जिटिए, नियुक्तिलगायत विविध मुद्दाबारे ममता व्यानर्जीसित कुरा गर्न विनय-अनित कलकत्ता जाने

कालेबुङ, 30 जनवरी


जिटिए प्रमुख अनित थापा अनि गोजमुमो प्रमुख विनय तामाङले भर्खरै दार्जिलिङ आएकी बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीसित दार्जिलिङ पहाड सम्बन्धित विकासका विषयमा कुराकानी गरेका थिए। मुख्यमन्त्रीसित छोटो समयावधि भएका कुराकानीलाई नै विस्तारमा लैजान थापा अनि तामाङ भोलि कोलकता जाने भएका छन्।

‘मुख्यमन्त्रीसँग विनय तामाङ अनि अनित थापाले चिया- सिन्कोनाकमान, वन बस्ती साथै शहरी क्षेत्रहरूमा युगौंदेखि बसोबासो गर्दै आइरहेका मानिसहरूको घर-जमीनहरूको पर्जा-पट्टाको कुरा गर्नेछन्,’ मोर्चा उपाध्यक्ष सतिश पोखरेलले भनेका छन्, ‘जीटीएको माध्यमद्वारा दार्जीलिङ पर्वतीय क्षेत्रहरूमा गरिने विकासकार्य, जीटीएका विभागहरू अनि राज्य सरकारका विभिन्न विभागहरूमा रहेका खाली पदहरूमा नियुक्ति आदि विषयहरूमा कुराकानी हुनेछ।’

पोखरेलले केहीदिन कोलकातामा नै बसेर थापा र तामाङले अन्य मन्त्रीहरूसँग पनि भेटवार्ता गर्ने बताएका छन्। ‘उनीहरू फर्किएपछि केन्द्रिय समितिको बैठक बोलाइनेछ,’ पोखरेलले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन