पूर्व मुख्यमन्त्री पवन  चामलिङ यलम्बर स्मृति पुरस्कार 5080 ले सम्मानित भने नेपालीहरूले आफ्नो कमजोरीलाई शक्तिमा परिणत गरेर अघि बड्ने समय आएको छ

काठमाडौं 15 जनवरी । प्रजातान्त्रिक पद्धतिबाट २५ बर्ष लामो शासन गर्न सफल भारत सिक्किमको पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का अध्यक्ष पवन चामलिङलाई  किरात राई यायोक्खा नेपालले देशकै प्रतिष्ठित यलम्बर स्मृति पुरस्कार ५०८० बाट सम्मान गरेको छ। नेपालको 1 नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई मुख्य अतिथिको रूपमा रहेको भव्य कार्यक्रम बीच माघे सक्रान्तिको दिन नेपालको राजधानी काठमाम्डौंको राष्ट्रिय सभागृहमा मुख्यमन्त्री राईको बाहुलीबाट सम्मानित गरिएको छ। ।

निर्वाचनमा जनताको मन जितेर निरन्तर यति लामो सत्तामा पुग्ने व्यक्ती विश्वमै विरलै पाइन्छ भन्ने मन्तव्य सितै यायोक्खाले पूर्व मुख्यमन्त्री चामलिङले आफ्नो कार्यकालमा सिक्किमको बिकास निर्माणको कार्यमा उदाहरणीय काम गरेर किरात राई जातीको गरिमा उच्च बनाउने कार्य गरेको भन्दै दुई लाख २२ हजार २२२ रुपैयाँ नगदसहित सम्मानित गरेको छ।

यो राशीसहितको सम्मान सामाजिक संस्थाहरूमा नेपालकै प्रतिष्ठित र सर्वाधिक राशी रहेको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको दावी छ । प्रत्येक बर्षको माघ १ गतेलाई किरातीहरुले यले सम्बतको नयाँ बर्ष मान्दै आएको छ । माघ १ गतेदेखि यले सम्बतको ५०८० लागेको छ ।

यले नयाँ बर्ष मनाउने क्रममा यायोक्खा केन्द्रीय समितिले काठमाडौको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमको आयोजना गरि सिक्किमको पूर्व मुख्यमन्त्री पवन चाम्लिङलाई सम्मानित गरेको हो।

चामलिङ सत्तामा हुँदा किराँत राई, लिम्बूको मात्र नभएर सिंगो आदिवासी जनजातिको भाषा, लिपि, संस्कार, संस्कृति र साहित्य विकासमा ठूलो योगदान पुर्‍यायको यायोक्खाको ठहर छ ।

यो पुरस्कार यस अघि नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान गर्ने दार्जिलिङका साहित्यकार इन्द्रबहादुर राई र वान्तावा भाषामा पीएचडी गरेका डा. नोवलकोशोर राईलाई सम्मान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपस्थित मुख्यमन्त्री शेरधन राईलाई आफ्नु अनुभव साझा गर्दै सुझाउको रूपमा पूर्व मुख्यमन्त्री चामलिङले भने, मुख्यमन्त्रीलाई सुझाउ दिन चहान्छु विकासको रूपमा सबैभन्दा प्राथमिकताको आधारमा मानिसहरूको न्युनतम बुनियादी सुविधा उपलब्ध गराउने दिशालाई प्रतिबद्धतासित कार्यान्वयन गर्नुहोला। उनले सिक्किममा आफ्नो सरकारको कार्यकाल यसैप्रकारले निरन्तर मानिसहरूको न्युतम बुनियादी सुविधा सुनिश्चित गर्ने दिशामा कार्य भएको अनि अहिले सिक्किम सतप्रतिशत शैक्षिक राज्य, भिखारी मुक्त, भोकमरी मुक्त, झोपडी मुक्त राज्य बनाउने दिशामा 25 सालसम्म गरेको सफलतम कार्यक्रमहरूको अनुभव पनि साझा गरे। उनले दिएको सुझाउलाई वरिष्ठ नागरिक र व्यक्तिहरूले मन्त्र हो भन्ने मन्तव्य व्यक्त गरिरहेका थिए।

यसैगरि उनले सिक्किममा आफूले 25 वर्षसम्म अनि अहिले सम्म देशके सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री गर्ने तथा निर्वाचित विधायक रहने व्यक्तिको रूपमा एक नेपाली भाषी भएर स्थापित गरेको रेकर्डलाई पनि बताए। यसैगरि सिक्किममा भएका विकासहरूमा सम्पूर्ण जैविक राज्य अनि त्यसको कार्यलाई प्रधानमन्त्री नरेन्द्र मोदीले समेत गरेको सराहनीय प्रचारको बारेमा अवगत गराए। यसैगरि चार धाम निर्माण गर्ने एक नेपालीभाषी व्यक्ति हुनु सबै नेपालीहरूको निम्ति गर्वको विषय भएको अनि विभिन्न स्तरबाट गरिएको विकास कार्य अनि त्यसको उपलब्धीहरूले जनतालाई पुगेको फाइदा र देश विदेशमा सिक्किममा एक नेपालीभाषी व्यक्तिको नेतृत्वमा भएको अभुतपूर्व कार्यहरूको नाम रहेको पनि बताए।

उनले नेपालमा आएको प्रजातन्त्रले सबैको जिम्मेवारी बराबर भएको अनि नेपाल निर्माण गरेर विश्व अघि नेपालीको सान उभिनसक्नुको निम्ति सबैले जिम्मेवारी बराबर लिनुपर्ने बताए। आफूले सिक्किमा प्रजातन्त्रको सही व्याख्यान गर्दै जनता राजमा जनता राजाको नारा दिएर सबैको जिम्मेवारी बराबर हुनुपर्ने भन्ने प्रजातान्त्रिक मान्यता स्थापित गरेको बताए। उनले सिक्किममा पनि नेपालमा जस्तै राजा रहेको अनि राजा हटेपछि जनता राजा भएको अनि जनताले आफू राजा हुनुसितै राजाको जिम्मेवारी पनि बहन गर्न सक्नुपर्छ भन्ने कुरालाई नेपाली जनताले पनि बुझेर सबैले समान जिम्मवारी लिएर निर्माणको बाटोमा अघि बड्नुपर्ने बताए। उनले अरूको दोष खोज्ने दिशामा समय खेरो नफालेर आफ्नो कमजोरीहरूलाई शक्तिमा रूपान्तरण गरेर शक्तिको विकास गर्ने समय आएको बताए। उऩले वैश्विक स्तरमा नेपालीहरूले आफ्नो क्षमताको विकास गर्न लागिपर्नु पर्ने बताए।

कार्यक्रममा  नेपालका किराती समुदायका सांसद, पूर्व मन्त्री, राष्ट्रीय गानका रचयिता समेत वरिष्ठ गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।  कार्यक्रममा मुख्यअतिथि शेरधन राईसमेत अखिल सिक्किम किराँत राई संघका अध्यक्ष चन्द्र खालिङले पनि आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया