७० करोड़को साँपको बिख

सिलगढ़ी, 25 मई 2017


सुराकीको सुइँको पाएर एसएसबी र सिलगढ़ी कस्टम्स मिलेर ७० करोड़ रु. बजार भाउ रहेको साँपको बिख उद्धार गरेको खबर छ। बतासिया र पानीट्याङ्कीमाझको सीमाञ्चलबाट दुइ भाँड़ा बिख जफ्त गरिएको छ। बिख कालोबजारीको यस मामिलामा दुइ आरोपी पक्राउ परेका छन् भने एउटा बाइक उनीहरूबाट उद्धार गरिएको छ।

एसएसबी कमान्डेन्ट राजिव राणाको नेतृत्वमा मारिएको छापामा उद्धार गरिएको बिखको बजार भाउ आधिकारिक रूपमा ७० करोड़ रू. हुनसक्ने आँकिएको छ। स्मरण रहोस्, दुइ दिनअघि मात्र उत्तर दिनाजपुरमा १२ करोड़ रु. बजार बाउ बराबरको दुइ बाँड़ा बिख उद्धार गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन