मोर्चामा ‘पैसा र काम’-को लागि किचलो :  विनय तामाङले भने- ‘घिनलाग्दो’

विज्ञापन

‘अबोप्रान्त कुणाल प्रधानलाई राजमार्ग क्षेत्रको सेभोकदेखि रम्फुसम्म र कालेबुङ जिल्लामा कुनै पनि काम र गतिविधिमा हस्तक्षेप र बाधा पुऱ्याउने अधिकार छैन,’ सूचनामा लेखिएको छ, ‘यदि कुणाल प्रधानले कुनै पनि हस्ताक्षेप र बाधा गरे र कुनै असुविधाजनक परिस्थिति बनेमा पार्टीले त्यसको दायित्व लिने छैन अनि उनको पक्षमा पार्टीले कुनै पहल गर्ने छैन।’


कालेबुङ, 31 जनवरी


बुधबार टिस्टा राष्ट्रीय राजमार्गमा मोर्चा (विनयतामाङ समूह)कै कार्यकर्ताबीच के भएको थियो, त्यसबारे त जानकारी छैन तर मोर्चा अध्यक्ष विनय तामाङले जारी गरेको विज्ञप्तीले किचलोको कारण ‘पैसा र काम’ नै हो भन्ने पुष्टी भएको छ।

आफ्नै अघि कालेबुङ नगरपालिका वार्ड न-1 का पार्षद कुणाल प्रधान र मोर्चा कार्यकर्ता उत्तम राईबीच किचलो भएको र त्यसको कारण ‘काम र पैसा’ देखेपछि विनय तामाङले किचलो गर्ने कार्यकर्ताहरूलाई अनुशासनात्मक कार्वाही गर्ने चेतानवीसमेत दिएका छन्।

राजमार्ग क्षेत्रमा भइरहेका विकासका काम र त्यसको पैसाको लागि टिस्टा पुलमा भएको किचलोको कारण कुणाल पक्षको एक समर्थकको खुट्टामा चोटसमेत आएको बताइएको छ।

‘टिस्टा पुलमा घटेको घटनाले म दुखित छु,’ मोर्चा अध्यक्ष विनय तामाङले भनेका छन्, ‘म त्यो घटनाको प्रत्यक्षदर्शी थिएँ।’

किचलो भएको र कार्यकर्ताबीच नै चोटपटकलागेको 24 घन्टा बित्दासमेत यस सम्बन्धमा केन्द्रियदेखि, जिल्ला र अरु भातृ सङ्गठनहरूसमेत मौन बसेपछि तामाङ क्रोधित बने। उनले विज्ञप्ती नै जारी गरेर घटनाबारे भर्त्सना जनाउन पऱ्यो।

तामाङले टिस्टामा भएको किचलो आफ्नो भेटघाट कार्यक्रम विफल बनाउने भएको कुटनीतिकोरूपमा लिएका छन्। सामान्य किचलो त सबैमा हुन्छ, तर हतियार नै निकालेर एकार्कामा आक्रमण नै गर्ने घटनाको प्रत्यक्षदर्शी बन्नपर्दा भने तामाङ आक्रोसित बनेका हुन्।

चिन्तित हुनुपर्ने घटना थियो, तर कसैलाई पनि यसबारे चिन्तित नदेखिएपछि तामाङले विज्ञप्ती नै जारी गरेर किचलोको जड नै रोकिदिएका छन्।

‘मैले नै मल्ली र यसको वरपरको कामहरू आजदेखि रोकिदिएको हुँ,’ तामाङले भनेका छन्, ‘कारण आपसी झगडाको मूल कारण नै त्यहाँको काम र पैसाको थियो तर त्यो कामहरूसित सम्बन्धित ठेकेदारहरु अनि त्यस कामहरूसित सम्बन्धित हाम्रै पार्टीका नेतृत्वहरूले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको निम्ति घटनालाई अर्कै रूप दिएको छ। यसको म घोर विरोध गर्छु।’

तामाङले सम्बन्धितहरूको निम्ति एउटा पाँच बुँदे दलीय सूचना नै जारी गरेका छन्। अनुशासनात्मक कार्वाहीकोरुपमा जारी गरिएको सूचनामा एनएच-10-को कमिटीलाई आफ्नो उपस्थितिमा अर्को बैठक नभएसम्म निष्क्रिय गरिएको बताइएको छ।

यसबाहेक त्यस क्षेत्रका लागि महेन्द्र छेत्रीलाई प्रमुख संयोजक र सतिस पोखरेललाई संयोजककोरूपमा नियुक्त गरिएको छ।

कुणाल प्रधानलाई तीन महिनाको लागि अनुशासनात्मक कार्वाही गर्दै प्रधानलाई पार्टीको सबै पद र गतिविधिबाट बाहिर राख्दै निष्कासन गरिएको छ।

‘अबोप्रान्त कुणाल प्रधानलाई राजमार्ग क्षेत्रको सेभोकदेखि रम्फुसम्म र कालेबुङ जिल्लामा कुनै पनि काम र गतिविधिमा हस्तक्षेप र बाधा पुऱ्याउने अधिकार छैन,’ सूचनामा लेखिएको छ, ‘यदि कुणाल प्रधानले कुनै पनि हस्ताक्षेप र बाधा गरे र कुनै असुविधाजनक परिस्थिति बनेमा पार्टीले त्यसको दायित्व लिने छैन अनि उनको पक्षमा पार्टीले कुनै पहल गर्ने छैन।’

33 र 39 सम्ष्टी कमिटी, मङ्पु- लाब्दा, सिटोङ- लाटपञ्चर, तकदाह-टिस्टा भेल्ली र पेशोक-तक्लिङबाट राजमार्ग कमिटीमा समावेश गर्न दुइजुइजना प्रतिनिधि 7 फरवरीसम्म महेन्द्र प्रधानमार्फत अध्यक्षसम्म पठाउने निर्देश पनि गरिएको छ।

“पहाडलाई भय मुक्त बनाउने मेरो सङ्कल्प हो अनि म यस्तो दादागिरीको खिलाफको व्यक्ति हुँ,’ तामाङले आफ्नो विज्ञप्तीमा भनेका छन्, ‘तर हाम्रै पार्टीका नेतृत्वहरूले पहाडलाई 2017 को अघिको पहाड नै होस् भन्ने रूचाउँदोरहेछ – जसको म डटेर विरोध गर्छु अनि यो उनीहरूको सोच अनि रणनीतिलाई सफल हुनु दिने छुइनँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया