‘तिमीहरू केन्द्रबाट छुट्टै राज्य गोर्खाल्याण्ड दिने लिखित ग्यारेन्टी लिएर आउ, हामी राज्यबाट एनओसी लिएर आउँछौ’

विज्ञापन

कालेबुङ, 14 फरवरी


विनय तामाङ समूह गोर्खा जनमुक्ति मोर्चाका युवा नेता आलोक कान्तमणि थुलुङले विमल गुरुङ समूह गोर्खा जनमुक्ति मोर्चालाई च्यालेन्ज गरेका छन्। ‘तिमीहरू केन्द्रबाट छुट्टै राज्य गोर्खाल्याण्ड दिने लिखित ग्यारेन्टी लिएर आउ,’ थुलुङले भनेका छन्, ‘हामी राज्य सरकारबाट एनओसी लिएर आउँछौं।’ यो निक्कै पेचिलो च्यालेन्ज पनि हो।

थुलुङको कुरा स्पष्ट छ, पहिले छुट्टै राज्य गोर्खाल्याण्ड हुने ग्यारेन्टी नभइ राज्यलाई एनओसी माग्ने कुरै आउँदैन। थुलुङको शङ्का भाजपाले छुट्टै राज्य बनाउँदैन भन्ने नै हो। ‘11  जातगोष्ठीलाई जनजातिको मर्यादा दिन ममता व्यानर्जीले एनओसी दिएकै हुन्। उनले एनओसी दिएकैले यो मुद्दा केन्द्रमा पुगेको हो, खै त 11 जातलाई जनजातिको मर्यादा दिएको?’, थुलुङको तर्क यस्तो पनि छ।

भाजपाले छुट्टै राज्य गोर्खाल्याण्ड बन्ने ग्यारेन्टी नदिएको र बारम्बार झुटको राजनीति गरेकैले आफूहरू भाजपाको धोकाविरुद्ध उत्रिएको थुलुङको दाबी पनि हो। थुलुङको तर्कअनुसार यदि भाजपा इमान्दार हुनु हो र विमल गुरुङले यसको लागि इमान्दार रणनीतिसित आन्दोलन गरेको हुनु हो भने उनीहरूको विरुद्धमा उत्रने परिस्थिति नै बन्दैनथ्यो।

न त बलियो रणनीति बनियो, न त भाजपा नै गोर्खाल्याण्डको मुद्दामा इमान्दार देखियो, त्यसैले भाजपाको नियतमाथि शङ्का र विमल गुरुङको लुते रणनीतिप्रति सन्देह बनिएको थुलुङको तर्क छ। यद्यपि, गोजमुमो-1 होस् वा गोजमुमो-2, दुवैको गोलपोष्ट भने एकै हो। फरक छ भने रणनीतिमा मात्र छ। मुद्दा अघि बढाउने चरित्रमा मात्र छ।

‘कर्नाटकका दुइ जातलाई जनजातिको मर्यादा दिने भइसक्यो,’ थुलुङ भन्छन्, ‘खै त गोर्खाका 11 जातलाई जनजातिको मर्यादा दिएको?’

विमल खेमा नेतृत्व भाजपामा दवाब बनाउन नसक्नेजस्तो कमजोर र आशे राजनीति गरिरहेको थुलुङको आरोप पनि हो। थुलुङअनुसार वास्तवमा नै भाजपा गोर्खाप्रति इमान्दार छैन। यसैले बौद्धिक रणनीतिसहित अघि नबढेसम्म भोजपाले आशा मात्र देखाउने हो। आशाको राजनीति छोडेर बौद्धिक राजनीति समयको माग हो। थुलुङअनुसार भाजपालाई कठघरामा उभ्याउने किसिमको रणनीतिसहित अघि नबढे भाजपाले गोर्खालाई आशा मात्र देखाएर राख्ने र 2021 को विधानसभा चुनाउको रोटी सेक्ने पक्का छ।

‘भाजपाका नेता सुब्रमण्यम स्वामीले ट्वीटमा होइन भाजपाको राष्ट्रीय बैठकमा कुरा राख्नुसक्नुपर्छ,’ थुलुङको दाबी त यस्तो पनि छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया