घोषले सन्धीहरू पढुन् : व्यानर्जीले गोर्खा कल्याणका काम गरुन्

विज्ञापन

प्रतिक्रिया

भाजपा हामीप्रति इमानदार नभएर नै हामीले भाजपासँग सम्बन्ध तोडेका हौं। भाजपा दार्जीलिङ जिल्ला, भाजपा जलपाईगुडी जिल्ला अनि अलिपुरद्वार जिल्ला,  सांसद राजु विष्ट,   भाजपा विधायक निरज जिम्बा , भाजपाका सहयोगी विमल गुरुङ,  रोशन गिरी अनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा – उनीहरूले यस बारेमा के कदमहरू उठाउने हो – जनताको अगाडि स्पष्ट राखेको हुनुपर्नेछ  – केवल प्रेसमा बोलेर वा प्रेष विज्ञप्ति जारी गरेर जनताको आँखामा धुलो हाल्ने काम गर्नु सही होइन।


विनय तामाङ


भाजपाका राज्य अध्यक्ष दिलिप घोषले बारम्बार गोर्खा जाति विरुद्ध बयानबाजी गरिरहेका छन् जो हाम्रो जातिको निम्ति राम्रो सङ्केत होईन। म प्रश्न गर्न चाहन्छु, घोषको बयान के भाजपाको बयान हो? चार दिन अघि सिलगढी आएर दिलिप घोषले फेरि  पनि भाजपाले गोर्खालाई केवल भोटको निम्ति प्रयोग गरेको स्पष्ट भएको छ। उक्त बयानको गोर्खा जनमुक्ति मोर्चा कडा शब्दमा भत्सर्ना जनाउँदछ ।

सांसद दिलिप घोषलाई म के बताउन चाहन्छु भने हामीले एनआरसी अनि सीएए स्पष्ट ढङ्गले बुझेका छौँ त्यसैले नै हामीले यो कानुन लागू हुनभन्दा धेरै अघि देखि नै यसको बिरोध गर्दै आइरहेका हौं। उनको वक्तव्यमा सन् १९५० को भारत- नेपाल मैत्री सन्धीलाई आधार बनाएर त्यसपछि जो पनि नेपाल बाट आए उनीहरुलाई एनआरसी अनि सीएए लागू हुँदैन भनेका छन् तर के घोषज्युले हाम्रा धरोहरहरु दुर्गा मल्ल, रामसिह ठकुरी, अरिबहादुर गुरुङ, डम्बरसिह गुरुङको इतिहास पढेका छन्?

स्वतन्त्र सेनानीका महानायक सुबासचन्द्र बोसको आजाद हिन्द फौजमा गोर्खाहरु नै थिए –  के उनीहरुको इतिहास १९५० पछिको हो?  भारत स्वतन्त्रको इतिहासमा गोर्खा जातिको योगदान किन हेरिँदैन ? सन् १९५० को सन्धीको कुरा गर्नु हो भने दुवै देशका नागरिकहरु अर्को देशमा गएर बस्न सक्छन्। त्यतिमात्र नभएर धारा ७ को अनुसार भारत र नेपाल दुवै देशका सरकारहरू समान आधारमा एक-अर्को देशका नागरिकहरूलाई आ–आफ्नो भूभागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोवारमा भाग लिने, घुमफिर गर्ने र यस्तै प्रकारका अन्य विशेषाधिकारहरू प्रदान गर्न स्वीकृत प्रदान गर्छन्। सायद घोषले यसै धारालाई आधार बनाएर बोलेका होलान् तर उनले धारा ८ बुझ्न पनि जरुरी छ।

१९५० सन्धीको धारा ८ को कुरा गर्नु हो भने जतिवटा धाराहरु सन्धीमा  उल्लेख भएका छन्,  तिनको हकमा यो सन्धीले भारत सरकार र नेपाल सरकारको तर्फबाट ब्रिटिश सरकारको बीचमा भएका सबै सन्धीहरु, सम्झौताहरु र प्रतिज्ञापत्रहरूलाई खारेज गरेको छ। दिलिप घोषले एकपटक सन् १९५० भन्दा अघि ब्रिटिश भारत र नेपाल सरकारबिच कतिवटा सन्धीहरु भएका छन् घोषले राम्रोसँगले पढुन्। भारतमाताको रक्षा गर्ने गोर्खा जातिलाई किन बारम्बार अवहेलना गरिन्छ ?

भाजपा हामीप्रति इमानदार नभएर नै हामीले भाजपासँग सम्बन्ध तोडेका हौं। भाजपा दार्जीलिङ जिल्ला, भाजपा जलपाईगुडी जिल्ला अनि अलिपुरद्वार जिल्ला,  सांसद राजु विष्ट,   भाजपा विधायक निरज जिम्बा , भाजपाका सहयोगी विमल गुरुङ,  रोशन गिरी अनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा – उनीहरूले यस बारेमा के कदमहरू उठाउने हो – जनताको अगाडि स्पष्ट राखेको हुनुपर्नेछ  – केवल प्रेसमा बोलेर वा प्रेष विज्ञप्ति जारी गरेर जनताको आँखामा धुलो हाल्ने काम गर्नु सही होइन।

राज्यकी मुख्यमन्त्री सुश्री ममता बेनर्जीले गोर्खा जातिको निम्ति राष्ट्रिय चिनारीको कुरा धेरै अगाडिदेखि गर्दै आइरहेकी हुन्। मलाई लाग्छ, भाजपाको बारम्बार गोर्खा जातिको विरुद्धमा आइरहेको बयानबाजीलाई हेरेर उहाँले झट्ट भन्दा झट्ट यस बिषयलाई महत्त्वपूर्ण सम्झेर गोर्खा जातिको कल्याण हेतु कार्य गरुन् भनी अनुरोध गर्न चाहन्छु।


तामाङ, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष हुन्

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया