विभिन्न पदमा नियुक्तिबारे कुरा गर्न थापा र तामाङले भेटे मुख्यमन्त्री

फाइल फोटो

कालेबुङ, 5 फरवरी


गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापा अनि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीसित भेटघाट गरेका छन्। उनीहरूले भर्खरै दार्जिलिङ आएकी बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीसित दार्जिलिङ पहाड सम्बन्धित विकासका विषयमा कुराकानी गरेका थिए। मुख्यमन्त्रीसित छोटो समयावधि भएका कुराकानीलाई नै विस्तारमा लैजान थापा अनि तामाङ कोलकता गएका हुन्।

मुख्यमन्त्रीसँग विनय तामाङ अनि अनित थापाले चिया- सिन्कोना कमान, वन बस्ती साथै शहरी क्षेत्रहरूमा युगौंदेखि बसोबासो गर्दै आइरहेका मानिसहरूको घर-जमीनहरूको पर्जा-पट्टाको कुरा गरेका छन्। जीटीएको माध्यमद्वारा दार्जीलिङ पर्वतीय क्षेत्रहरूमा गरिने विकासकार्यको लागि आर्थिक गुच्छ दिनुपर्नेबारे पनि कुरा गरेका छन्।

विशेष गरेर जीटीएका विभागहरू अनि राज्य सरकारका विभिन्न विभागहरूमा रहेका खाली पदहरूमा नियुक्ति दिनुपर्नेबारे कुरा उठाएका छन्। थापा र तामाङ भोलि पहाड फर्किनेछन्। मुख्यमन्त्रीले उनीहरूको मागदाबीबारे सकरात्मक आश्वासन दिएकी छन्।

बताइएअनुसार उनीहरूले मुख्यमन्त्रीसित दार्जिलिङ पहाडमा शीघ्र नै जिटिए चुनाउ हुनुपर्ने अनि त्यसपछि पञ्चायत चुनाउ हुनुपर्ने माग पनि राखेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया