लकडाउनको गाथा  एकजुटता, सहिष्णुता तथा नेतृत्त्व

-राजनाथ सिंह (रक्षा मन्त्री ) 

कोभिड-१९ अरू धेरै फैलिनलाई रोक्ने असाधारण चुनौतीका बीच राष्ट्रले अथाह एकजुटता अनि धैर्यताको उदाहरण पेश गरेको छ| शुरुमा तालाबन्दी अर्थात् लकडाउन, विशेष गरी यस मुलुकको परिप्रेक्ष्यमा असम्भव अवधारणा जस्तो देखिएको थियो| तर हालमा आएर मियाद बढाइए तापनि देशका नागरिकहरूला स्वयंलाई अनि आफ्ना समकक्षी नागरिकहरूलाई यस विषाणुबाट जोगाउने सङ्कल्प नै लिएका छन्| यस महामारी विरुद्ध १.३० अरब भारतीयले देखाएको एकजुटता विश्‍व इतिहासमै अप्रत्याशित परिघटना मान्नसकिन्छ| भारत जस्तो देशमा यो कसरी सम्भव हुनसक्यो भन्ने कुरामा पिँढी दर पिँढी आश्‍चर्यचकित बन्नेछन्| तथापि, यो असाधारण नेतृत्त्वबिना सम्भव हुने थिएन भन्ने कुरामा म विश्‍वस्त छु|
यस महामारीको सङ्क्रमण, निःसन्देह नै बढिरहेको छ र युद्ध जित्न अझ धेरै बॉंकी छ| तर विश्‍वको अन्य मुलुकको तुलनामा यस परिमाणको महामारीलाई भारतले सीमित पार्नसकेकोमा विश्‍वस्त बन्नुको कारण पनि छ| यो आश्‍चर्यकै कुरा हो, कारण भारत सीमित सार्वजनिक स्वास्थ्य स्याहार पूर्वाधार अनि संसाधन भएको विकासशील मुलुक मात्र नभएर यसको जनसङ्ख्या पनि धेरै छ|
यस विषाणुले जनमानसको ज्यान नलिने सुनिश्‍चित गर्ने एक मात्र उपायको रूपमा दुई व्यक्तिबीच सुरक्षित दूरी कायम नगरिको भए, यो महासमर शुरु नै भई हारिसकेको हुने थियो| विभिन्न स्तरको साक्षरता अनि सञ्चारसम्मको पहुँचका साथमा यति विशाल जनसङ्ख्या भएको मुलुकमा  सही सन्देश कसरी पठाउने अनि पुर्‍याउने? सांस्कृतिक अडचनहरूको के कुरा? जनमानसलाई राजी गराउन विफल बन्नु हो भने यति विशाल मुलुकको कुना-काप्चासम्म कुनै पनि प्राधिकरणले यस्तो बन्देज लगाउनु व्यावहारिक रूपमै असम्भव हुने थियो|
तथापि, त्यो असम्भव पनि सम्भव भयो| केही अपवाद थिए, र ती अपवादले नै नियम सिद्ध गरिदिए| मार्च महिनामा राजधानीमा तबलिगी जमातको आयोजन तथा शुरुमा केही शहरबाट प्रवासी श्रमिकहरूको आफ्नो मूलथलोतर्फ पलायन दुर्भाग्यपूर्ण थियो, तर यति विशाल जनसङ्ख्या भएको देशमा ती घटनाहरूलाई छिटपुटका घटनाका रूपमा लिनसकिन्छ| पूर्वोत्तरमा अरुणाचल प्रदेशदेखि लिएर पश्‍चिमको कच्छ तथा कश्मीरदेखि कन्याकुमारीसम्म सबै भारतीयले साझा लडाईंमा एकजुटता देखाए|
आत्म संयमको यस चमत्कारी प्रदर्शनलाई कसरी वर्णन गर्ने? यसको उत्तर भारतीय मानसिकतामा खोज् सकिन्छ, अनि हाम्रो सांस्कृतिक परम्परामा पनि| अन्य कारकहरू पनि हुनसक्छन्| तथापि, सबैभन्दा महत्त्वपूर्ण कारकमा यी तमाम भारतीयलाई एकजुट बनाए प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वले| यो मुलुकलाई सौभाग्यशाली मान्नुपर्छ, यस प्रकारको संवेदनशील घडीमा अनेकौं गुणले युक्त प्रधानमन्त्रीले देशलाई सही दिशा दिनसके|
धेरै कम सङ्ख्यामा सङ्क्रमित रोगीहरू हुँदै प्रधानमन्त्रीले लकडाउनको निर्णय लिए| यसले उनको चिन्ता मात्र नभएर साहस पनि प्रदर्शित गर्दछ, जुन हामीले कैयौं परिस्थितिमा देखिसकेका पनि छौं| नागरिकहरूको जीवन बचाउन सम्पूर्ण देशलाई ठप्प पार्नका साथै अर्थनीतिलाई पनि विराम दिने घोषणा, कोभिड-१९ विरुद्ध वैश्‍विक प्रतिक्रियाबाट देखिएको परिणामको परिप्रेक्ष्यमा धेरै कठिन निर्णय थियो| तर प्रधानमन्त्रीको लोकप्रियताले यस प्रकारको कठिन निर्णयको पनि विरोध नभएर स्वागत हुने सुनिश्‍चित गरिदियो र जनमानसले यसलाई हर्षका साथ आफ्नै आन्दोलनको स्वरूप दिए| लकडाउनको घोषणाअघि जनता कर्फ्युको घोषमापछि, देशका नागरिकहरूले स्वयं नै आउ-जाउमाथि बन्देज लगाए| जनताको आचार-व्यवहारलाई केही घण्टाको अवधिमै यति सफलतापूर्वक ढाल्नसक्ने आजसम्म मैले न त भारतमा न विश्‍वको अन्य कुनै मुलुकमा यस्तो नेतृत्त्व देखेको छु|
चिकित्सकहरूप्रति आभार व्यक्त गर्न पहिले थाल ठटाउने तथा सकारात्मकता अनि ऐक्यबद्धताको प्रतीक स्वरूप दीयो जलाउने उनको देशका नागरिकहरूलाई अपीललाई त्यसबाट हासिल परिणामको परिप्रेक्ष्यमा मूल्याङ्कन गरिनुपर्नेछ| यस प्रकारको अभिनव पहलबाहेक सुदूर इलाकाहरूमा बसोबासो गर्ने जनमानससम्म सकारात्मक तरङ्ग सायदै पुग्ने थियो भन्ने धेरै आख्यान मैले सुनेको छु| प्रधानमन्त्रीबाट यस प्रकारको उपाय अनि पहलले सबै जनमानसमा सचेतनाको सन्देश पुग्नसकेको छ| मेरा पुराना मित्र अनि सहपाठीहरूसँग फोनमा कुरा गर्दा कठिनाईका बावजुद सावधानी अप्नाउन तयार रहेको साथै उनीहरूको सकारात्मक व्यवहारबारे सुन्न पाउँदा  म स्वयं धेरै अचम्भित हुने गर्दछु| यस नाट्यकारी रूपान्तरणको श्रेय उनीहरू मोदीजीलाई दिने गर्छन्| प्रधानमन्त्रीमाथि जनताको विश्‍वासले नै यस लकडाउनलाई सफल बनाउने सुनिश्‍चित गरेको मान्दछु|
तथापि मेरो कथम राज्यका मुख्यमन्त्रीहरू, जिल्लापाल अनि स्वास्थ्य अधिकारीहरूको योगदानलाई अनादर गर्ने मेरो मनशाय छैन| कैयौं मुख्यमन्त्रीीले उल्लेखनीय काम गरेका छन्| कैयौं मेयर अनि नगरपालिका आयुक्तले पनि नागरिकहरूको कल्याणका लागि निर्धारित सेवा समयभन्दा धेरै कर्तव्य निर्वाह गरे| यस प्रकारको नयॉं महायुद्धमा हाम्रा सशस्त्र बल, पुलिस अनि अर्ध-सैनिक बलले पनि कानून-व्यवस्था कायम राख्न स्थानीय प्रशासनलाई सक्दो सहायता गरिरहेका छन्| तर माथिल्लो तहबाट उचित समन्वयन नहुँदो हो त ती प्रयासहरू स्थानीय रहनका साथै आशा गरिएअनुरूप परिणाम ल्याउन सायदै सफल हुने थियो|
अर्को सुखद कुरा के छ भने प्रधानमन्त्रीले दैनिक ज्यालाधारी श्रमिक अनि किसानहरूका साथमा सीमान्तकृतहरूलाई प्राथमिकता दिने निर्णय लिएका छन्| अनेकौं उपायका साथमा विशेष प्याकेजका साथ लकडाउनको विषम आर्थिक भारमुनि उनीहरू नदबिने सुनिश्‍चित गर्न सरकारले सक्दो  कोशिश गरिरहेको छ|
प्रधानमन्त्री यस भूमिकाको निम्ति कसरी तयार भए भन्ने विषयमा म  यसै पनि अचम्भित छु| सङ्कट प्रबन्धनको सम्बन्धमा मोदीजीसँग केही अनुभव त छ| वर्ष १९७९ मा गुजरातमा बॉंध विस्फोट हुँदा सम्पूर्ण शहर  बगाइएको बेला मोर्बी पुग्नेहरूमध्ये उनी पहिलो व्यक्ति थिए| उमेरमा २० वर्ष माथिका भए तापनि आपातकालको विरुद्ध आन्दोलनमा सहभागी बनेसँगै आरएसएसभित्र अनि बाहिर उनको नेतृत्त्व गुणले मान्यता पाइसकेको थियो| मोर्बीमा उनले राहत कार्यका लागि आरएसएसको टोलीको नेतृत्त्व गरेका थिए| पछि गएर गुजरातमा २००१ मा मुख्यमन्त्री बनेसँगै उनको चुनावी राजनीति शुरु भएको थियो, जहॉं राज्य भर्खरमात्र विध्वंशकारी भूइँचालोको शिकार बनेको थियो| कच्छको साप्ताहिक भ्रमण गर्दै निर्धारित समय सीमाभन्दा अगावै सम्पूर्ण शहर अनि नगरको पुनर्निर्माणमा कसरी उनले प्रशासनलाई उत्साहित गरेका थिए भन्ने कुरा मलाई आज पनि स्पष्ट याद छ| यसको निम्ति अन्तरराष्ट्रिय सङ्गठनहरूबाट राज्यले प्रशंसा पाएको थियो|
हालमा विश्‍वले झेलिरहेको यस परिमाणको सङ्कट प्रबन्धन गर्ने अनुभव कसैसँग पनि छैन भन्ने कुरा निर्विवाद छ| अनुभव भन्दा धेरै बुनियादी मूल्य-मान्यता अनि समर्पणको भावना नै हुनुपर्छ, जसले यो परिणाम ल्याएको हो, कारण उनी स्वयंलाई पनि ‘प्रधान सेवक’ भन्न रुचाउने गर्छन्, र म मान्दछु यो सानो-तिनो चमत्कार होइन| प्रेरित धैर्यताका साथ एकबद्ध भारतले बिस्तारै यस नोभेल कोरोना विषाणु विरुद्ध बिस्तारै जीत दर्ता गर्दै दिन प्रतिदिन शक्तिशाली बन्दै भारत उदाईरहेको छ| (पीआइबी)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया