर्खालीहरुको मनमा राष्ट्रीय नागरिक पञ्जीकरण एवं नागरिक संशोधन कानुनको सन्दर्भमा उब्जिएको शङ्का – उपशङ्का एवं भयदेखि म अवगत छु,’ गुरुङले विज्ञप्तिमा लेखेका छन्, ‘भारतीय गोर्खालीहरुको हित सोचेर नै अहिले हामी दिल्लीमा दिनँहु केन्द्र सरकारको मन्त्रीहरुलाई भेटघाट गरेर आफ्नो कुराहरु, अड़ानहरु पेश गरिरहेकाछौं। केन्द्र सरकारको पक्षबाट भारतीय गोर्खाली समुदायलाई यी कानुनहरुले कुनै असर नपार्ने स्पष्ट बचन प्राप्त भएको छ।’

गोर्खाहरूको मुद्दाबारे केन्द्र सरकार सकारात्मक छ रहेको भन्दै गोर्खाहरूले एनआरसी र सिएएको विरोध नगरिदिने अपिल गुरुङले गरेका छन्। ‘यसबेला आ – आफ्नो क्षेत्रलाई हिंसात्मक गतिविधिहरुदेखि सुरक्षित र अलग राखेर केन्द्र सरकारलाई राम्रो सन्देश दिनु हामी भारतीय गोर्खालीहरुको कर्तव्य ठहर्दछ,’ गुरुङले भनेका छन्, ‘विशेषगरी अहिलेको युवाहरुलाई म यो अपिल गर्न चाहन्छु कि – कसैको भनाईमा लागेर हिंसात्मक गतिविधिहरुमा संग्लग्न नभइदिउन्। ती तमाम युवाहरुको भविष्य सोंचेर नै अहिले हामी दुःख पिर मर्का झेलेर पनि आफ्नो मुल मुद्दा बचाइराख्ने कोशिशमा छौं। गोर्खा जनमुक्ति मोर्चा गान्धीवादी सिद्धांतद्वारा नै लक्ष्य हासिल गर्ने कुरामा विश्वस्त छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया