अचम्म भो, हरायो एनआरसीको डाटा

विज्ञापन

असम, 13 फरवरी


आसममा एनआरसी लागू गरेर आफ्नै खुट्टामा बञ्चरो हानिसकेपछि भारतीय जनता पार्टीले एनआरसीमा नपरेका 19 लाखभित्रका हिन्दुहरूलाई नागरिकता दिन हतारसाथ ल्याएको नागरिक संशोधन कानूनको विरोध भइरहेको छ।

यस्तोमा अचानक असममा लागू गरिएको एनआरसीको वेबसाइटबाट सबै जानकारी हटाइएको छ। असममा लागू भएको एनआरसीबारे मानिसहरूमा व्यापक उत्सुकता छ। उनीहरूलाई आसमबारे बुझ्न मन लाग्यो भने एनआरसीको आधाकारिक बेवसाइट कोट्याउँछन् तर त्यहीं सबै डाटाहरू गायब छन्।

31 जुलाई 2019 को दिन एनआरसीको सबै सूची प्रकाशित भएको थियो, जहाँ 19 लाख भन्दा धेर एनआरसीमा नपरेको डाटा थियो। जसमा धेर हिन्दु थिए। अहिले त्यही डाटा नै गायब छ।

असमका नेता देवव्रत सइकियाले एनआरसी असमका संयोजक र भारतका महापञ्जियकलाई पत्र पठाएपछि डाटा हराएको कुरा चुलिएको हो। सइकियाले भनेअनुसार 14 सेप्टेम्बर 2019 देखि वेबसाइटमा डाटा उपलब्ध गराइएको थियो। अहिले अनआरसीको अपिल र पुनरावेदनको बेला छ। यस्तोमा डाटा गायब छ।

‘यो भाजपा सरकारको अर्को षडयन्त्र हुनसक्छ,’ सइकियाले भनेका छन्, ‘यो सर्वोच्च न्यायालयको एनआरसीबारेको नियमको उलङ्घन पनि हो।’

सइकियाले डाटा डिलिट वा हटाइएको सम्बन्धका कारण बताउन मागेका थिए जवाबमा भारतको गृहमन्त्रालयले डाटा सुरक्षित रहेको र वेबसाइटमा प्राविधिक गडबढी भएको बताएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया