हाइवे निर्माणले यातायात अवरुद्धः चुलियो गुनासो

उमेश परियार

कालिझोडा, 25 मई 2017


राजमार्गको बाघपुलदेखि टिस्टासम्म विभागले शुरू गरेको नाली अनि कल्वर्ट निर्माण कार्यले हाइवेको यातायातमा समस्या सृष्टि गरेको छ। निर्माण कार्यले जाम  निम्त्याउने अनि यो ठेकेदारहरूको लापरवाहीले भइरहेको हिमालयन राजमार्ग चालक सङ्गठनका जीवन छेत्रीले बताएका छन।

यता काम छिटो सिध्याउने क्रममा बाटोभरि बालुवा र गिटी थुपारिएको कारण बाटो एकतर्फे रहेको उनले बताएका छन। अर्कोतिर कतिपय ठाउँहरूमा नालीको निम्ति खाडल खनेर छोडिराख्नाले पनि बाटो साँघुरो भएको हो।  जसको कारण यातायातमा जाम भइरहेको उनले बताएका छन्। समस्या लिएर सङ्गठनका चालकहरूबाट धेरै चोटि गुनासो आइरहेको पनि छेत्रीले बताएका छ्न्।

सम्बन्धित विभाग पिडब्ल्युडी अभियन्ता मतिगडा अनि सहअभियन्ता उत्तम प्रधान कालिझोडाको कार्यालयमा ज्ञापन चढाइसकेको तर विभागले अनदेखा गरिरहेको उनको आरोप छ। जसमाथि पुलिस प्रशासनले पनि ध्यानदिनु पर्ने उनको भनाइ रहेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन