गैरीबास भस्मेका वासिन्दाले गरेका थिए फाँसीको माग : हत्यारा सूर्यलाई अदालतले दियो त्यही सजाय



कालेबुङ, 29 जनवरी


कालेबुङ जिल्ला अदालतले सूर्य भूजेललाई फाँसीको सजाय तोकेको छ। गैरीबासको भस्मे निवासी सूर्य भूजेलले ३ फरवरी २०१८ को दिन तीनजनाको हत्या गरेका थिए।

भूजेलले आफ्नै भाउजु जुनिता भूजेल (२८) अनि भतिजहरू आकृत भूजेल (८) र अतित भूजेल (६) को हत्या गरेका थिए। हत्यापछि पक्राउ परेका भूजेलको मुद्दा चलिरहेको थियो। कालेबुङ जिल्ला अदालतले भूजेललाई पूर्णरुपमा दोषी मान्दै हिजो फाँसीको सजाय सुनाएको हो।

भर्खरै पनि दार्जिलिङ जिल्ला अदालतले एक बलात्कारीलाई फाँसीको सजाय सुनाएको थियो। भूजेलले बगानको श्रमिक कामको बद्ली केशको मामिलाको कारण आफ्नै भाउज्यू अनि दुई नानीहरूको हत्या गरेका हुन्। गैरीबासको भस्मे गाउँमा जुनिता भूजेल साथै दुई नानीहरू र सासु अनि ससुरा गरी पाँचजनाको परिवार बसोबासो गर्थे। उनका पति बगानका एकजना श्रमिक थिए। तर उनका पतिको घटना हुनुभन्दा लगभग 6 महिनाअघि मृत्यु भइसकेको थियो।

उनको मृत्युपछि उनको बद्ली काम आफूले पाउनुपर्ने भन्दै आरोपी देवर सूर्य भूजेलले दावी गर्दै आइरहेका थिए। तर कानुनी प्रावधान अनुसार पतिको मृत्युपछि बगानको श्रमिकको बद्ली काम आफ्नै पत्नीले पाउने भएका कारण केही महिनादेखि जुनिता भूजेल नै बगानमा हिँड्दै आइरहेकी थिइन्। परिवारिक स्रोतका अनुसार यसै विषयलाई लिएर देवर भाउज्यूमाझ खटपट चलिरहेको थियो।

यसैले उक्त हत्या गरिनका पछि मूल कारण बद्ला केश नै हुनसक्ने परिवारिक स्रोतले बताएको थियो। राती तीनैजनाको हत्या गरेपछि आरोपी युवकले उक्त घरमा रहेका आफ्नै आमा-बाबालाई समेत हतियार देखाएर धम्काएका थिए। यद्यपि उनीहरूले भागेर आफ्नो ज्यान जोगाए पनि अन्य तीनजनाको घटनास्थलमा नै मृत्यु भएको हो।

हत्या गरेपछि आरोपी युवक आफैले जलढका थानामा आत्मसमर्पण गरेका थिए। जलढका पुलिसले छानबिन गरेपछि भूजेलको मुद्दा कालेबुङ जिल्ला अदालतमा चलिरहेको थियो।  घटनापछि गाउँलेहरूले हत्यारालाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै जलढका थानामा ज्ञापन चढाएका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन