भारत सरकारको करोडौंको योजनामा लाग्यो आगो : अरुण घतानीले गरे शङ्का

विज्ञापन

‘परियोजनाको कार्यमा सत्तारूढ राजनैतिक दलहरुको खिचा तानी, ती दलद्वारा पोषित केही असामाजिक तत्वहरुको बिगबिगि अधिक बढेको छ। टिस्टामा खुकुरी हानाहान र खुट्टा भाँचा भाँच एक प्रत्यक्ष उदाहरण हो। सम्पूर्ण राजमार्गमा कमिशनखोर, भ्रष्टाचार, भाई भतिजावाद र आपसी विवाद, वैरभाव बढ्ने प्रबल सम्भावना रहेको छ,’ अरुण घतानीले भनेका छन्।


कालेबुङ, 3 फरवरी


भारत सरकारले सिक्किम र पश्चिम बङ्गाललाई रेल लाइनले जोड्न रम्फु-सेभोक रेलको पटरी ओछ्याउने योजना शुरु गरेको छ। रेलमार्ग बनाउन खनजोतको काम तीब्र छ। यसै रेलमार्गको निम्ति सुरुङ खन्न ल्याइएको एउटा मिसिन अचानक जलेको छ। पुलिस सुत्रअनुसार मिसिनमा आगो लगाइएको हो।

बताइएअनुसार मिसिन इटलीबाट ल्याइएको हो। यसको लागत अडाईदेखि तीन करोड रहेको छ। सुरुङ खन्दा चट्टान फोर्न भनेर ल्याइएको मिसिनमा आगो लागेपछि कालिझोडा क्षेत्रमा स्थिति गम्भीर बनेको छ।

रेलमार्गको लागि आईटिडी सिमेन्टेसन इण्डिया मिमिटेडले खन्ने काम गरिरहेको थियो। यसै कम्पनीका प्रोजेक्ट म्यानेजर सचिन सिन्देले सेभोक पुलिस पोस्टमा प्राथमिकी दर्ता गरेका छन्।

मिसिन शनिबार राती जलाइएको हो। जलाउनेहरूबारे कुनै सुराक पाइएको छैन।

सेवक-रम्फू रेल परियोजनाअन्तर्गत 3 र 4 नम्बरको सुरुङ (टनल) निर्माणका लागि इटालीबाट मगाइएको उक्त मशिन कम्पनीले  कालीझोड़ानजिक राखेको थियो।

घटनापछि नागरिक समाजले यो घटनाको तीखो शब्दमा निन्दा गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेको छ।

स्थानीय क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीका नेता अरुण घतानीले बताएअनुसार यही परियोजनाको कार्यमाथि इरकोन र बन बस्तीवासीमाझ केही कानुनी विवाद पनि भइसकेको हो। उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘तर परियोजनाको कार्यमा सत्तारूढ राजनैतिक दलहरुको खिचा तानी, ती दलद्वारा पोषित केही असामाजिक तत्वहरुको बिगबिगि अधिक बढेको छ।’

घतानीले भर्खरै विनय खेमा मोर्चाका नेतृत्वबीच टिस्टामा भएको किचलो त्यसैको उदाहरण रहेको जनाएका छन्। ‘टिस्टामा खुकुरी हानाहान र खुट्टा भाँचा भाँच एक प्रत्यक्ष उदाहरण हो। सम्पूर्ण राजमार्गमा कमिशनखोर, भ्रष्टाचार, भाई भतिजावाद र आपसी विवाद, वैरभाव बढ्ने प्रबल सम्भावना रहेको छ,’ घतानीले भनेका छन्।
उनले मिसिन जलाइएको घटनाले कालीझोडाको बदमामी भएको क्षेत्र वासीको हैसियतले आफूले यस्ता कृत्यको घोर भर्त्सना गर्ने पनि बताएका छन्।

‘एक शान्तिपूर्ण गाउँलाई असमाजिक तत्वको अड्डा बनाउने, युवा वर्गलाई यस्ता कार्यमा कसैले प्रोत्साहित गर्छ भने त्यो पनि निन्दनीय कुरा हो,’ घतानीले भनेका छन्, ‘सबै मिलेर यसको प्रतिरोध गर्नु पर्छ। प्रशासनले घटनालाई गम्भीरतापूर्वक लिएर उचित छानबिन गरि दोषीको पत्तो लगाएर कठोर कार्वाही गरिनु पर्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया