धेरै समय लगाएर निरज जिम्बालाई महेन्द्र छेत्रीले दिए जवाब: ‘एनआरसीले इस्कूसमात्र होइन यहाँका कीरा फट्याङ्ग्रालाई पनि छुन्छ’

विज्ञापन

‘एनआरसीले पहाड़को इस्कुसलाई मात्र होइन तर सब थोकलाई छुन्छ,’ महेन्द्र छेत्रीले जिम्बालाई ताकेर भनेका छन्, ‘यहाँका कीरा फटेङ्ग्रालाई पनि छुन्छ। यसैबाट सुरक्षाका लागि हामीले छैटौं अनुसूचीको माग गरेका हौं।’


कालेबुङ, 2 फरवरी


गोर्खा राष्ट्रीय मुक्ति मोर्चाको स्थिति यस्तो बनेको छ कि आफ्नै पार्टीका सदस्य निरज जिम्बाको भूल सुधार्नु परेको छ। निरज जिम्बा, उनै हुन्, जो एक समय गोरामुमोका प्रवक्ता थिए। तर विमल खेमा गोजमुमोको अभ्यासमा उनलाई विधानसभाको लागि भाजपाबाट टिकट थम्याइयो। जिम्बाले जितेर विधानसभा पुग्ने वित्तिकै भाका र भाषा दुवै परिवर्तन गरे।

भाजपाका विधायक निरज जिम्बाले एनआरसीको सम्बन्धमा निक्कै चाखलाग्दो वयान दिएका थिए। जिम्बाले भनेका थिए, ‘गोर्खा त के पहाडको इस्कूसलाईसमेत एनआरसीले छुँदैन।’

उनको यो वयानलाई गोरामुमोको पक्षबाट भाजपाको लागि आएको निक्कै बलियो वयानकोरुपमा हेरिन्थ्यो। यही वयानको लागि जिम्बा चर्चितसमेत छन्। तर अहिले स्थिति अर्कै बन्यो। गोरामुमोले ‘इस्कूसलाई त के सबथोकलाई एनआरसीले छुन्छ’ भनेको छ।

यो वयान जिम्बापछि गोरामुमोको प्रवक्ता बनेका महेन्द्रले छेत्रीले आज बिजनबारीमा दिएका हुन्। गोरामुमोको 13 वटा समष्टीका प्रतिनिधि र कार्यकर्ताहरूलाई लिएर बिजनबारीमा साङ्गठनिक सभा गरेको थियो। त्यहीँ पूर्व प्रवक्ता एवं अहिले भाजपाका विधायक निरज जिम्बालाई छेत्रीले यस्तो जवाब फर्काएका हुन्।

ढिलै भए पनि गोरामुमोले जिम्बाको वयानलाई नितान्तै खारेज गरेको छ। महेन्द्र छेत्रीले जिम्बाको वयान विपरित बोलेलगत्तै जिम्बा र गोरामुमोबीच सबै कुरा ठिकठाक नरहेको सङ्केतसमेत बाहिरिएको छ।

‘एनआरसीले पहाड़को इस्कुसलाई मात्र होइन तर सब थोकलाई छुन्छ,’ महेन्द्र छेत्रीले जिम्बालाई ताकेर भनेका छन्, ‘यहाँका कीरा फटेङ्ग्रालाई पनि छुन्छ। यसैबाट सुरक्षाका लागि हामीले छैटौं अनुसूचीको माग गरेका हौं।’

गोरामुमोले गृहमन्त्री अमित शाहले संसदमा दुई-दुईचोटि छैटौं अनुसूची लागू भएका क्षेत्रहरूमा एनआरसी, सीएए, एनपीआर लागू नहुने भनेर बताएको कुरालाई अहिले प्रमुख वयानकोरूपमा प्रचार गरिरहेको छ। यद्यपि, शाहले मौखिकरुपले यसो भने पनि कानून र खेस्राहरूमा यी कुरा उल्लेख छैनन्।

छेत्रीले शीघ्र नै ‘दार्जीलिङ पहाड़’-मा छैटौं अनुसूची लागू हुनुपर्ने मागलाई दोहोर्‍याए। यद्यपि दार्जिलिङका सांसद राजु विष्टले स्पष्ट भाषामा ‘दार्जिलिङ पहाड’-मा छैटौं अनुसूची लागू हुन नसक्ने र भाजपाको स्थायी राजनैतिक सामाधान पहाड, तराई र डुवर्सलाई लिएर हुने बताइसकेका छन्।

हिजो गोरामुमोकै खरसाङका नेता महेन्द्र गुरुङले विष्टको वयान आएपछि पहाड, तराई र डुवर्सलाई लिएर छैटौं अनुसूची हुनुपर्ने भन्दै विज्ञप्ती जारी गरेका थिए।

छेत्रीले राष्ट्रिय जनसङ्ख्या पञ्जीकरण (एनआरपी) – हुन अघि नै दार्जीलिङ पहाड़मा  छैटौं अनुसूची  लागू गरिनुपर्ने बताएका छन्।

‘चालु बजेट सत्रभित्रै दार्जीलिङ पहाड़मा छैटौं अनुसूची लागू गर्नका लागि ठोस पहल गरियोस्,’ उनले भनेका छन्, ‘सांसद राजु विष्टसित गोरामुमोले हार्दिक अनुरोध गर्दछ।’

उनले गोर्खा जाति र यसका संस्कार संस्कृति र परम्पराको सुरक्षा गर्नका लागि छैटौं अनुसूची लागू हुनुपर्ने भन्दै एनपीआर लागू गर्नअघि चलिरहेको बजेट सत्रमा छैटौं अनुसूचीको बिल ल्याउनुपर्ने जनाए।

उनले एनआरसी, एनपीआर र सीएएको विरोध तथा छैटौं अनुसूचीको मागमा गोरामुमो सड़कमा पनि ओर्लने घोषणा पनि गरेका छन्।

बैठकमा छेत्रीलगायत, मौरिस कालिकोटे, अजय एड्वर्ड, किशोर गुरुङ, एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्ष डीके गुरुङ, महासचिव एसके लामा र गोरानासं नेतृ बसुन्धरा प्रधानलगाय अन्य उपस्थित थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया