पञ्चमको समर्पण

खबरम्यागजिन प्रतिनिधि

खरसाङ, 25 मई, 2017


पत्रकार मुरारीलाल ‘पञ्चम’ले  उनको पुस्तक ‘समर्पण’ सार्वजनिक गरेका छन्। ‘नमस्ते खरसाङ टेलिभिजन’को स्टुडियोमा भएको एक कार्यक्रमबिच अधिवक्ता रमेश अग्रवालले उनको कृतिको विमोचन गरे। मुरारीलाल ‘पञ्चम’  ‘दैनिक जागरण’का संवाददाता हुन्।  यसभन्दा अघि  उनको हिन्दीमा  ‘मुरारी की शयरी’ प्रकाशित भइसकेको छ।

शिक्षण पेशासँगै पत्रिकारितालाई साथमा लिएर हिडेका उनी भारतीय शास्त्रीय सङ्गीतमा विशारद पनि हुन्।  युवा कवि एवं पत्रकार सतीश छेत्रीले विमोचित पुस्तक ‘समर्पण’ र यसका लेखक पञ्चमको बारेमा संक्षिप्त वक्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा गोर्खा जनपुस्तकालयका सचिव प्रकाश प्रधान, अल इन्डिया रेडियो खरसाङका प्रधान सम्पादक एसबी सुनवार, हिमालस दर्पण खरसाङका ब्यूरो चीफ विनञ्जय गुरूङ साथै पत्रकारहरूको उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन