भारतीय सेनामा 70 हजार गोर्खा

कालेबुङ, 6 फरवरी


राज्यसभा सांसद शान्ता छेत्रीले सदनमा दार्जिलिङमा सैनिक स्कूल हुनुपर्ने माग गरेकी छन्। छेत्रीले भारतका रक्षामन्त्री राजनाथ सिंहको ध्यानाकर्षण गर्दै भारतमा गोर्खा सैनिकको योगदानबारे बुझाइन्।

उनले अहिले सेभेन रेजिमेन्ट अथवा 37 बटालियनमा मात्र 70 हजार गोर्खा सैनिक राष्ट्रको लागि लडिरहेको जनाइन्। भनिन्, ‘गोर्खा सैनिकले भारतमा अलग पहिचान बनाएको छ, तर गोर्खालाई प्रोत्साहित गर्न दार्जिलिङमा एउटै पनि सैनिक स्कूल छैन।’

उनले सैयौं गोर्खाले चीन, पाकिस्तानबीच भएको युद्ध होस् वा विश्व युद्ध होस्, देशको सुरक्षाको लागि नै लडेको भन्दै आतङ्कवादीसित ज्यानको बाजी लगाएर गोर्खा सौनिक नै लडिरहेको पनि बुझाइन्।

‘देश रक्षामा गोर्खा कति सक्षम छन् भन्ने कुरा त यी कुराले नै प्रमाणित गर्छ,’ उनले भनिन्, ‘गोर्खा युवाको बढिरहेको आवश्यकतालाई ध्यानमा राखेर दार्जिलिङमा एउटै सैनिक स्कूल बनाइयोस्। जुन स्कूल परमवीरचक्रले सम्मानित मेजर धनसिंह थापाको नाममा होस्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया