को हुनेछ कालेबुङ नगरपालिकाको नगराध्यक्ष?

खबरम्यागजिन डेस्क

कालेबुङ,25 मई 2017


कालेबुङ नगरपालिकाको अध्यक्ष पदको निम्ति भइरहेको अडकलबाजी भोलि समाप्त हुने भएको छ। गोर्खा जनमुक्ति मोर्चा प्रमुख तथा जीटीए प्रमुख विमल गुरूङले भोलि कालेबुङ नगरपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा को को रहनेछन् भन्ने कुरा खुलस्त बनाउने घोषणा गरेका छन्।

आफू कालेबुङमा नरहे तापनि एउटा पत्र पठाएर डा. आर. बी. भुजेलको माध्यमबाट कालेबुङ नगरपालिका अध्यक्ष तथा उपाध्यक्षको घोषणा गर्ने गुरूङले बताएका छन्।
उल्लेखनीय छ, कालेबुङ नगरपालिका चुनाउ अघि गोजमुमोसित उम्मेद्वारहरूको छनौटलाई लिएर धेरै नै द्विविधा थियो भने चुनाउ जितेपछि पनि कालेबुङ नगरपालिका अध्यक्ष कसलाई बनाउने भनेर धेरै नै द्विविधा रहेको छ।

अडकलबाजी अनि विभिन्न द्विविधाहरूको कारण शपथ ग्रहण गर्ने समय आइपुग्न लागिसक्दा पनि कालेबुङ नगरपालिका अध्यक्ष को हुने हो भनेर पार्टीले खुलस्त गर्न सकेको छैन। अध्यक्ष पदको निम्ति शुभ प्रधान अनि सोनाम याखालाई लिएर अडकलबाजी चलिरहेको भए तापनि पार्टी प्रमुखले कसलाई अध्यक्ष पदको निम्ति चुन्ने हुन् त्यो स्पष्ट हुन सकेको छैन। सम्भावित उक्त दुइजना बाहेक कतै विमल गुरूङले तेस्रो व्यक्तिलाई उक्त पद थमाउने त होइन? भन्ने प्रश्न पनि उठेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन