ग्रेटा थर्नबर्गको बाटोमा सिक्किम सस्टेनेबल 

गान्तोक, 27 डिसेम्बर। सिक्किमले पनि ग्लोबल वार्मिङ र पर्यावरण सचेतनामाथि अहिलेसम्म चलाउँदै आएको अभियानहरू मध्ये अभिनव तरिकाले हप्ताको प्रत्येक शुक्रबार राजधानी गान्तोकको चर्चित एमजी मार्गमा भेला भएर चर्चा छेड्ने अभियान थालेको छ। सिक्किमका केही सचेत युवाहरूले सस्टेनेबल सिक्किम नाममा यो अभियान शुरु गरेका छन्। आज पहिलो दिन राजधानी गान्तोकको एमजी मार्गमा महात्मा गान्धीको प्रतिमा अघिल्तिर मौसम परिवर्तन र वैश्विक तपिकरणको मुद्दालाई प्लाकार्ड र पोस्टरमा टाँसेर पर्यावरण सचेत युवाहरूले प्रदर्शन गरे। उनीहरूले पर्यावरण र वैश्विक तपिकरणबारे थप जानकारी लिन चहानेहरूको निम्ति आफूहरूले गरेको अध्ययनलाई प्रयोग गर्दै जागरूकता फैलाउने पनि आह्वान लिएर अघि एका छन्। अधिकतम सबै सूचना तकनीकि (आइटी) सित सम्बन्धित युवाहरूको जमात रहेको सस्टेनेबल सिक्किमले आगामी फरवरी महिनासम्मको निम्ति गान्तोक नगर निगमबाट प्रत्येक हप्ता एमजी मार्गमा बस्ने र सचेतना फैलाउने अनुमति समेत लिइसकेको बताएका छन्। सस्टेनेबल सिक्किमका रिफ्रेसर एण्ड आउटरिच म्यानेजर विवेक तामङले भने, विश्वस्तरमा ग्लोबल वार्मिङको चुनौती बढेको हुनाले हामी यसबारे केही गर्न चहान्छौं। उनले यो वर्ष गान्तोकले भोगेको गर्मीलाई ध्यानमा राखेर सस्टनेबल सिक्किम गठन गर्नु आवश्यक हुने तथा भारतकै 21 वटा ठूला शहरबाट पिउने पानी सक्किएर जाने जस्ता अध्ययनहरू अघि आइसकेको बताए। उनले प्रत्येक शुक्रबार वातावरण संकटको बारेमा एमजीमार्गमा भेला हुने निर्णय गरेको बताए। यसमा कलेजका विद्यार्थी आइटी, कर्पोरेट सेक्टरका कर्मीहरूसमेत सचेत नागरिकहरू जोडिन थालेको पनि बताए। उनले आफूहरूलाई सोधिएको जिज्ञासाहरू निवारणको निम्ति पनि यो पहल गरिरहेको बताए। उल्लेखनीय छ स्वीडेन की एक 16 वर्षीया विद्यार्थी ग्रेटा थर्नबर्गले प्रत्येक शुक्रबार संसद अघिल्तिर बसेर पर्यावरण संकटबारे आफ्नो प्रश्नहरूले विश्वलाई सोच्न बाध्य बनाएपछि विश्वभरि बडेको शुक्रबारे पर्यावरण सचेतना सिक्किमा पनि आएको मान्न सकिन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया