टिस्टा बाँधमा फेरि भेटियो शव

हाइवे, 7 मार्च


हाइवे 10 अन्तर्गत 27 माइल बाँधमा एउटा अज्ञात शव भेटाइएको छ। रियाङ पुलिस चौकीद्वारा जानकारी पाएअनुसार आज बेलुकी 5 बजी एक जना अज्ञात पुरूषको शव बाँधबाट निकालिएको हो। भेटाइएको शवको उमेर 50 वर्षीय हुनसक्ने पुलिसको अनुमान छ। मृत व्यक्तिले कालो रङ्गको कमिजअनि खैरो रङ्गको पत्लुङ साथै जुत्ता पनि लगाएको बताइएको छ भने जसको हालसम्म परिचय पाउन सकेको छैन।

आज दिउँसो उक्त शव बाँध परिसर टिस्टा नदीमा तैरिरहेको अवस्थामा देखा रेपछि स्थानीयहरूले रियाङ पुलिसलाई जानकारी दिएका थिए। पुलिसले टिस्टा रङ्गीत रेस्क्यु सेन्टरका उद्दार टोलीको सहयोगमा बेलुकी उक्त मृत देह नदीबाट निकालेर रम्बीस्थित रियाङ थानामा सिनाख्तको निम्ति दिनै भरि राखेको थियो। दिनभरिसम्म मृत व्यक्तिको परिचय पाउन नसेको कारण हालै उक्त शव सिलगढी मेडिकल कलेज पठाइएको छ। यसका साथै पुलिसले सिक्किम अनि अन्य पुलिस चौकीहरूमा पनि यसबारे जानकारी गराइएको रियाङ ओसीले जानकारी गराएका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन