
कालेबुङ, 17 मार्च
19 मार्चदेखि कालेबुङमा हुने भनिएको दोस्रो वार्षिक कालेबुङ जिल्ला पुस्तक मेला पछि सारिएको छ। जिल्ला पुस्तक मेला कमिटीले केही कारणबस मेला पछि सारिएको बताएको छ। कालेबुङको टाउनहलमा 19 मार्चदेखि 22 मार्चसम्म पुस्तक मेलाको तयारी चलिरहेको थियो। विभिन्न प्रकाशन र पुस्तक विक्रेताहरुको लागि स्टलको तयारी पनि चलिरहेको थियो। मेलामा साहित्य, पुस्तक र सामाजिक विषयमाथि विभिन्न कार्यक्रमसमेत हुने तयारी चलिरहेको थियो।
जिल्ला पुस्तकालय अधिकारी अमृत सुब्बाले जनाएअनुसार पछि सारिएको कालेबुङको पुस्तक मेला, केही समयपछि गरिनेछ। मेला पछि सार्दा पर्न गएको असुविधामाथि अधिकारी सुब्बाले खेद प्रकट पनि गरेका छन्।
दार्जिलिङमा 14 मार्चदेखि भइरहेको पुस्तक मेला आज समापन गरिएको छ। मेलामा 26 वटा प्रकाशन एवं पुस्तक विक्रेताहरूले स्टल राखेका थिए।
चारदिने मेलामा विभिन्न कार्यक्रमहरू पनि गरिएको थियो। जसमा जिटिए प्रशासनले कोरोना भइरसबारे सचेतनाको निम्ति पनि शिविर राखेको थियो।
यसबाहेक डिस्ट्रिक्ट लिगल सेलले कानूनी सम्बन्धमा सचेतनाको लागि चारदिनै शिविर राखेको थियो। स्नातक परिक्षा चलिरहेकोले यसवर्ष अन्य कार्यक्रमहरू नगरिएको सुब्बाले जनाएका छन्।