फर्स्ट फ्लसको लोभमा श्रमिकलाई जोखिममा पारिँदैछ-क्रामाकपा

कालेबुङ, 25 मार्च


क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले कोरोना संक्रमण रोक्न देश लकडाउन हुँदा दार्जिलिङका चियाबगान चालू राखेकोमा आपत्ति जनाएको छ। क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले फर्स्ट फल्सको लोभमा चिया श्रमिकलाई जोखिममा पारेको बताएका छन्।

‘फर्स्ट फल्सको लोभमा चिया श्रमिकको जीवनको मोल, सुरक्षामा नजरअन्दाज गर्ने मालिक (व्यवस्थापन) विरुद्ध सरकारको नजर परोस्,’ उनले भनेका छन्, ‘श्रमिकवर्गलाई लकडाउन अवधि ज्यालासहित सुरक्षित घरमा बस्ने व्यवस्था गर्नु पर्छ।’

छेत्रीले राजनैतिक दलहरुले सहयोगको नाममा हुल बाँधेर गाउँगाउँ घुमी मास्क र सेनेटाजर बाँडेर सस्तो राजनीति गगर्ने काम बन्द गरिनुपर्ने पनि बताएका छन्। ‘यदि सर समान बाँड्ने सदिच्छा नैभए सरकारी तन्त्रको आपात सेवामा खटिएका कर्मचारीहरुको माध्यमले बाँडियोस्,’ उनले भनेका छन्, ‘यो समय राजनीति गर्ने होइन। सुरक्षित रहने, सरकारलाई सहयोग गर्ने हो।’

स्वाभाविक परिस्थिति नभइञ्जेल क्रामाकपाले पूर्व निर्धारित सबै कार्यक्रम एवं मार्च हुने महाधिवेशन र राजनैतिक, साङ्गठनिक कार्यक्रम स्थगित भएको घोषणा गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया