भाषा थोपेको छैन, थोप्दैन पनि: शान्ता छेत्री

खबरम्यागजिन डेस्क

कालेबुङ,26 मई 2017


बङ्गला भाषा अनिवार्यताको कुरा गरेर गोर्खा जनमुक्ति मोर्चाले राजनीति गरिरहेको आरोप राज्यसभा सांसदको रूपमा मनोनित बनेकी हिल तृणमूल काङग्रेसकी कार्यकारी अध्यक्ष शान्ता छेत्रीले लगाएकी छन्।

आज कालेबुङ आइपुगेकी छेत्रीले दश माइलस्थित पार्टी कार्यालयमा स्थानीय नेतृवर्ग तथा पार्टी कार्यकर्ताहरूसित भेट गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त आरोप लगाएकी हुन्।

“अहिलेसम्म न त कुनै ग्याजेट नोटीफिकेसन निस्किएको छ न त यसलाई अनिवार्य भाषा भनेर भनिएको छ। ऐच्छिक भाषाको रूपमा बङ्गला भाषा राखिने कुरा मन्त्रीले भनिसकेका छन् भने यसलाई लिएर गोजमुमोले भने राजनीति गरिरहेको छ”-उनले भनिन्। गोजमुमोले केवल कुरालाई राजनीतिकरण गरेर विभेद ल्याउने प्रयास गरिरहेको बताउँदै छेत्रीले भनिन्-“ राज्य सरकारले कसैलाई पनि भाषा थोपेको छैन अनि थोप्दैन पनि।”

गोजमुमोले भाषा थोपेको भ्रम फैलाएर साम्प्रादायिक भावना उत्पन्न गराउने प्रयास गरिरहेको आरोप पनि छेत्रीले लगाएकी छन्।

“यदि साँच्चैमा नै बङ्गला भाषा अनिवार्य गरिएको हुँदो हो त जीटीएको शिक्षा विभागमा नोटीफिकेसन आउने थियो त। जब कुरा नै थाहा छैन भने पहाडको सत्ताशिन दल भएर यस्तो भ्रम फैलाउने कार्य गर्नु कदापि पनि उचित होइन”- उनले भनिन्। गोजमुमोले वास्तविक कुरा नै नबुझी भ्रम फैलाएर अशान्ति सृष्टि गर्न खोजिरहेको आरोप पनि उनले लगाएकी छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन