चार मईदेखि राज्य बाहिर अड्किएकाहरूलाई ल्याइनेछ, अन्तिम नम्बरको आधारमा निजी वाहन चलाचल र दोकानपाट खुल्नेछः राज यादव

विज्ञापन

गान्तोक, 3 मई। सिक्किम सरकारले राज्य बाहिर अध्ययनमा रहेका विद्यार्थी, कामदार र कर्मचारी अनि अड्किएका बिरामी र उनका सुसारेहरूलाई चार मईदेखि फर्काइल्याउने भियान शुरु गरेको छ। यसैगरी सरकारले लकडाउनबाट जनतालाई भारमुक्त गर्न केही छुट दिने निर्णय पनि गरेको छ। अर्कोतिर फर्किआउने सिक्किमेहरूको निम्ति होम कोरेण्टिन, फेसिलिटी कोरेण्टिन र पेड कोरेण्टिनको व्यवस्थापनि गरिएको छ। यसै सन्दर्भमा राज्यको पूर्व जिल्लाका जिल्ला प्रशासक राज यादवले भोलिदेखि लागु गरिने विभिन्न दिशा निर्देशबारे जानकारी गराएका छन्। पत्रकारहरूसित कुराकानी गर्दै अहिले सिलगडी, दार्जीलिङ र जल्पाईगुडीबाट घर फर्कन चाहने सात सय जनाले सरकारी पोर्टलमा पञ्जिकरण गरिसकेको बताए भने भोलि पहिलो चरणमा लगभग डेडसय जनालाई सिक्किम भित्र्याउने बन्दोवस्त गरिएको बताए। उनले रम्फू चेकपोष्टमा स्वास्थ्य जाँचको दलले विस्तृत व्यवस्था र जाँच प्रक्रिया पूरा गरेरमात्र उनीहरूलाई प्रवेस दिने बताए। जाँच प्रक्रियाको सुविधा बडोत्तरी गर्नको साथै फर्कि आउनेहरूको संख्या पनि बढाउन मिल्ने आज सबै जिल्ला प्रशासकहरूसित मुख्य सचिवले गरेको भीडीयो कन्फ्रेन्सले निर्णय गरेको बताए।
फर्कि आउनेहरूले एसएनटी मार्फत तयार गरिएको बस सेवाको मात्र उपयोग गर्न पाउने अनि फर्किएर आएपछि कोरोनाको रेड जोनबाट आएकाहरूलाई अनिवार्यरूपमा फेसिलिटी कोरेण्टिनमा बस्नुपर्ने, ग्रीन र अन्य जोनबाट आएकाहरूलाई भने पेड कोरेण्टिन र होम कोरेण्टिनमा जानदिने बताए। होम कोरेण्टिनको निम्ति सबै ग्राम पञ्चायत एकाइलाई सुचित गरेर जीपीयूस्तरको समिति गठन गरेर आसा कर्मचारूहरूसित निगरानीको व्यवस्था गरिएको छ। अर्कोतिर पेड कोरेण्टिनको निम्ति सरकारले नै सुनिश्चित गरेको होटलमा कर सहित एक हजार रुपियाँ प्रतिदिन भुक्तान गर्नुपर्ने बताए।

 

अर्कोतिर फेसिलिटी कोरण्टिनको निम्ति आउनेहरूले भने ओड्ने ओछ्याउऩे र सिरानी आफैं व्यवस्था गर्नुपर्ने अवगत गराएका छन्। यसरी नै कोरेएण्टिनको निम्ति चयन गरिएको होटल, होस्टेल तथा गेष्टहाउस वरिपरिका मानिसहरूले आपत्ति जनाउन अर्थहिन रहेको बताउँदै लकडाउनमा बसेकाहरूलाई कोरेण्टिन गरिएका मानिसहरूले कुनै प्रभाव नपार्ने बताए। उनले जस्तो प्रकारले लकडाउनमा बसेकाहरू घरबाट बाहिर निस्किँदैनन् त्यसै गरी कोरेण्टिनमा बसेका पनि बाहिर ननिस्किने भएकोले गर्दा कुनै खतरा नहुने बताए। तोकिएको कोरेण्टिनका ठाउँहरू कुनैपनि हालतमा परिवर्तन नगरिने सरकारी आदेश नै रहेको बताए।

अर्कोतिर आजदेखि सरकारले 4 मईको निम्ति जनताको सुविधाको निम्ति दिएका केही राहतहरू बारे पनि उनले स्पष्ट जानकारी दिएका छन्। जसमा चार मईदेखि उता राज्यका सबै एकल प्रवेशद्वार भएका पसलहरू खोल्ने अनुमति प्रदान गरेको बताए। यद्यपी बार, रेष्टोरेण्ट र अतिथि सेवामा रहेका सेवाहरू भने खोल्न नमिल्ने अनि सपिङ महल र एउटै प्रवेशद्वारबाट सञ्चालित विभिन्न पसलहरू भएको ठाउँको दोकानहरू भने बन्दै राखिने बताए। अर्कोतिर अन्तर्राज्य वाहन चलाचल अहिले खोल्न नमिल्ने जसको मुख्य कारण छिमेकी राज्यमा कोरोनाको प्रकोप बाक्लै भएको कारण यसो गरिएको हो भनि उनले जनाए। यद्यपी अन्तरजिल्ला वाहन चलाचलको निम्ति निजी वाहनहरूलाई हप्तामा पाँच दिन सोमबारदेखि शुक्रबारसम्म छुट दिइऩे छ। जसमा सोमबार अन्त्यमा शून्य र एक नम्बर भएको वाहन चल्नेछ। यसरी नै मङ्गलबार अन्त्यमा दुई र तीन भएको, बुधबार चार र पाँच भएको, बिहिबार छ र सात भएको अनि शुक्रबार आठ र नौ अन्त्यमा नम्बर हुने वाहनले अन्तरजिल्ला यातायात गर्न सक्नेछ। यसको निम्ति प्रशासनबाट कुन पास लिन नपर्ने तर एकै दिनमा फर्कि आउन नपाए उक्त वाहनले अर्को हप्तासम्म कुर्न पर्ने नियम भने रहेको बताए।

यसरी नै आफूलाई चाहिएको सामान र निर्माणका सामानहरू लिन सिलगडी जानपरे सरकारले सुनिश्चित गरेको ट्रक र माल वाहकहरूको प्रयोग गर्न सक्ने अनि त्यसको निम्ति प्रशासनलाई सम्पर्क गर्न सक्ने छुट पनि दिएको छ। यति सुविधाहरू खुकुलो गर्दा गर्दैपनि सार्वजनिक यातायात सुविधा टेक्सी र बसको चलाचल भने अनुमति नदिइने जनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया