झड्केलो बाबुद्वारा नाबालक छोरीलाई बलात्कार

गान्तोक, 12 फरवरी।


पश्चिम सिक्किमको कलुक थाना अन्तर्गत एक 13 वर्षीया बालिकालाई आफ्नै झड्केलो बाबु (39) ले पटक पटक बलात्कार गरेर गर्भवती तुल्याएको कुरा प्रकाशमा आएको छ। स्थानीय प्राथमीक स्वास्थ्य केन्द्रमा प्रारम्भीक जाँच गरेपछि बालिका गर्भवती भएको पत्तो लागेको हो। पुलिसले आरोपी झड्केलो बाबुको विरूद्ध पोक्सो ऐन 2019 र आइपीसीको धारा 376 अन्तर्गत बाल यौन अपराध र बलात्कारको मुद्दा दर्ता गरेको छ।  पिडीता अहिले जिल्ला अस्पतालमा उपचाराधिन छिन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार पिडीताकी दिदीले बिरामी जाँच गर्न स्वास्थ्य केन्द्र लाँदा घटनाको पत्तो लागेको अनि कलुक थानालाई स्वास्थ्य केन्द्रले  जानकारी गराएपछि  प्राथमिकी दर्ता गरिएको हो। पश्चिम जिल्ला पुलिस अतिरिक्त अधिक्षक पीबीजी सतिषले दिएको जानकारी अऩुसार आरोपीको विरूद्ध मामिला दर्ता गरिएको छ भने न्यायालयमा उपस्थित गराएर 15 दिनको निम्ति पुलिस हिरासतको माग गरेको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया