45 नम्बर समष्टीमा मात्र 65 करोडको विकास

जलढका, 24 फरवरी


काम भने स्पष्ट नदेखिए पनि र क्षेत्रको विकास भनेर देखाउन मिल्ने उदाहरण नभए पनि जिटिएले 2017 को अन्तदेखि आज पर्यन्तसम्म  45 नम्बर समष्टीमा 59 करोडको काम भइसकेको  र अहिले 20 करोडको काम चलिरहेको  गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले जनाएका छन्।

‘दुई तीन वर्षभित्र जति काम भएको छ त्यसभन्दा अधिक काम सुवास घिसिङ र विमल गुरुङको नेतृत्वमा पनि भएको थिएन,’ विनय तामाङले त्यसैबारे बोल्दै यसो भनेका छन्।

गोर्खा जनमुक्ति मोर्चा जिल्ला समितिको आयोजनामा गोरुबथान खण्डको 45 नम्बर समष्टि झोलुङ देवराली रङ्गशाला भवनमा समष्टि कमिटी गठन गर्न उनी त्यहाँ पुगेका थिए।

‘अहिले पनि कुमानीदेखि 20 करोडको काम चलिरहेको छ जसमा 42 वटा कल्वर्ट पनि सामेल छ, सिद्धेश्वरी मन्दिरको बाटो नबनिँदा नो रोड नो भोट भनेर जनताको आक्रोस चुनावमा खनियो। हामी हारे पनि त्यहाँ 4 करोड 72 लाखको बाटोका काम हुन गइरहेको छ,’ तामाङले यसै मौकामा सुनाए, ‘जसको टेन्डर पन्ध्र  दिनभित्र निस्कनेछ।’

चुनाउ हार्नु र विकास नगर्नु यो तामाङको सिद्धान्त होइन। हारे पनि विकासको काम द्रुत छँदैछ। ‘23 मई 2019 को दिन मतगणना भयो, पन्ध्र राउण्डमध्ये दस राउण्ड पुग्दै मैले आफ्नो हार स्वीकार गरेको थिएँ,’ भन्छन् तामाङ, ‘हारे पनि जनताको निम्ति  जित्नेहरु भन्दा बढी काम गरेर देखाउनेछु भनेको थिएँ र गरें पनि अनि भविष्यमा पनि गर्नेछु।’

विकासमा राजनीति नगरेको दाबी गर्दै तामाङले आफूहरूबाट सहयोग लिने र भोट चाँही अरूलाई दिने समर्थकहरूको मनोविज्ञान अहिलेसम्म बुझ्न नसकेको बताउँछन्।

‘ विमारी हुँदा, घर जल्दा, नानीहरुको स्कूलको फीस र  अन्य अवश्यक्ताको निम्ति हामीलाई सहयोग माग्न आउँछन्।, हामी सहयोग पनि गर्छौं,’ भन्छन् तामाङ,  ‘तर भोट चाहिँ अन्यलाई दिन्छन्। मैले यही कुरा बुझ्न सकेको छुइनँ।’

45 नम्बर समष्टिका सोह्रवटा बुथबाट  32 जना सदस्य साथै अध्यक्ष विनय तामङ स्वंयले थप 11    जनाको नाम चुनी कुल 43 जना प्रतिनिधिहरुलाई लिएर 45 नम्बर समष्टि पुनर्गठन गरिएको छ। साङ्गठनिक सचिवमा लालकुमार थापा, गोविन्द गुरुङ्ग, गौतम खवास्, पेमा साङ्गे शेर्पा चुनिएका छन्। प्रोग्राम अनि ईभेन्ट मेनेजमेन्टको निम्ति अनुप साहा, सन्तोष खवास  र सफल गुरुङ चुनिएका छन् । दिलन गुरुङ्ग, सिबी तामङ्ग  र पेमा तामाङ सहसचिव भएका छन्। छुन्दा शेर्पा, सन्दिप कुलुङ, उर्गेन शेर्पा उपसभापति बनेका छन्।

भूतपूर्व पार्षद शंखमणि राई वर्किङ प्रेसिडेन्ट अनि अरुण गुरुङलाई समष्टि सचिवको रुपमा चयन गरिएको छ। मिङ्गमर दोर्जे लामालाई 45 नम्बर समष्टिको सभापति बनाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन