कोरोना विरुद्ध लड्न प्रशासनिक तयारीले मात्र हुँदैनः एमके सुब्बा

विज्ञापन

सिक्किम सरकारले कोरोना भाइरससित लड्ने प्रोटोकल र गाइडलाइन कुनै पनि फलो गरेको छैन्। केवल प्रशासनिक तयारीले मात्र कोरोना भाइरस सिक्किममा फैलिनबाट रोकिनेवाला छैन्। राज्यमा अत्यावश्यक रहेको माक्स र सेनिटाइजरको कमी छ त्यो विषयमा सरकारले जनतालाई केही आश्वासन समाधानको बाटो दिएको छैन्। दिशानिर्देशको आधारमा सिक्किममा सबै ट्याक्सी तथा बस स्टेण्ड सेनिटाइज गरिनु पर्ने हो तर त्यो पनि भएको छैन्। अस्पताल दैनिक रूपमा सेनिटाज गर्नुपर्छ तर भएको छैन्।


गान्तोक, 21 मार्चः वैश्विक महामारी बनेको कोरोना भाइरसको प्रकोपबाट सिक्किमलाई बचाउन सरकारले गरेका कार्यहरूको एसडीएफ पार्टीले आलोचना गरेको छ। शनिवार इन्दिरा बाइपासस्थित एसडीएफ पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता एमके सुब्बाले सिक्किम सरकारले कोरोना भाइरसको महामारी विरुद्ध लड्न अहिले सम्म जति कार्य गरेको छ त्यो केवल प्रशासनिक तयारी मात्र रहेको बताएका छन्। उनले भने, कोरोना विरुद्ध लड्न प्रशासनिक तयारीले मात्र हुँदैन। सिक्किम सरकारले अहिलेसम्म गरेका कार्यहरूमा धेरै कमि देखिएको छ। यो एउटा मेडिकल इमर्जेन्सी रहेकाले यसलाई मेडिकल्ली कसरी टेकल गर्ने भन्ने बारे सरकारले सोचेको छैन्। सरकारसित यस विरुद्ध लड्न मेडिकल तयारी बारे कुनै गाइडलाइन छैन। विश्व स्वास्थ्य सङ्घठनले महामारी र भारत सरकारले राष्ट्रिय आपदा घोषणा गरिसकेको कोरोना भाइरससित लड्न राज्यमा 144 धारा लगाएर हुँदैन सरकार यो विरुद्ध चिकित्साको दृष्टिले कसरी लड्ने त्यसको तयारी गर्नुपर्छ।

प्रवक्त सुब्बाले भने सिक्किम सरकारले कोरोना भाइरससित लड्ने प्रोटोकल र गाइडलाइन कुनै पनि फलो गरेको छैन्। केवल प्रशासनिक तयारीले मात्र कोरोना भाइरस सिक्किममा फैलिनबाट रोकिनेवाला छैन्। राज्यमा अत्यावश्यक रहेको माक्स र सेनिटाइजरको कमी छ त्यो विषयमा सरकारले जनतालाई केही आश्वासन समाधानको बाटो दिएको छैन्। दिशानिर्देशको आधारमा सिक्किममा सबै ट्याक्सी तथा बस स्टेण्ड सेनिटाइज गरिनु पर्ने हो तर त्यो पनि भएको छैन्। अस्पताल दैनिक रूपमा सेनिटाज गर्नुपर्छ तर भएको छैन्। भाइरस विरुद्ध लड्न सिक्किमको अस्पताल पनि तयार नपारिएको आरोप लगाउँदै एसडीएफ प्रवक्ता सुब्बाले राज्य सरकारबाट टेस्टिङ ल्याबबारे पनि पहल नभएको बताए। यो अपदकालिन समय रहेकाले सरकार पक्षबाट जनहितलाई ध्यानमा राखियोस अनि कुनै पनि कार्यमा लापरवाही नहोस भन्ने आग्रह गर्दै सरकारलाई जरूरत पर्छ भने कतिपय विषयमा सहयोग पुर्‍याउन एसडीएफ पार्टी पनि तयार रहेको उनले बाताए। उनले सरकारसित माग गर्दै भने, कोरोना भाइरसको महामारी  विरुद्ध खटिएका सबैका लागि सरकारले विशेष सुरक्षा उपकरण प्रदान गर्नुपर्छ।  कोरोना भाइरस विषयमा सरकारले जनतालाई मेडिकल कन्फिडेन्स दिलाउनुपर्छ अनि यसको महामारीका कारण भएको नोक्सानीलाई भरपाइ गर्न सिक्किम सरकारले जनतालाई आर्थिक प्याकेज पनि दिनुपर्छ।

उनले अघि भने एसडीएफ पार्टी सिक्किम र सिक्किमेली जनताको जिम्मेवार पार्टी भएको नातामा हामी सरकारको आलोचना मात्र गर्दैनौं यो महामारीसित लड्न  जनपक्षमा काम पनि गर्छौ। हामीले पार्टी अध्यक्षको अगुवाइमा उच्च स्तरीय बैठक गेरर धेरै निर्णय लिएका छौं। जागरूकता मुलक पर्चा तयार पारेर जनतामा सचेतना फैलाउने काम शुरु भएको छ। पार्टी अध्यक्षले सरकारलाई दिएका धेरै सुझाउ सरकारले अनुकरण गरेको छ। पार्टीले एक लाख सेनिटाइजर र एक लाख माक्स मगाएको छ, त्यो आइपुगेपछि वितरण गरिनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया