मङ्पूदेखि शुरु हुने सञ्जीवनी स्वास्थ्य सेवा अभियान

कालेबुङ, 30 अप्रेल


विशेष गरी दुर्गम गाउँ-बस्तीका हाम्रा मानिसहरूलाई कोरोना संक्रमणको निम्ति निःशुल्क स्वास्थ्य जाँच उपलब्ध गराउने उद्धेश्यले जीटीएद्वारा शुरू गरिएको सञ्जीवनी स्वास्थ्य सेवा अभियान नामक मोबाइल क्लिनिक आगामी आइतबारदेखि मङपूबाट शुरू गरिनेछ।

‘दार्जीलिङ शहरदेखि लगभग 30 किमी टाड़ो मङपू कुलैन बगानबाट उक्त अभियान शुरू गर्न म स्वंय उपस्थित रहनेछु भने मेरो साथमा जीटीए सञ्जीवनी स्वास्थ्य सेवा अभियानको नोडल अफिसर डा, दावा छिरीङ भोटिया पनि उपस्थित रहनेछन्,’ जीटीए अध्यक्ष अनित थापाले जानकारी दिँदै भनेका छन्।

उनीअनुसार ‘सञ्जीवनी स्वास्थ्य सेवा’ मार्फत् दुर्गम गाउँ-बस्तीका मानिसहरूलाई कोरोना लक्षणको जाँच गराउन तथा अन्य कतिपय रोगहरूको पनि जाँचसितै निःशुल्क औषधिहरू उपलब्ध गराउने जीटीएको उद्देश्य हो ।

‘शहरदेखि धेरै टाड़ा-टाड़ाका दुर्गमक्षेत्रमा हाम्रा मानिसहरूले लकडाउनको कारण आफ्नो स्वास्थ्य जाँच गराउन सकिरहेका छैनन् भने औषधिहरूको समस्या भइरहेको छ,’ थापाले भनेका छन्, ‘यी सबै समस्याहरू बुझेर पनि हामी त्यस्ता दुर्गमक्षेत्रहरूमा हामी आफै पुगेर स्वास्थ्य समस्या भोगिरहेका हाम्रा मानिसहरूलाई उनीहरूकै  घराँगनमा  चिकित्सा अनि औषधि उपलब्ध गर्ने हाम्रो उद्देश्य हो।

सञ्जीवनी स्वास्थ्य सेवामार्फत् प्रतिदिन लगभग 500 जना आवश्यक मानिसहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने आफूहरूको उद्देश्य रहेको भन्दा थापाले आइतबारदेखि सेवा लिन आह्वान गरेका छन्। ‘पहाड़को प्रत्येक जनसाधारणले हाम्रो यो पहललाई सकरात्मक रूपमा हेरेर हामीलाई सहयोग प्रदान गरिदिनेछन् भन्ने हामीले आशा राखेका छौं,’ थापाले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया