थानामा आत्मसमर्पण गर्दै कुणाल प्रधानले भने- मलाई पार्टीले भिक्टिमाइज गऱ्यो : विनय तामाङको शङ्का सत्य प्रमाणित

कालेबुङ, 14 मार्च


मल्लीमा गोली चलाउने कालेबुङ नगरपालिका वार्ड-1 का पार्षद कुणाल प्रधानले कालेबुङ थानामा आत्मसमर्पण गरेका छन्। आज साँझ उनले थानामा आत्म समर्पण गरेका हुन्।

आज गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले कुणाललाई शीघ्र पक्राउ नगरे बङ्गाल सरकारसित यसबारे कुरा गर्ने भन्दै चेतावनी दिनसाथ प्रधानले कालेबुङ थानामा आत्मसमर्पण गरेका हुन्।  प्रधानआफ्नो पत्नीसितै थाना पुगेका थिए।

विनय तामाङले कुणाल प्रधानलाई कालेबुङमा नै कसैले शरण दिएर राखेको शङ्का गरेका थिए। मल्लीमा गोली चलाएर प्रधान सोझै कालेबुङ आएको र लुकेर बसेको शङ्का पनि तामाङले गरेका थिए। अर्कोतिर गोर्खा जनमुक्ति मोर्चा-1 का प्रवक्ता बीपी बजगाईँसम्मले मल्लीबाट गोली चलाएर भागेको तीनदिन पुगिसक्दा पनि प्रधान पक्राउ नपरेकोबारे शङ्का जाहेर गरेका थिए।

उनले पनि प्रधान कहीँ लुकेर बसेको तर पुलिसले खोजिनिकाल्न नसकेको भन्दै प्रशासनिक कमजोरीमाथि प्रश्न उठाएका थिए। प्रधान आज कालेबुङमा तीनदिनसम्म कालेबुङमा नै लुकेर बसेको प्रमाणित भएको छ।

‘मलाई पार्टीले भिक्टिमाइज गऱ्यो,’ थाना पस्दापस्दै मिडियासित कुणाल प्रधानले भने, ‘ मलाई यताउति केही होला, यसको लागि पुलिसले नै जिम्मा लिनु पऱ्यो।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया