लीलाकुमार गुरुङका बनबस्ती आन्दोलनका सहयोगी मोर्चामा :  टाइटल डिड नै राजस्व बस्तीमा रुपान्तरणमा चाहिने कागज हो- विनय तामाङ

विज्ञापन

‘हामीले 133 जनालाई टाइटल डिड बाँडेका थियौं। हो, केन्द्रको कानून, सर्वोच्चको निर्देश पालन हुनुपर्छ तर केन्द्रमा अर्कै र राज्यमा अर्कै सरकार हुने भएकोले सङ्घीय देशमा कानून लागू हुने प्रवृत्ति फरक हुन्छ,’ तामाङले भने,  ‘मलाई रेभेन्यु कनर्भर्जनबारे थाहा छ। संसोधित कानून पनि थाहा छ। यसैले भ्रममा पर्नु हुन्न। टाइटल डिड रेभेन्यु भिलेजमा रुपान्तर हुने प्रक्रियामा चाहिने कागज हो। टाइटल डिड पाउनेले नै रेभेन्यु भिलेजमा रुपान्तर हुँदा स्वतस्फुर्त पर्जापट्टा पाउँछन्।’


कालेबुङ, 29 जनवरी


हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनका लीलाकुमार गुरुङसित सेभोक-सिक्किम रेल जडानले बनबस्तीहरूलाई उच्छेद गरेको भन्दै आवाज उठाउँदै आएका शरण राई र गणेश खाती  विनयपन्थी गोजमुमोमा सामेल बनेका छन्।

लीलाकुमार गुरुङले बनाधिकार कानून लागू हुनुपर्ने र बनबासीहरूले जमिनले राजस्व भूमिको मर्यादा पाउनुपर्ने भन्दै आवाज उठाउँदै आइरहेका छन्। यसैबीच सेभोक-सिक्किम रेल लाइनले हाइवे क्षेत्रका बनबस्तीलाई उच्छेद गरेको भन्दै आवाज तीब्र गरिरहेका थिए।

लीलाकुमार गुरुङ आफू विमल गुरुङपन्थी रहेकाले बनबस्ती र बनाधिकार ऐनसित सम्बन्धित सेभोक-सिक्किम रेल लाइनको मुद्दामा उनको लडाईँ सोझोसित विनय तामाङ एवं गोजमुमोसित थियो। विनय तामाङ जिटिए अध्यक्ष रहँदा हाइवेवरिपरिका बनबस्तीका बासिन्दालाई टाइटल डिड प्रदान गर्दा लीलाकुमार गुरुङले तीब्र विरोध जनाएका थिए। त्यही विरोधलाई बलियो गर्न हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनका शरण राई र गणेश खातीको प्रत्यक्ष र बलियो साथ थियो। अब राई र खाती विनय तामाङको पार्टीमा सामेल भएका छन्।

तारखोलामा गोजमुमोको जनसभा भएको थियो, जहाँ विमल खेमाका कार्यकर्ताहरू विनय तामाङको पार्टीमा सामेल भएका छन्। यही माचोमा राई र खाती पनि मोर्चामा सामेल बनेका हुन्। शरण राईले आफ्नो सम्बोधनमा आफूहरू बनबस्तीलाई राजस्व स्तीमा रुपान्तर गरेर पर्जापट्टा हुनुपर्ने मागमा अडिग रहेको र पार्टीलाई यसका कानूनी पाटोबारे बुझाउने बताएका थिए।

उनले नेतृत्व अझ पनि ऐन सम्बन्धी भ्रममा रहेको तथा उनीहरूलाई पूर्णरूपमा ज्ञान नभएकोले उनीहरूले बोलेको कुराले भ्रम उत्पन्न गरेकोसमेत जनाएका थिए।

तर विनय तामाङले आफ्नो सम्बोधनमा शरण राईलगायतलाई त्यसको जवाब पनि दिए। शरण राईले विनय तामाङहरूले प्रदान गरेको टाइटिल डिडको होइन, प्रक्रियाको विरोध गरेको र पुरानो होइन संसोधित कानून अनुसार पर्जापट्टा हुनुपर्ने कुरा गरेका थिए। जवाबमा तामाङले राजस्व भिलेजमा रुपान्तर हुनलाई चाहिने कागजपत्र नै टाइटल डिड रहेको जनाए।

‘हामीले 133 जनालाई टाइटल डिड बाँडेका थियौं। हो, केन्द्रको कानून, सर्वोच्चको निर्देश पालन हुनुपर्छ तर केन्द्रमा अर्कै र राज्यमा अर्कै सरकार हुने भएकोले सङ्घीय देशमा कानून लागू हुने प्रवृत्ति फरक हुन्छ,’ तामाङले भने,  ‘मलाई रेभेन्यु कनर्भर्जनबारे थाहा छ। संसोधित कानून पनि थाहा छ। यसैले भ्रममा पर्नु हुन्न। टाइटल डिड रेभेन्यु भिलेजमा रुपान्तर हुने प्रक्रियामा चाहिने कागज हो। टाइटल डिड पाउनेले नै रेभेन्यु भिलेजमा रुपान्तर हुँदा स्वतस्फुर्त पर्जापट्टा पाउँछन्।’

यता राई र खातीले हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनमा कोही पनि कुनै पनि पार्टीमा जान सक्ने आचारसंहिता रहेको जनाएका छन्। ‘अर्गनाइजेशनका सदस्यहरू जुनै पनि पार्टीसित संलग्न हुन सक्छन्। लीलाकुमार गुरुङ कुनै पनि पार्टीमा संलग्न हुन सक्छन्,’ शरण राईले भने, ‘सोही हिसाबले हामी विनय तामाङ खेमा मोर्चामा सामेल बनेका हौं। सबैको आआफ्नै दल र आइडियोलजी हुन्छ। हामीले हाम्रो पार्टीबाट हाम्रो मुद्दाको समाधानको आशा राखेका छौं। कुनै पनि पार्टीबाट होस्, हाम्रो समस्या सामाधन होस् भन्ने हाम्रो धारणा हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया