पहाड गुणस्तर शिक्षा दिन किन असफल?

शिक्षा कैरन

जमाना हार्डवर्कदेखि स्मार्ट वर्कमा, सिटिजनदेखि नेटिजनमा सर्नु थालेको बेलामा जति पनि पुराना प्रकारले शिक्षकहरु जति नै खटे पनि अहिलेको डिमान्ड पुऱ्याउन नसक्ने भयो। र आग्रही-इच्छुक शिक्षकहरु पनि नयाँ प्रविधिदेखि त्यस्तो तालमेल मिलाउन नसक्नाले पढाईमा स्तर घटेको जस्तो देखियो। र पहाडमा शिक्षक नियुक्तिको ठोस प्रक्रिया नहुनाले पनि गुणस्तरीय शिक्षकको कमी सबैतिर खट्किनै रहेछ। एउटा राम्रो शिक्षकले हजारौंलाई अब्बल बनाएर ठूला मान्छे बनाउन सक्छन् तर अहिले प्राय: स्कूलबाट राम्ररी माध्यमिक पनि पास गर्न सक्दैनन् र राम्रो जगहमा पुग्ननै सक्दैन। अधकल्चो शिक्षा कै कारण अहिले पहाडका युवाहरु बाहिर होटेल, कलसेन्टर, पार्लर भन्दामाथि कुनै काम रोज्न नै सक्दैनन् । हामीलाई बेरोजगार स्कूलबाट नै बनाइन्छ। शिक्षक सबैले आफ्नो पढाउने जिम्मेवारी ठीकसँग गरिराखेका छैनन् । हामीलाई अहिले स्कूलले पास सर्टिफिकेट दिनसक्छ तर स्वाभिमान दिन सक्दैन, दक्षता प्रदान गर्न सक्दैन, खुट्टामा उभिन सिकाउँदैन ।


कमल भूजेल


पहाडको शिक्षा ब्रिटिशको आगमनले नै फस्टाएर आएको हो । विभिन्न मिसिनेरीहरु पनि शिक्षा कै जहाजमा पहाड भित्रिएका थिए । शिक्षा भन्नाले उच्च शिक्षा भने कहिले पनि होइन कारण कलेज-विश्वविद्यालयहरु पहाडकै हितको निम्ति कसैले खोलेनन् ।

पहाडमा स्थानीय मानिसहरु त शुरुदेखि नै मालिकको कमरा भएकैले भविष्यलाई लिएर त्यस्तो गम्भीर कुनै योजना गरेर समाजलाई अघि बढाउने सोंच राख्ने अवस्थामा नै थिएनन् । समाजको दयनीय अवस्था भनौं पहाड कै सबैभन्दा पुरानो संस्था “गोर्खा जन पुस्तकालय, खर्साङ” –को १९१३ सालमा भर्खर स्थापना हुँदा बङ्गला समाजबाट त्यही साल रवीन्द्रनाथ ठाकुरले “नोबेल पुरस्कार” थाप्दैथिए । पहाडी समाज संस्कारैले दबिएको हुनाले पुस्ता-पुस्ता सम्म यो दबेर बस्ने मानसिकता सरेर आइरहेको भए पनि आफ्नो लाज ढाकेर मन बुझाउनकै निम्ति पनि “वीर-गोर्खा” को सुगा रटाईले समाजलाई यथार्थदेखि कैयौं टाडा लैजाने क्रम जारी नै रह्यो ।

पहाडमा एक-दुइ जना सरदारहरु बाहेक धनीहरु त्यस्तो बेसी थिएनन् । राजनीतिक उथुलपुथुलको फलस्वरुप केही मानिसहरुको आर्थिक अवस्था बलियो भएकै हो तर मालिक नै चै बनेनन् । पैसाले धनी पनि बने तर संस्कारैले चै बन्न सकेनन् ।

विशेषगरी मिसेनेरिकै अगुवाइमा पहाडमा कन्भेन्ट स्कूलहरु पनि खोलिए। पहाडको स्कूलहरुमा ठूला-बडाका नानीहरु लागायत छिमेकी देशका राजकुमार-राजकुमारीहरु समेत पढ्न आएकाले पहाडको शिक्षाको एउटा भिन्नै गरिमा थियो। यहाँका सरकारी स्कूलहरुले पनि गरीबका नानीहरुलाई बुनियाँदी शिक्षा त स्तरीय नै प्रदान गरेका हुन्। यही शिक्षाको गरीमालाई विज्ञापन गरेर धेरै अन्य नीजि स्कूलहरुको स्थापना पनि  भयो। छिमेकी राज्य बिहार वा बङ्गालमा पनि अङ्ग्रेजीलाई प्रोत्साहन नदिएकोले, बङ्गलादेश, भुटानतिरबाट अङ्ग्रेजी सिक्नको लागि मात्र पनि पहाडको स्कूलमा पढ्न आउँथे ।

पहाडको स्कूलहरुमा शिक्षाको साथमा व्यवहार, व्यक्तित्व विकासहरुमा ध्यान दिनाले पनि बाहिरबाट आउनेको भीड बेसी नै हुन्थ्यो । यहाँको जलवायु र भौगोलिक संरचनाको विशेषता अलग्गै छ।

यसरी पहाड शिक्षाको व्यावसायिक केन्द्र नै बनेको हो। शिक्षाले स्थानीय शिक्षित जमातलाई आय-आर्जनमा निकै सहयोग पुऱ्याएकै हो ।

तर विस्तारै पहाडमा बाहिरबाट पढ्न आउनेको संख्या घट्नु थाल्यो र यो घटना २०१७ सालको १०४ दिनको बन्दले जुन पैह्रो लग्यो त्यतिबेला मात्र सबैले छर्लङग देखे कि पहाडमा धेरै नीजि स्कूलहरु बन्द हुने स्थितिमा पुगिसकेको रहेछन्।

त्यतिमात्र नभएर पहाडकै स्थानीय विद्यार्थीहरु पनि पहाड बाहिर पढ्न जान थाले। प्रश्न उठ्नु स्वभाविक नै हो, किन पहाडबाट विद्यार्थीहरु बाहिर जान थाले ? के पहाडको शिक्षाको स्तर घटेर नै हो वा अरु कुनै कारण हुन सक्छ? चर्चा गर्नु आवश्यक छ।

पहाडका धेरै स्कूलहरुमा ती पहिले कै शिक्षकहरु छन् अनि पहिले कै जोश-जाँगरले पढाइरहेका पनि छन्, ती शिक्षकहरुको लगनशीलतामा प्रश्न उठाउने ठाँउ नै छैन। पहाडका ती स्तरीय स्कूलहरुले अझ पनि पहिले कै जस्तो शिक्षा प्रदान त गरिराखेका छन्। समस्या अहिलेको समयले जुन प्रकारको शिक्षाको माग गरिरहेको छ, त्यो पुरानो ढाँचागत शिक्षाले पुराउन सकिरहेको छैन।

पहिले डाक्टर, इन्जिनियरहरु पढ्नको निम्ति त्यस्तो सर्वभारतीय स्तरमा प्रवेशिका परीक्षा दिन पर्दैन थियो। पैसा हुनेले सजिलै पढाउन सकिहाल्थे। तर अहिले धनीलाई होस् वा गरीबलाई उच्च-शिक्षाको निम्ति प्रत्येक विषयमा नै प्रवेशिका प्ररिक्षा (Entrance Exam) दिनुनै पर्ने भयो। यसको निम्ति तयारी लरोतरोले नचल्ने भयो।

त्यसैले अब जुन स्कूलले बोर्डको परीक्षामात्र पास गराउनको निम्ति शिक्षा प्रदान गर्छ त्यहाँ सचेत नागरिकले पढाउन नै छोडे। स्कूलले पास गराउनुको साथसाथै यी प्रतिस्पर्धाको निम्ति पनि तयारी गर्ने जिम्मारी निर्वाह गर्नुपर्ने भयो। तर ज्यादातर अहिले पहाडका स्कूलहरुले यसको निम्ति कुनै ठोस कदम नउठाएकै कारण दक्षता भएर पनि पछाडिएका हुन् । यसको पछाडी भने कारणहरु पनि थुप्रै छन् अनि सुधार गर्नुपर्ने ठाँउहरु पनि धेरै नै छन्।

जमाना हार्डवर्कदेखि स्मार्ट वर्कमा, सिटिजनदेखि नेटिजनमा सर्नु थालेको बेलामा जति पनि पुराना प्रकारले शिक्षकहरु जति नै खटे पनि अहिलेको डिमान्ड पुऱ्याउन नसक्ने भयो। र आग्रही-इच्छुक शिक्षकहरु पनि नयाँ प्रविधिदेखि त्यस्तो तालमेल मिलाउन नसक्नाले पढाईमा स्तर घटेको जस्तो देखियो। र पहाडमा शिक्षक नियुक्तिको ठोस प्रक्रिया नहुनाले पनि गुणस्तरीय शिक्षकको कमी सबैतिर खट्किनै रहेछ। एउटा राम्रो शिक्षकले हजारौंलाई अब्बल बनाएर ठूला मान्छे बनाउन सक्छन् तर अहिले प्राय: स्कूलबाट राम्ररी माध्यमिक पनि पास गर्न सक्दैनन् र राम्रो जगहमा पुग्ननै सक्दैन। अधकल्चो शिक्षा कै कारण अहिले पहाडका युवाहरु बाहिर होटेल, कलसेन्टर, पार्लर भन्दामाथि कुनै काम रोज्न नै सक्दैनन् । हामीलाई बेरोजगार स्कूलबाट नै बनाइन्छ। शिक्षक सबैले आफ्नो पढाउने जिम्मेवारी ठीकसँग गरिराखेका छैनन् । हामीलाई अहिले स्कूलले पास सर्टिफिकेट दिनसक्छ तर स्वाभिमान दिन सक्दैन, दक्षता प्रदान गर्न सक्दैन, खुट्टामा उभिन सिकाउँदैन ।

अहिले वाट्सआप-फेसबुकको जमानामा विद्यार्थी फेल हुँदा सोझा दोष विद्यार्थीलाई नै दिन्छ तर के शिक्षकले ठीकै पढाउदैछन् त? भनेर सोध्न सक्ने हाम्रो समाज बनेकै छैन। योजनामा पहाडको शिक्षा मासिँदैछ, यसमा सबै मौन नै छन्। पैसा हुनेले त जता लगेर पनि पढाइहाल्छ, पिसिने त निमुखा खटिखाने जनता नै हो । सो साधारण जनताले गुणस्तर शिक्षा पाउनु हो भने पहाडमा एकपल्ट शिक्षा जगतमा निकै ठूलो परिवर्तन आउन जरुरी छ। कसरी आउछ, कहिले आउछ, भन्न सकिन्न, तर आउनु त पर्छ। यसैको आशामा कुरेर बसेका छन् साधरण जनता ।


रिसर्च स्कालर, मिजोराम विश्वविद्यालय, [email protected] , 9563451940

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया