दार्जिलिङको नगरपालिका चुनाउ भए गोरामुमोले बोर्ड बनाउने

कालेबुङ, 3 फरवरी


दार्जिलिङ नगरपालिकाको चुनाउ भए गोरामुमोले निश्चित रूपमा बोर्ड गठन गर्ने दावी गरेको छ। समाचार हाम्रोप्रजाशक्तिमा प्रकाशित छ। बिजनबारीको हिजको साङ्गाठानिक सभामा गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका केन्द्रिय सदस्य अजय एडवर्डले यस्तो वयान दिएका हुन्।

‘दार्जिलिङ नगरपालिका चुनाउ हुने चर्चा चलिरहेको छ,’ एडवर्डले भने, ‘यदि सरकारले दार्जिलिङ नगरपालिका चुनाउ गराए गोरामुमोले सय प्रतिशत बोर्ड गठन गर्नेछ।’

दार्जिलिङको जनताले गोर्खा जातिप्रति विश्वासघात गर्नेहरूलाई कदापि भोट नदिनेसमेत उनले जनाएका छन्। 2017 सालको जनआन्दोलनमा दार्जिलिङ पर्वतीय क्षेत्रका जनताले भोकभोकै बसेर पनि आन्दोलनलाई साथ दिएको, त्यसरी नै देश- विदेशहरूमा बसोबासो गर्ने गोर्खाहरूले पनि आन्दोलनलाई आत्मासात गरेको भन्दै एडवर्डले तर आफूहरूलाई गोर्खाहरूको शुभचिन्तक बताउनेहरूले राज्य सरकारसँग हात मिलाएर जनताको त्याग र बलिदानलाई फिका प्रमाणित गरिदिएको जनाए।

‘उनीहरूले 105 दिनको बन्द र आन्दोलनलाई अर्थहीन बनाएको हो,’ उनले भने,  ‘लोकसभा चुनाउमा जन आन्दोलनको उपहास गर्नेहरूलाई जनताले राम्रो उत्तर दिएको छ।’

दार्जिलिङ पर्वतीय क्षेत्रमा फेरि चुनाउ भएको खण्डमा फेरि पनि पहाड़को जनताले त्यस्तै उत्तर दिने एडवर्डले दावी गरे। अहिले आफूहरूलाई गोर्खाहरूको शुभचिन्तक बताउनेहरूले जीटीएलाई छः छः महीनाको टपअप भाउचर हाल्दै जीटीए सञ्चालन गरिरहेको अनि तिनीहरूले विकासका गुच्छाहरू देखाउँदै जनताको मन जित्ने प्रयास गरिरहेकोसमेत जनाए।

‘तर पहाड़को जनताले तिनीहरूलाई स्वीकार गरेका छैनन्‌,’ एडवर्डले भने, ‘सन्‌ 1986 -को गोर्खाल्याण्ड आन्दोलनको विरोध गर्नेहरूले आफूहरूलाई गोर्खाल्याण्डको पक्षधर बताउने प्रयास गरिरहेका छन्। धेरै साल बितिसक्दा पनि दार्जिलिङ पर्वतीय क्षेत्रको जनताले 1986 सालको गोर्खाल्याण्डविरोधी आवाजहरू भुल्न सकेका छैनन्, त्यसकारण आजसम्म ती राजनैतिक दललाई पहाड़को जनताले स्वीकार गरेको छैन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया