सेभोक जङ्गलमा बिहानै वाहन दुर्घटना

विज्ञापन

कालेबुङ, 28 जनवरी


आज बिहानै सेभोक जङ्गलमा वाहन दुर्घटना भएको छ। प्राप्त जानकारी अनुसार बिहान लगभग 6:20 बजी सिलगढीदेखि जोरथाङतर्फ गइरहेको SK 04 J0391 यात्री वाहक वाहन (टाटा सुमो) सेवक बजार अनि 10 माइल को बिच जङ्गलमा दुर्घटनाग्रस्त बनेको हो। दुई वाहन एक आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ। सबै घाइते व्यक्तिहरूलाई सिलगढी अस्पताल उपचारको निम्ति पुऱ्याइएको छ।

अर्कोतिर हिजो साँझ टिस्टा पुलबाट एक जना युवकले हामफालेका छन्। पुलिसअनुसार हिजो साँझ 5: 30 बजी हाइवे 10 स्थित टिस्टा पुलबाट एक जना युवकले सोझै टिस्टा नदिमा हाम फालेका हुन्।

पुलमाथि आफ्नो ब्याग छोडेर उक्त युवकले टिस्टा नदीमा हाम फालेको पुलिसले बताएको छ। ब्यागमा रहेको भोटर कार्ड,एटिएम लगायत अन्य प्रमाण पत्र मार्फत उक्त युवक 12 नम्बर लाइन, रामझोड़ा, दुम्सीपाड़ा चियाबगान,मादरीहाट जलपाइगढ़ी जिल्ला निवासी मनिदास रौतियाको छोरा 21 वर्षीय सिलास राउतिया रहेको थाहा लागेको छ।
युवक टिस्टा नदिमा बेपत्ता बनेको छ, पुलिसले साँझदेखि नै खोजी शुरु गरेको छ।
यता टिस्टा नदिमा हाम फालेको भन्ने प्रमाण प्रत्यक्षदर्शी क्षेत्रवासीले जनाएको पनि पुलिसले बताएको छ। युवकको ब्यागभित्र एउटा बाइबल, मोबाइल ,लुगा फाटा अनि एउटा डाइरी भेटिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया