सुब्रमण्यम स्वामीको प्राथमिकतामा युटी नै : बजट सत्रको अन्त्यमा सदनमा राख्ने कुरा

कालेबुङ, 17 फरवरी


केहीदिनअघि ट्वीट गरेर भारतीय जनता पार्टीले आफूले दिएको बचन पूरा गर्ने समय आएको अनि बाचा गरेको गोर्खाल्याण्डलाई युनियन टेरिटोरीकोरूपमा प्रदान गर्नुपर्ने बताएका भाजपा नेता सुब्रमण्यम स्वामीलाई विमल खेमा मोर्चाको टोलीले भेट गरेको छ।

यही भेटको एउटा भिडियोसमेत अहिले सोसल मिडियामा भाइरल पनि भएको छ। भाइरल भिडियोमा टोलीले गोर्खाल्याण्डबारे क्लियरकट प्रतिबद्धता माग्दा स्वामी रिसाएर बोल्दा बोल्दै उठेका पनि छन्। ‘म प्रतिबद्ध छु। म कुरा राख्छु, तर यस्तो पाराले मलाई प्रश्न नगर्नुहोस्,’ स्वामीले भनेका छन्।

स्वामीले आफूले संसदमा छुट्टै राज्य गोर्खाल्याण्ड वा युनियन टेरोटेरीको कुरा उठाउनेसमेत बताएका छन्। टोलीको एक प्रतिनिधिले बारम्बार प्रश्न गर्दा स्वामीले उत्तरखण्डको मागमा मुलायमसिंह यादव पक्षमा नरहँदासमेत आफूले कुरा उठाएको र सफल बनेको भन्दै शीघ्र नै सदनमा युनियन टेरोटेरीको मुद्दा राख्ने र सदनमा मुद्दा राखेपछि दार्जिलिङका दलहरूसित मई महिनामा बैठक गर्नेसमेत स्वामीले भिडियोमा जनाएका छन्।

स्वामीलाई भेट गर्ने टोलीमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का कार्यकारी अध्यक्ष डा. लोप्साङ लामा र नारी मोर्चा नेतृ उर्मिला रूम्बा रहेको मोरचा टोलीले जारी गरेको विज्ञप्तीमा बताइएको छ।

स्वामीले गोर्खाल्याण्ड मुद्दाप्रति लगातार सक्रियता देखाएकोमा आभार प्रकट गर्न टोली गएको पनि बताइएको छ। लामाअनुसार भिडियोमा दिँदैगरेको प्रतिबद्धता बजेट सत्रको रहल सत्रमा गोर्खाल्याण्ड मुद्दाबारे संसदमा कुरा राख्नेसम्बन्धमा हो।

टोलीले पक्का प्रतिबद्धता माग्दा स्वामीले भनेका छन्, ‘मलाई अरूजस्तो चम्चे नेताजस्तो व्यवहार नगर, मैले एकपल्ट भनेपछि गर्छु, यदि मेरो भरोसा छैन भने अरू नै नेतासित सम्पर्क गर।’

बोल्दा बोल्दै रिसाए स्वामी l किन रिसाए त? हेर्नुहोस कुरा यस्तो छ l

Gepostet von खबर म्यागजिन am Montag, 17. Februar 2020

यता लामाले मई महिनामा स्वामीले दार्जीलिङमा एक सभा राख्ने तथा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा पार नलागेसम्म आफू पछि नहट्ने वचन दिएको दाबी गरेका छन्। स्वामीले आफ्नो प्राथमिकतामा युटी नै राखेको भिडियोबाट जान्न सकिन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन