बङ्गालमा आएका अन्तर-मन्त्रालयी केन्द्रीय टिमसित संलग्न 6 जवान सङ्क्रमित

केन्द्रको एक टिम दार्जिलिङ, कालेबुङ पनि आएको थियो। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले पहाड छिर्न अघि उनीहरूको पनि जाँच हुनुपर्ने र 14 दिन कोरेन्टिनमा बसेपछि मात्र जाँच हुनुपर्ने माग गरेका थिए, तर अन्तर-मन्त्रालयी केन्द्रिय टिमले न त जाँच गऱ्यो न त कोरेन्टिनमा नै बस्यो। अहिले भटाभट टिमका जवानमा पोजिटिभ पाइन थालेपछि दार्जिलिङ, कालेबुङमा पनि भय शुरु भएको छ।


कोलकाता, 6 मई


बङ्गालमा कोरोनासित लड्ने तयारी कस्तो छ? त्यही जाँच्न कोलकत्ता आउने अन्तर-मन्त्रालयी केन्द्रीय टिम (आइएमसीटी) सित रहेका पाँच बिएसएफ जवानमा मङ्गलबार कोरोना पोजिटिभ पाइएको खबर दैनिक जागरणले छापेको छ।

सोमबार त्यही टिमका एक चालकमा पोजिटिभ पाइएको थियो। मङ्लबार पाँच जवानमा पोजिटिभ पाइयो। यसमा अझ एक चालक पनि सामेल छन्।  बिएसएफका दक्षिण बङ्गाल फ्रण्टियरका एक वरिष्ठ अधिकारीले यसलाई पुष्टि गरेका हुन्। सबैलाई कोलकाताको टलीगञ्जस्थित सरकारी एमआर बाङ्गुर अस्पतालमा भर्ती गरिएको छ।

‘अहिलेसम्म अन्तर-मन्त्रालयी केन्द्रीय टिमलाई एस्कर्ट गर्ने 6 जना जवानमा सङ्क्रमित पाइएको छ,’ अधिकारीले भनेका छन्, ‘जसमा दुइ चालक, एक रेडियो अपरेटर र अन्य जवान सामेल छन्।’

उनीअनुसार सङ्क्रमित पुष्टी भएपछि आफूहरू हाइअलर्टमा रहेको र सीमा सुरक्षा बलका जवान मानक सञ्चालन प्रक्रिया (एसओपी) र अन्य दिशानिर्देशलाई कडारुपमा पालन गराइएको छ।

चालकहरूलाई एकान्तवासमा राखिएको छ। उनीहरूसित सम्पर्कमा आएका 51 भन्दा अधिक कर्मीलाई पृथक-वासमा राखिएको छ। टिमका  25 को जाँच भइसकेको छ।

‘गृह मन्त्रालय (एमएचए) लाई बिएसएफ कान्स्टेबलमा पाइएको सङ्क्रमणबारे सूचित गरिएको छ,’ उनले भनेका छन्।

केन्द्रको एक टिम दार्जिलिङ, कालेबुङ पनि आएको थियो। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले पहाड छिर्न अघि उनीहरूको पनि जाँच हुनुपर्ने र 14 दिन कोरेन्टिनमा बसेपछि मात्र जाँच हुनुपर्ने माग गरेका थिए, तर अन्तर-मन्त्रालयी केन्द्रिय टिमले न त जाँच गऱ्यो न त कोरेन्टिनमा नै बस्यो। अहिले भटाभट टिमका जवानमा पोजिटिभ पाइन थालेपछि दार्जिलिङ, कालेबुङमा पनि भय शुरु भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन