रोङ्गोमा आगलागी: आधा घण्टाभित्र घर जलेर स्वाहा

रोङ्गो, 9 फरवरी


रोङ्गो सिन्कोना बगान अन्तर्गत ट्याङ्गी डाँडामा मदन गुरुङको घर आगलागी भएर स्वाहा भएको छ। घटना आज राती आठ बजीतिर भएको हो। घटना अनुसार भान्सा कोठाबाट आगो सल्किएको देख्नेबित्तिकै आगोले यति भयानक रूप लियो कि आगोलाई नियन्त्रणमा ल्याउन सकिएन। आधा घण्टाको अन्तरालमा नै भान्सा कोठा अनि ठूलोघर दुवै नष्ट भएको छ। सिन्कोना बगान अधिनस्थ उक्त काठको मोडल घर जल्दा परिवारका सदस्यहरूले घरबाट कुनै सामाग्रीहरू निकाल्न पाएनन्। आगलागीको खबरपछि स्थानीयहरूले आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्।
स्थानीयहरू अनुसार यस क्षेत्रमा एउटै पनि अग्निशन विभाग छैन। जसले गर्दा कुनै पनि ठूलो दुर्घटना भए रमिता हेर्नबाहेक अन्य विकल्प छैन। वर्षौदेखि क्षेत्रमा अग्मिशन विभाग हुनुपर्ने माग गर्दै आएपनि आजसम्म कुनै पहल हुननससेकोमा स्थानीयले दुख व्यक्त गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया