पवन चामलिङलाई नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल गीतकार संघद्वारा सम्मानित भने, नेपालीहरू एक भएर बाँच्नुपर्छ शस्त्रको जस्तै शास्त्रको युद्धमा पनि नेपालीभाषी अघि बड्नुपर्छ

विज्ञापन

जहाँ भए पनि नेपाली एक भएर बस्नुपर्छ। नेपालीहरू आपसमा झगडा गरेर नेपाललाई नहराउनुहोस विश्वमा देखिने जाति नेपाली हो त्यस्तैले एक भएर बाँच्नुपर्छ। शस्त्रसितै शास्त्रको युद्धमा पनि नेपालीभाषी अघि बड्नुपर्छ।


काठमाण्डौं, 16 जनवरी। सिक्किमका पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) का अध्यक्ष पवन चामलिङलाई नेपालको दुइवटा महत्वपूर्ण राष्ट्रिय संगठन नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल गीतकार संघले सम्मान गरेको छ। अहिले नेपालको राजधानी काठमाण्डौं भ्रमणमा रहेका चामलिङलाई आज अपराह्न नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा भवनमा आयोजित भव्य कार्यक्रम बीच नेपाली भाषा साहित्यमा योगदान दिएबापत सम्मान गरिएको थियो। यसैगरि नेपाल गीतकार संघको आयोजनमा नेपाल पर्यटन बोर्डको सभागारमा किरण खरेल मुख्य अतिथि रहेको कार्यक्रममा  पवन चामलिङलाई नेपाली गीत संगीत तथा भाषा साहित्यको उन्नयनमा उनले दिएको योगदानको कदर गर्दै अभिनन्दन जनाएको थियो। नेपालका स्थापित गीतकार तथा गायक गायिका एंव संगीतकारहरूको बाक्लो उपस्थितिमा सम्पन्न समारोहमा पूर्व मुख्यमन्त्री चामलिङले आफ्नो कुरा राख्दै भने, प्रेममय वातावरणमा खडा भएको छु। उनले संगीतलाई सारा दुनियाँका वैज्ञानिक, विद्वानहरूले आफूहरू त्यो नभएको भए संगीतकार, गीतकार कलाकार हुन्थे भन्ने मन्तव्य व्यक्त गरेका छन्। यसको महत्व मानव जीवनमा मात्र होइन विश्वमा कति छ त्यो हामीले बुझ्नुपर्छ। उनले विश्व संगीतको चर्चा गर्दै गीतकार बब डालिनलाई गीतमा प्रदान गरिएको छ नोबल पुरस्कार प्राप्त गर्ने गायक गीतकार हुन भनिएको अनि  अमेरिकाको गीतकारहरूको इतिहासमा उनको गीत कवितात्मक र सन्देशमूलक रहेको छ त्यसैले नोबल पुरस्कार दिइएको छ भन्ने नोबल पुरस्कारले भनेको मन्तव्य उल्लेख गरे। उनले भने  अहिले गीत केवल मनोरंजनको साधनमात्र नभएर साहित्य, कविताको रूपमा मानव संदेश दिने मूल बौद्धिक सिर्जना हो। त्यसैले जसले कविता गीत लेख्छन् महान छन्। नेपाली साहित्यमा गीतको तुलना विश्वमा निक्कै पछाडी रहेको बताए।

अर्कोतिर मुख्य अतिथि किरण खरेल पवन चामलिङ अहिले पनि नेपाली गीत संगीत र साहित्यमा साधनारत रहेको हुनाले खुसी लागेको छ अनि नेपाली भाषी सिक्किमस दार्जीलिङले नेपाल साहित्यको विकासको प्रारम्भीक कालमा पुऱ्याएको योगदानको चर्चा गरे। यसैगरि उनले  भारतबाटै नेपालीको प्रथम आधुनिक उपन्यास भ्रमण छापिएको कुरालाई पनि समारोहमा जानकारी गराए।  उनले भने, गीत संगीत र साहित्यमा सधैं समाजलाई एउटै ठाउँमा ल्याउने गर्छ भने समान भाषा भएकाहरूमा सबैलाई जोड्छ। गीतकार संघ हार्षित छ। उनले सत्ता केन्द्रित राजनीतिमा सक्रिय रहेर पनि कविता र गीत लेखनमा रहेका चामलिङको कार्यको सराहना गरे। कार्यक्रममा प्रेमध्वज प्रधान, किरण खरेल, कुमार बस्नेत देखिलिएर युवा पुस्ताका गायक सत्यराज आचार्य र अन्यको उपस्थिति रहेको थियो।

यसैगरि नेपाल प्रज्ञा प्रतिष्ठानको सम्मान कार्यक्रममा आफ्नो सम्बोधन राख्दै पूर्व मुख्यमन्त्री पवन चामलिङले भने, राजनीति र भूगोलले जहाँ भए पनि म नेपाली भाषी हुँ। भारतमा सबैभन्दा लामो मुख्यमन्त्री कसले गरेका छन् त्यो नेपालीको छोरो हो अनि मैले जहिले पनि नेपालीको सम्मान बडाउने काम गरेको छु। उनले अझ भने, मुख्यमन्त्रीत्व कालमा नेपालीभाषा साहित्यको निम्ति काम गरेका छौं। पूर्णाङ्ग भानुभक्तको सालिग अनि अध्ययन केन्द्र स्थापित गरेका छौं।  नेपाली भाषालाई महत्वदिइएको छ सिक्किममा जसलाई विकासको निम्ति सम्पादन गरेका छौं। प्रत्येक ग्राम पञ्चायतमा पुस्ताकालय निर्माण गरेका छौं जहाँ नेपाली भाषाको पुस्तक राखेका छौं, पूर्व मुख्यन्त्रीले भने।

उऩले नेपालीहरूलाई सुझाउ राख्दै भने, नेपाली भाषीहरूले केही नयाँ र नौलो प्रकारले शुरु गर्नुपर्ने समय आएको छ। नव जागरणको कालले नेपालीभाषीलाई छोएन त्यसबेला युरोपमा नव जागरणले भाषा साहित्य र संगीतको क्षेत्रमा भएको विकासको त्यस्तै हमीले पनि सोच्नुपर्ने समय आएको छ। म भारतमा बस्छु नेपाल र हाम्रो समाजलाई अध्ययन गर्छु। भारतको समाज नव जागरण युग भन्दा पहिलेको जस्तो समाज छ हाम्रो समाजमा रूसो कान्टहरू जन्मिनु बाँकी छ जस्तो लाग्छ यसमाथि चिन्तन गर्नुपर्छ आदम स्मित, इमानुएल कान्ट र रूसो जन्माउन नसकेर पो नव जागरण कालभन्दा पहिलेको युग जस्तैमा छौ भन्ने लाग्छ यसलाई  बौद्धिक जमातले चिन्तन गर्नुपर्छ। उनले अझ बने, परिवर्तन विकासको शुरुआत मानसिक चेतनाबाट हुन्छ जबसम्म चेतनाको विकास हुँदैन तबसम्म परिवर्तन सही रूपमा हुँदैन। यही लोकमा साहित्य राजनीतक गर्छौ र जीवन चलाउँछौं यही लोकलाई हामीले जीवनको हाम्रो स्वर्ग भने पनि देश भने पनि कस्तो चाहियो त्यस्तो बनाउने काम साहित्यक बुद्धिजिवीले पनि राजनीतिबाट महिला खेल भनेर जोगिनु होइन तर बुद्धिजिवीले साँचो कुरा भनिदिनुपर्छ आँट गर्नुपर्छ। वौद्धिक समाज न्युट्र्ल बसेको कारण गलतमान्छेहरू धेरै बोल्छ र सस्तो मान्छेले गर्दा विश्व कस्तो हुन्छ समाज कस्तो हुन्छ भन्ने बुझ्न सकिन्छ। समान प्रतिफलको निम्ति जनताले आफैले काम गर्नुपर्छ प्रजातन्त्रले समान अवसर दिन्छ त्यसैले समान अवसर नै प्रतिफलमूलक बनाउन कार्यक्षमता र योग्यताको विकास गर्नुपर्छ अनि मात्र प्रजातन्त्रको फल पाउन सक्छ, उनले थपे।

उनले नेपालीहरू एउटा मञ्चमा भाषीक र साहित्यिक आधारमा आउनुपर्ने बताउँदै भने, एउटा नेपाली भाषा साहित्यमाथि विश्व स्तरको सम्मेलन विश्व साहित्य सम्मेलन गर्न आवश्यक छ ताकी सारा विश्वको नेपाली बुद्धिजीवि बोलाएर विश्व साहित्य सम्मेलन गर्नुपर्छ। त्यो सम्मेलनमा जुनै भाषामा पनि आफ्नो विचार व्यक्त गर्न पाउने भाषा साहित्यको सम्मेलन गर्नु आवश्यक छ। सम्पूर्ण विश्वका नेपालीलाई एकिकरण गर्न आवश्यक छ राष्ट्रियता र भूगोल फरक भए पनि जातीय भावनात्मक रूपमा एककिरण हुनु आवश्यक छ। हार्ड बुकमाथि पाठकको संख्या घटेर  गएको कुरालाई पनि उल्लेख गर्दै सिक्किममा पाठकको कमी आएको बताए। जहाँ भए पनि नेपाली एक भएर बस्नुपर्छ। नेपालीहरू आपसमा झगडा गरेर नेपाललाई नहराउनुहोस विश्वमा देखिने जाति नेपाली हो त्यस्तैले एक भएर बाँच्नुपर्छ। शस्त्रसितै शास्त्रको युद्धमा पनि नेपालीभाषी अघि बड्नुपर्छ, पूर्व मुख्यमन्त्री पवन चामलिङले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया