ममता अघि नै विमल गुरूङ मिरिक जाने

मनोहर शर्मा

मिरिक, 25 मई 2017


गोर्खा जनमुक्ति मोर्चाले नगरपालिका चुनावमा मिरिकमा जनताले मोर्चालाई मत दिएकोमा धन्यवाद दिन एक जनसमावेश आउँदो 28 मईको दिन मिरिकमा गर्नेछ।

यसै जनसमावेशलाई सम्बोधन गर्न मोर्चा अध्यक्ष बिमल गुरूङ मिरिक जानेछन्। मोर्चा केन्द्रीय सह सचिव बिनय तामाङले यसबारे बताउँदै मिरिकमा भएको मोर्चाको हारलाई पार्टीले स्वीकार गरेको जनाए।

‘यो हारमा हामी नेतृत्वहरूको पनि कतिपय कमी कमजोरी थियो,’ तामाङले भने, ‘मिरिकका जनताले मोर्चा र गोर्खाल्याण्डको निम्ति मत दिएकै हो। अब यस हारबाट शिक्षा लिएर व्यापक समीक्षा गरिनेछ।’

राज्यकी मुख्यमन्त्रीले मिरिकवासीलाई नगरपालिका चुनाउमा तृणमुललाई जिताए पर्जा पट्टा दिने जुन घोषणा गरेकी छिन्, त्यो तीन महिनाभित्रमा पुरा गर्नुपर्ने पनि तामाङले बताएका छन्। ‘पुरा गरे त्यसलाई स्वागत गर्छौ,’ उनले भने, ‘नगरे मिरिकका जनताले मुख्यमन्त्रीको खास अनुहार देख्नेछन्।’

उनले नयाँ बोर्डलाई स्वागत जनाउदै जनहितमा कार्य गर्ने अनि मिरिकको पुरानो गरिमा फर्काउने दिशामा कार्य गर्ने सुझाव दिएका छन्।

मोर्चाले मिरिकमा बोर्ड गठन गर्न नसके पनि बिकासकाकार्यहरू गर्दै जाने पनि बताए। उनले बङ्गालको भाषिक अतिक्रमण बारे पनि विरोध प्रकट गरे।  ‘1977 सालमा पनि बङ्गालले यस्तै  नीति अप्नाएको थियो, तर त्यो सफल बनेन,’ उनले भने, ‘मातृभाषामा शिक्षा लिनुबाट बञ्चित गराउने षडयन्त्र कुनै हालतमा पनि सफल हुँदैन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन