हामी विमल गुरुङको लागि लडेका होइनौं, म कार्यकारी अध्यक्षको पदमा बस्दा आतङ्कवादी हुँदिन- लोपसाङ लामा

विज्ञापन

फाइल फोटो

विमल गुरुङलाई राज्य सरकारले राष्ट्रदोहको मुद्दा लगाएको छ। मिडियाको खबरअनुसार विमल गुरुङ अहिले दिल्लीमा छन्। दिल्लीमा नै बसेर मुद्दा धाइरहेका छन्। उनको सुनवाई कहिले सकिन्छ र कहिले पहाड फर्कन्छन्, त्यो निश्चित छैन। यसैले लोपसाङ लामाले कार्यकारी अध्यक्षकोरूपमा पार्टी चलाइरहेका छन्। यो पद भनेको अध्यक्षकै क्षमताको पद हो। विमल गुरुङ न्यायिक समस्यामा रहेकोले आफू यो पदमा बस्दा आफू आतङ्कवादी सावित नहुने स्पष्टिकरण पनि लामाले दिएका छन्। ‘म त्यो पदमा जाँदा आतङ्कवादी हुँदिन। म त पार्टी सम्हाल्न गएको हुँ। म आतङ्कवादीको सपोर्टर होइन,’ लामाले भनेका छन्, ‘ पार्टीका प्रेसिडेन्टलाई केही आपत पऱ्यो भने पार्टी कार्यकारी अध्यक्षले चलाउँछ।’


कालेबुङ, 19 फरवरी


विमल पहाड फर्किन अहिले असम्भव

भाजपाका वरिष्ट नेता सुब्रमण्यम स्वामीसित भेटघाट गरिसकेपछि गोर्खा जनमुक्ति मोर्चा विमल खेमाका कार्यकारी अध्यक्ष लोपसाङ लामाले ‘हाम्रो गोर्खाल्याण्ड’-सितको कुराकानीमा विमल गुरुङ पहाड नफर्किनेबारे ठूलो वयान दिएका छन्।

उनले दार्जिलिङ पहाडमा विमल गुरुङको प्रतीक्षामा बसिरहेकाहरूलाई स्पष्ट पारेका छन्। लामाअनुसार गुरुङ फर्किने कुनै निश्चितता छैन। विमल गुरुङ न्यायिक प्रक्रियामा उल्झिएकोले पनि विमल फिर्ती अनिश्चित बनेको लामाको जिकिर हो।

‘विमल गुरुङ निस्किन समय लाग्छ, यो कानूनी कुरा हो। यसमा हामीले विमल कहिले निस्कन्छ भन्न सक्दैनौं, यो कानूनको हातमा छ,’ लामाले भनेका छन्, ‘न्यायलय र कानून भनेको यस्तै हो। कहिले जितिसकेको पनि हार्छ, कहिले हारिसकेको पनि जित्छ।’

विमल फर्किने अनिश्चित भएकै कारण उनले आफ्नो सङ्गठनमा आफ्नै कार्यचरित्र बनाएको पनि जनाएका छन्।

विमलको लागि लडेको होइन

विमल गुरुङ आए पनि नआए पनि जनता भने सचेत रहनुपर्ने बताउँदै उनले आफ्नो कार्यकर्ता र जनतालाई स्पष्ट पार्दै भनेका छन्, ‘हामीले विमल गुरुङको लागि लडेका होइनौ माटोको लागि लडेका हौं। विमल गुरुङले आफू कानूनी समस्याबाट ननिस्किञ्जेल आफ्नै काम गर्छन्। निस्किसकेपछि आफ्नै ठाउँमा बस्छन्।’

लामाले पार्टीमा आफ्ना कार्यकर्ताले विमल नै इमान्दार, ठूला नेता, उनकै लागि पार्टीमा काम गरिरहेकोजस्तो वयान गर्नेहरू रहेको र उनीहरूलाई आफ्नो पदीय मर्यादा राख्दै स्पष्ट कुरा राख्दै आइरहेको जनाएका छन्।

‘मैले मेरा कार्यकर्ताहरूलाई भनिदिएको छु, मेरो कार्यकालमा चाँही ‘दाजुको लागि लडेको हो भने पार्टीमा नआउ, माटोको लागि हो भने आउ। व्यक्तिको लागि हो भने नआउ, मुद्दाको लागि हो भने आउ’ भनेको छु,’ लामाले स्पष्ट पारे, ‘हामीले गरेको लडाईँ व्यक्तिको लागि लडेको लडाईँ होइन। धेरैले मलाई बाठो भयो, विमल गुरुङको पदमा बस्यो भन्छन्, तर त्यस्तो होइन, म विमल गुरुङको पद होइन पार्टीको पदमा बसेको हुँ।’

अब हुनसक्ने युनियन टेरिटोरीमा विनय तामाङ, अनित थापालगायत सबै जनता, दलहरू पनि रहने भन्दै आफूले सबैलाई भोलिको पुस्ताले धिक्कार्न अघि नै राम्रो काम गर्नुपर्ने कुरा राख्दै आइरहेको पनि जनाएका छन्।

‘त्यसैले नै मैले काँडाको मुकुट लगाएको हुँ,’ लामाले भनेका छन्, ‘मोर्चा पञ्जिकृत पार्टी हो। अध्यक्षलाई मुद्दा लाग्छ भने दोस्रो नेताले पार्टी सम्हाल्छ। मैले त्यही पद सम्हालेको हुँ।’

विमल गुरुङ आतङ्कवादी

विमल गुरुङलाई राज्य सरकारले राष्ट्रदोहको मुद्दा लगाएको छ। मिडियाको खबरअनुसार विमल गुरुङ अहिले दिल्लीमा छन्। दिल्लीमा नै बसेर मुद्दा धाइरहेका छन्। उनको सुनवाई कहिले सकिन्छ र कहिले पहाड फर्कन्छन्, त्यो निश्चित छैन। यसैले लोपसाङ लामाले कार्यकारी अध्यक्षकोरूपमा पार्टी चलाइरहेका छन्। यो पद भनेको अध्यक्षकै क्षमताको पद हो। विमल गुरुङ न्यायिक समस्यामा रहेकोले आफू यो पदमा बस्दा आफू आतङ्कवादी सावित नहुने स्पष्टिकरण पनि लामाले दिएका छन्।

‘म त्यो पदमा जाँदा आतङ्कवादी हुँदिन। म त पार्टी सम्हाल्न गएको हुँ। म आतङ्कवादीको सपोर्टर होइन,’ लामाले भनेका छन्, ‘ पार्टीका प्रेसिडेन्टलाई केही आपत पऱ्यो भने पार्टी कार्यकारी अध्यक्षले चलाउँछ।’

पुलिसलाई सूचना

विमल गुरुङको पालामाजस्तो आफ्नो पालामा झगडा नहुने पुलिसलाई सूचना दिइसकेको पनि लामाले जनाएका छन्। ‘म संविधान मान्ने, कानून मान्ने र पढालेखा हुँ,’ लामाले भनेका छन्, ‘पुलिसलाई पनि त्यही भनेको छु। मेरो कार्यकालमा झगडा पनि हुँदैन, बौद्धिकता र संविधानअनुसार चल्ने विचार राखेको छु।’

स्ट्राटेजी’ बनाउने जिम्मा भाजपालाई

यसबाहेक लामाले सबैको मनमा गोर्खाल्याण्ड नै रहेको र त्यसैको लागि प्रतिबद्ध रहेको पनि जनाएका छन्। अघिल्लोपल्ट गृहमन्त्री अमित शाहसित भेट्दा आफ्नो मुद्दाबारे कुरा राखेको तर अरुलेजस्तो फोटो खिचेर पत्रिकामा नछापेको भन्दै लामाले शाहाले गोर्खा मुद्दाको लागि ‘स्ट्राटेजी’ बनाउने जिम्मा भाजपालाई छोडिदिनु भनेको बताएका छन्।

उनले सुब्रमण्यम स्वामी एक्लैले बोल्दैमा नहुने त स्वामीले अरु सांसद र पार्टीका शीर्ष नेताहरूलाई बुझाउने र बजटसत्रको अन्त्यमा कुरा उठाउने आश्वासन दिएको पनि जनाएका छन्।

‘स्वामीले पार्टीका शीर्षनेतासित कुरा गर्छु भनेका छन्। आफ्नो संस्थासित बैठक गर्ने, दार्जिलिङका दलहरूसित बैठक गर्ने, सांसदहरूसित कुरा गर्ने अथवा मात्थिलो तहमा उनीहरूले काम गर्ने भएका छन्,’ लामाले भनेका छन्, ‘हामीले तल्लो तहमा ढकढकायौं भने असम्भव छैन।’

निरज जिम्बा अर्थात चमेरा

उनले निरज जिम्बालाई चमेराजस्तो झुण्डिनु नहुने र युटी भयो भने ‘युटी विथ हाउस’ थाप्ने पनि जनाएका छन्। उनले गोरामुमोको क्रुर शासन जनताले नभुलेको र गोरामुमो र यसका नेताहरूले छेपारोलेजस्तो रङ फेर्नु नहुने पनि जनाएका छन्। मन घिसिङ छैटौं अनुसूचीको मुद्दा छोडेर गठबन्धनमा आएको र अहिले भाका फेरिरहेको लामाको जिकिर छ।

‘मन घिसिङ, निरज जिम्बाहरू कोसित साँठगाँठमा बसेर कसको भाषा बोल्दैछन्, त्यो नभनौं तर गोरामुमोको कामले मोर्चालाई फाइदा नै भयो, गोरामुमोको असलियत देखियो। गठबन्धन आफै तोड्यो भने उनीहरू नै माइनसमा जान्छ,’ लामाले भनेका छन्, ‘उनीहरू गठबन्धनको धर्म तोड्छन् भने हामीलाई त फाइदा नै छ।’

यता निरज जिम्बाबारे पनि उनले खुलो खुलासा गरेका छन्। उनीअनुसार निरज जिम्बाले गोरामुमोबाट राजिनामा दिएपछि भाजपाको विधायक बनेका हुन्। ‘जिम्बा कानून, संविधान बुझ्ने मानिस हुन्। भाजपाको सदस्यता लिएर नै उनले उम्मेदारिता दिएको हो,’ लामाले भनेका छन्, ‘अहिले चमेरा स्टाइलमा बसेका छन्, अब निरजबारे भाजपाले नै सोच्नुपर्छ। जिम्बालाई यसरी चमेराजस्तो बस्नु मिल्दैन।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया