एसकेएम र भाजपामा फाटो, भाजपाले भन्यो एसकेएमसित छैन कुनै गठबन्धन

विज्ञापन

वर्तमान सरकार तथा एसकेएम पार्टीसँग भाजपाले केवल सिक्किम  विधानसभाको उप-चुनाउमा सीट सेयरिङ गरेको अनि अहिले दुई पार्टी बीच कुनै गठबन्धन छैन।


गान्तोक, 21 दिसम्बर। सिक्किमको राजनीतिमा पहिलोपल्ट राजनैतिक समिकरणमा नयाँ सुत्रधारको रूपमा राष्ट्रिय पार्टी भारतीय जनता पार्टी (भाजपा) र क्षेत्रिय पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) बीच गठबन्धनको प्रेमिल राजनीति शुरु भएको छह महिना नबित्दै आपसमा विश्वासनीयता सक्किएको ठोकुवा गर्दै भाजपाले गठबन्धन नरहेको दाबी प्रस्तुत गरेको छ। सिक्किमका  मुख्यमन्त्री पीएस तामाङ (गोले)  र सिक्किम सरकारसँग आफ्नो विश्वासनीयता हराइसकेको छ भन्दै  सिक्किम प्रदेश भाजपाले पत्रकार सम्मेलन गरेर एसकेएमसित कुनै गठबन्धन छैन भन्ने दाबी गरेको छ।  आज राजधानी गान्तोकस्थित प्रेस क्लब अफ सिक्किमको सम्मेलन कक्षमा पत्रकारहरूलाई सम्बोधन गर्दै सिक्किम भाजपाका पूर्व जिल्ला अध्यक्ष भानुभक्त दाहाल अनि भाजपाका पूर्व राज्य अध्यक्ष तथा भाजपा सिक्किमका वरिष्ठ नेता पदमबहादुर छेत्रीले उक्त कुरा बताएका हुन्।

वर्तमान सरकार तथा एसकेएम पार्टीसँग भाजपाले केवल सिक्किम  विधानसभाको उप-चुनाउमा सीट सेयरिङ गरेको अनि अहिले दुई पार्टी बीच कुनै गठबन्धन छैन भनि दाबी गरिएको छ। विशेष गरेर नागरिकता संशोधन ऐन 2019-को विरूद्धमा हालै खोलिएको सिक्किम एगेन्स्ट सीएए-माथि आफ्नो कुरा राख्न आयोजन गरिएको पत्रकार सम्मेलनमा पूर्व जिल्लाका जिल्ला अध्यक्ष भानुभक्त दाहालले सिक्किममा प्रजातन्त्र पूर्वमा सिक्किमको राजनीतिक संस्कार अहिले भारतमा मोदी सरकार भएको जस्तै थियो भन्दै राजनीतिक पेशा नभएर सेवा रहेको बताए। सिक्किममा 332 वर्ष राजाले शासन गर्दा कुनै भ्रष्टाचार नभएको र त्यसको प्रमाण राज दरबार रहेको कुरा अवगत गराउँदै त्यसको प्रमाण वर्तमान राजनीतिक नेताहरूको अवस्थाले देखाउने जानकारी दिए।

सिक्किममा भ्रष्टाचारको संस्कार कङ्ग्रेस अनि बामपन्थि विचारधारीहरूले दिएको आरोप लगाउँदै अध्यक्ष दाहालले सिक्किमेलाई सक्षम नागरिक बनाउन नखोजेर अरु अरु कुरामा अल्मल्याउँदै गरेको पनि बताए। उनले घरि 371एफ डाउने अनि सिक्किमेलाई मेची बगरमा पुऱ्याउँछु भन्ने गरेका छन् भन्दै लाटा सोझाहरूलाई थर्काउने गरेको पनि बताए। अध्यक्ष दाहालले सिक्किमका राजाले दिएको प्रेम, सौहार्दको सौगातको गलत प्रमाणित गर्दै इतिहासलाई पनि तोड्न खोजेको बताउँदै राजाले दिलाएको 371एफलाई मागिखाने भाँडो बनाएको पनि सिक्किमे नेताहरूमाथि आरोप लगाएका छन्। भारत सरकारले सिक्किमलाई अलग संविधान दिएको छ र त्यो कुरामा देशसँग आफूहरू खुशि रहेको जानकारी दिँदै सेक्यूलर देशमा पनि संघको सीट दिएको बताएका छन्। पुराना कानुनहरूको संरक्षण पूर्ण रूपमा भएको छ भन्दै 371एफ-मा सिक्किम सब्जेक्ट रेग्युलेशन एक्ट 1961 सुरक्षित रहेको अनि त्यसको अन्तर्गत सिक्किममा कुनै पनि बाहिरको मान्छेले नागरिकता नपाउने बताएका छन्।

 

पत्रकारहरूलाई सम्बोधन गर्दै सिक्किम प्रदेश भाजपाका पूर्व अध्यक्ष पदमबहादुर छेत्रीले भने, सिक्किम सब्जेक्ट अतिरिक्त पछि आएर स्व. नरबहादुर भण्डारीको सरकारमा लगभग 84 हजार जना अन्य मानिसलाई भारतीय नागरिकता भारतीय मन्त्रालयले दिएको छ। यसरी नै 3 अप्रेल 2018-को दिन देशको सर्वोच्च न्यायालयले एसोसिएशन अफ ओल्ड सेट्लर्स भर्सेस युनियन अफ इण्डियाको मामिलामा दिएको नर्णयमा भनेको छ, तिमीहरूलाई सिक्किम सब्जेक्टधारीले जस्तै आयकरमा छुट चाहिएको छ भने सिक्किम सब्जेक्टधारीलाई जुन कागजपत्रको आधारमा केन्द्रीय कर छुट दिइएको थियो त्यही आधारमा तिमीहरू पास हुन्छौ भने चार हप्ता भित्रमा आफ्नो कागज सर्वोच्च न्यायालयमा बुझाउनु र सिक्किम सरकारले पनि यसमा सहयोग पुऱ्याउने निर्देश दिएको थियो भनेका छन्। उनले सिक्किम सब्जेक्टधारीहरूलाई जस्तै अधिकार दिनुपर्छ भन्ने कुरा एनआरसी, सीएए भन्दा डरलाग्दो हो भन्दै हालै गठित सिक्किम एगेन्स्ट सीएए-माथि खनिएका छन्।

पूर्व अध्यक्ष छेत्रीले यस्तो हलफनामा हाल्नेहरू नै होइनन् के अफगानीहरू भन्दै गम्भीर विचार विमर्षको कुरा सार्वजनिक गरेका छन्। उनले सिक्किम एगेन्स सीएए-सङ्गठनका सदस्यहरू 31 हजार नकली सिक्किम सब्जेक्ट बोक्नेहरूको विरुद्धमा किन बोल्दैनन् भन्दै प्रश्न पनि राखेका छन्। उनले सिक्किमको उच्च न्यायालयले सिक्किम सब्जेक्टलाई पञ्जिकरणको आधारमा डिजिटल कार्ड बनाउने निर्णय दिएको थियो त्यसमाथि किन कुनै सङ्गठन र सरकार किन इमान्दार छैन भन्दै प्रश्न राखेका छन्। सीएए र एनआरसी अलग कुरा हो र यसलाई सिक्किममा मिसाएर कोक्टेल बनाउन नखोज्नु भन्दै पदम छेत्रीले सम्पूर्ण देशहरूले आफ्ना देशवासीलाई नागरिकता प्रमाणपत्र प्रदान गरेको छ भने भारतले आफ्ना नागरिकहरूलाई प्रमाणपत्र दिँदा के जान्छ भनि प्रश्न राखेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया