विनय तामाङलाई सिक्किम प्रदेश भाजपाले दियो जवाफ : भन्यो- विधायकहरूको सुरक्षामा आँच आए, त्यसको जिम्मा तामाङको

‘दार्जिलिङमा भारतीय जनता पार्टीको विस्तारको निम्ति सिक्किम प्रदेश भाजपाले कुनै विधायक तथा नेताहरूलाई दार्जिलिङ पठाएको छैन तर कुनै निजी काम लिएर उनीहरू दार्जिलिङ गएको हुनसक्छ, यसबारे पार्टी अनभिज्ञ छ,’ भाजपा सिक्किम प्रदेशका अध्यक्ष डीबी चौहानले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘जहाँसम्म दार्जिलिङमा भारतीय जनता पार्टीको विस्तारको कुरा छ, त्यसको निम्ति स्थानीय नेताहरू नै सक्षम छन् अनि उनीहरूले पटक-पटक चुनाउहरूमा आफूलाई साबित पनि गरिसकेका छन्।’


सिक्किम, 30 जनवरी


उनीहरूले 48 घन्टाभित्र दार्जिलिङ नछोडे खडामाला लगाएर रम्फु कटाइदिने छौं,’ तामाङले भनेका थिए, ‘सिक्किम भाजपाले दार्जिलिङको राजनीतिमा भाँजो नहालोस्।’ तामाङको यसप्रकारको वयानलाई सिक्किम प्रदेश भाजपाले धम्कीपूर्ण, अप्रजातान्त्रिक अनि भड्काउपूर्ण बताउँदै भर्त्सना जनाएको छ।

‘दार्जिलिङमा भारतीय जनता पार्टीको विस्तारको निम्ति सिक्किम प्रदेश भाजपाले कुनै विधायक तथा नेताहरूलाई दार्जिलिङ पठाएको छैन तर कुनै निजी काम लिएर उनीहरू दार्जिलिङ गएको हुनसक्छ, यसबारे पार्टी अनभिज्ञ छ,’ भाजपा सिक्किम प्रदेशका अध्यक्ष डीबी चौहानले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘जहाँसम्म दार्जिलिङमा भारतीय जनता पार्टीको विस्तारको कुरा छ, त्यसको निम्ति स्थानीय नेताहरू नै सक्षम छन् अनि उनीहरूले पटक-पटक चुनाउहरूमा आफूलाई साबित पनि गरिसकेका छन्।’

चौहानले विधायकहरूको सुरक्षामा कुनै प्रकारको आँच आएको खण्डमा त्यसको जिम्मेवार विनय तामाङ हुनेसमेत जनाएका छन्। चौहानअनुसार भारत एउटा प्रजातान्त्रिक राष्ट्र हो अनि यहाँ सबै नागरिकलाई देशको कुनै पनि स्थानमा आउने-जाने स्वतन्त्रता छ। त्यसको निम्ति कुनै स्थानीय नेताको अनुमति लिनुपर्ने आवश्यकता छैन।

‘सिक्किम-दार्जिलिङबीच सदियौंदेखि मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ। यसकारण कुनै व्यक्तिको सिक्किम-दार्जिलिङ आउने-जाने क्रम एउटा सामान्य विषय हो,’ चौहानले भनेका छन्, ‘यसकारण, विनय तामाङले यसरी भड्काउपूर्ण बयान दिएर सिक्किम-दार्जिलिङबीचको मैत्रीपूर्ण सम्बन्धलाई खल्बल्याउने दुष्प्रयास नगरून्।’

जहाँसम्म राजनीतिको विषय छ, दार्जिलिङमा भारतीय जनता पार्टीको विस्तारको निम्ति सिक्किमबाट विधायकहरू पठाइरहनुपर्ने कुनै आवश्यकता नरहेको भन्दै चौहानले, त्यहाँको समस्या अनि मुद्दाहरूलाई सम्बोधन गर्न त्यहाँका सांसद तथा स्थानीय नेताहरू नै सक्षम रहेको बताएका छन्।

‘हामी सिक्किममा राजनीति गर्छौं अनि दार्जिलिङको राजनीतिमा हस्तक्षेप गर्ने कुनै अभिप्राय छैन,’ चौहानले भनेका छन्, ‘यसर्थ, विनय तामाङले भाजपा सिक्किममाथि लगाएका तमाम आरोपहरूको पार्टी कड़ा शब्दमा खण्डन गर्दछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया