नशालु औषधिसहित एक युवक पक्राउ

हाइवे, 7 मार्च


सेवक पुलिसले आज एकजना युवकलाई नशालु औषधि सहित पक्राउ गरेको छ। पक्राउ परेका युवक दक्षिण सिक्किम अन्तर्गत नामथाङ नाम्ची निवासी 22 वर्षीय दिनेश शर्मा रहेको पुलिसले जनाएको छ। बताइएअनुसार आज बेलुकी सेवक पुलिसद्वारा नाका चेकिङ अभियान चलाएको थियो। गुप्त सूचनाको आधारमा पुलिसले जानकारी पाए बापत एएसआई सुदिप छेत्रीको नेतृत्वमा चलाइएको नाका चेकिङ अभियानमा राती 8 बजी एउटा WB 73D/1563 नम्बर ट्रकलाई रोकेर तलासी गर्दा वाहनमा 13 पत्ता स्मोप्रोक्सिभोन प्लस केप्सुल ( SP )फेला पारेको हो।
फेला पारेको औषधिहरूको कुनै कागज नरहेको कारण उक्त औषधि ड्रग्सको रूपमा ओसार प्रसार गरिएको आशंकामा चालक दिनेश शर्मालाई पुलिसले पक्राउ गरेको छ।
हाल उक्त युवकलाई पुलिसले खरसाङ थाना पठाएको छ। भोलि 8 मार्चको दिन युवकलाई खरसाङ अदालतमा पेश गरी तीनदिनको पुलिस हिरासतमा लिइने सेवक पुलिस प्रभारीले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन