टीवाईसीले 10 मार्चमा गर्ने गान्तोकदेखि सालुगढासम्म बाइक ऱ्याली

विज्ञापन

गान्तोक, 6 मार्च। तिब्बतीहरूले आफ्नो देशको निम्ति आवाज उठाउँदा चिनियाँ शासनले गरेको अत्याचार अपराइजिङ डेको 61औं वर्षगाँठको अवसरमा आगामी 10 मार्चको दिन गान्तोकदेखि सालुगढासम्म मोटर साइकल ऱ्याली आयोजन गर्ने भएको छ। टिबिटेन युथ कांग्रेसको पूर्वोत्तर शाखाको आयोजनमा हुन गइरहेको यो प्रतिवाद ऱ्यालीमा 61 जना बाइकरले भाग लिनेछन् भने तिब्बतमा भइरहेको चिनियाँ शासनको दमन नीति र अत्याचारको कथाव्याथा उल्लेखित पर्चाहरू वितरण गरेर आम जनसाधरणलाई तिब्बतको मुक्तिको बारेमा जागरूकता गराउने निर्णय गरिएको पत्रकार सम्मेलनमा टीवाइसी गान्तोकका अध्यक्ष तेञ्जिङ पल्वारले बताएका छन्।

फ्रि टिबिट-सेफ इण्डिया नारामा आयोजन गरिएको यो ऱ्यालीले यदी तिब्बत स्वाधिन राष्ट्र हुनु हो भने भारत सुरक्षित हुने उनीहरूको सोच रहेको बताए। जसमा जल संसाधन, सीमा सुरक्षामा भारतले भोग्नुपरेको अतिरिक्त आर्थिक चापबाट सुरक्षित हुनसक्ने कुरा तिब्बतीहरूले सोच्ने गरेको बताउँदै यसपालीको ऱ्यालीमा यो थिम दिइएको अध्यक्ष पल्वारले बताए। गान्तोकको एमजी मार्ग स्थित सिटि न्युजमा बाइकरहरूको निम्ति ऱ्यालीमा हिस्सा लिनको लागि फारम राखिएको अनि इच्छुकहरूले सहभागी जनाउन सक्ने बताए।

यो ऱ्यालीमा सिक्किम, दार्जिलीङ, खरसाङ, कालेबुङका बाइकरहरूको सहभागी रहनेछ भने सालुगढामा समापन कार्यक्रम हुनेछ। गान्तोकबाट बिहान 10 बजी भारत-तिब्बत सहयोग मञ्चका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थितिमा विधानसभा परिसरबाट ऱ्याली निस्कनेछ। 8 घण्टामा ऱ्याली पुरा हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया