मोर्चा टोलीले भेट्यो कैलास विजयवर्गीय : बुझायो, के हो 1950- को सन्धी

विज्ञापन

‘भविष्यमा भाजपाका नेतृत्वले गोर्खा सन्दर्भमा बयान दिँदा भारतमा गोर्खाको इतिहासलाई ध्यानमा राखेर मात्रै बयान दिएको हुनुपर्ने कुरा ज्ञापनमा लेखेका छौं,’ बजगाईँले भने, ‘गोर्खा भारतमा रेसिप्रोकल नागरिक नभएर खाँटी भारतीय नागरिक हो। स्वाधीनता सङ्ग्राममा गोर्खाको योगदान छ। १९५०-को भारत नेपाल मैत्री सन्धी केवल नेपालका नागरिकलाई लागु हुने कुरा हो, भारतीय गोर्खालाई होइन।’


कालेबुङ, 30 जनवरी


उत्तर बङ्गालको भ्रमणमा आएका भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा प्रदेश केन्द्रिय प्रभारी कैलाश विजयवर्गीयसँग विमल खेमा गोर्खा जनमुक्ति मोर्चाको एउटा टोलीले भेटवार्ता गरेको छ। मोर्चा प्रवक्ता बीपी बजगाईं,  लिलाकुमार गुरुङ संलग्न रहेको टोलीले विजयवर्गीयलाई  भाजपाले सङ्कल्प पत्रमा उल्लेख गरेको गोर्खाका मुद्दा सम्झाए।

‘भाजपाका नेतृत्वले १९५० को नेपाल-भारत मैत्री सन्धीको आधारमा सिएए र एनआरसीबाट गोर्खा सुरक्षित रहेकोको बताएर गोर्खालाई रेसिप्रोकल नागरिक बताएकोमा टोलीले विजयवर्गीतसमक्ष आपत्ति जनायो,’ प्रवक्ता बजगाईँले भनेका छन्।

टोलीले यसै सम्बन्धमा विजयबर्गीयलाई ज्ञापन पनि दिएको छ। ‘गोर्खा भारतमा रेसिप्रोकल नागरिक नभएर खाँटी भारतीय नागरिक हो,’ ज्ञापनमा भनिएको छ, ‘स्वाधीनता सङ्ग्राममा गोर्खाको योगदान छ। १९५०-को भारत नेपाल मैत्री सन्धी केवल नेपालका नागरिकलाई लागु हुने कुरा हो, भारतीय गोर्खालाई होइन।’

टोलीले केही अघि लोकसभा सदनमा दिएको सांसद निशिकान्त दुबेको गोर्खा विरोधी बयानले पनि गोर्खाहरूलाई आघात पुगेको विजयवर्गीयसमक्ष राख्यो।  ‘भविष्यमा भाजपाका नेतृत्वले गोर्खा सन्दर्भमा बयान दिँदा भारतमा गोर्खाको इतिहासलाई ध्यानमा राखेर मात्रै बयान दिएको हुनुपर्ने कुरा ज्ञापनमा लेखेका छौं,’ बजगाईँले भने।

उत्तर बङ्गालका एथनिक जाति समुदाय गोर्खा, राजवंशी, कोचे, मेचे, टोटो, राभा, आदिवासी जस्ता अल्पसंख्यहरूका भाषा, साहित्य, संस्कृति अनि संस्कार पटक्कै सुरक्षित नरहेको र यसको कारण क्षेत्रीय औपनिवेशिक प्रभाव रहेको कुरा पनि टोलीले विजयवर्गीयसित गरेको छ।

‘ हामीलाई यो सुनिश्चित गर्नुछ कि यहाँको एथनिक अल्पसंख्यकहरूलाई घोर अल्पसंख्यक हुनबाट जोगाउनु छ,’ ज्ञापनमा पनि लेखिएको छ।

बजगाईँले गोर्खा १९३१ अनि १९४१ को ब्रिटिश भारतमा ट्राईबल रहेको, गोर्खालाई नबताई सन् १९५१ मा ट्राईबलबाट नन ट्राईबल बनाइएको कुरा पनि टोलीले उनीसित राखेको जनाएका छन्।

‘हामीलाई हाम्रो ट्राईबल अधिकार पुनः दिने बित्तिकै गोर्खा राजनीतिको भ्रम समाप्त हुन्छ भनेर ज्ञापनमा लेखेका छौं,’ बजगाईँले भने, ‘गोर्खालाई ट्राईबल दर्जा दिएपछि पहाड, तराई अनि डुवर्सको स्थायी राजनैतिक समाधानको मार्ग सजिलो बन्ने कुरा पनि लेखेका छौं।’

 

भाजपा महासचिवले टोलीको बुँदाहरूमा गम्भीरता देखाएको र विस्तारमा कार्य योजनाको निम्ति फेरि भेट्ने आश्वासन दिएको पनि बजगाईँले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया