लेखनमा ‘डेमोक्रेटिक वेभ’-को कोरियोग्राफी : सन्दर्भ ‘अर्को लश्कर’-माथि क्रिटिक प्रणय

विज्ञापन

सर्जक-प्रतिक्रिया »

लेखनमा डेमोक्रेटिक राइट्सको वेभ आउन जरुरी छ हाम्रो यता । अब यस्तो लाग्दैछ । नयाँ गरी । प्रणयको यो क्रिटिसिजमको बाटो त्यतै तिरको बाटोको कोरियोग्राफी हो ।


राजा पुनियानी, सुकना, भारत


एक दिन लकडाउन शुरू भयो ।

जिन्दगीमै जेल नपरिएको । अब परियो । भन्ने जस्तै हेभ्भी फील ।

किताबका थाकहरू मिलाउने काम अह्राएँ आफैलाई । मेरो कविता किताब ‘अर्को लश्कर’-को २ प्रति एउटा कुनामा चेप्टिरहेको भेटेँ । यो देखेपछि झट्ट मलाई याद आयो मिरिकको स्टेट ब्याङ्क ।

– लु न हौ पढ़िदिँउ न अर्को लश्कर

– सफ्ट कपी पठाइदिन्छु नि

– म त हार्ड कपी नै पढ़्ने, सफ्ट कपी पढ़ेकै जस्तो लाग्दैन यार

– ल ल म पछि पठाउँला नि त

– मो तेता आउने भए ल्याएर आउँला नि या कोइ सिलगुढ़ी झर्ने भेट्यो भने भन्नु नि

– एच्, ढिलो हुन्छ होलाउ । कैले सम्म पर्खिनु यार

मिरिक स्टेट ब्याङ्कमा म्यानेजरको ओहोदामा दिनभरि भाउचर, क्रेडिट, डेबिट, ट्रान्सफर, लोन, इक्विटी, एन्युटी, नोमिनी, इन्टरेस्ट रेटहरूको भुमरीमा रन्थनिएर खटिएका हुन्छन् कसैले अहिलेसम्म नचिनेको जन्डा कवि । ब्रान्चमा गएर हेरे देखिन्छ होला – कस्टमर र स्टाफहरूसँग दार्जीलिङे टोनमा फुर्के बोलीमा बोल्दै गरेको यी कवि । कसरी भ्याएका होलान् – थाक किताबहरू पढ़्नु र चोटिलो कविताहरू लेख्नु इ ब्याङ्करले । म सोच्छु ।

अन्तमा पीडीएफ कपी नै मगाइपठाए यिनले । प्रिन्ट आउट लिएरै पढ़्ने भए ‘अर्को लश्कर’ । म छक्क परेँ । 

एक दिन फोनमा ओ कवि ब्रो भन्दै कुरा थाले – ‘अर्को लश्कर’-माथि लेख्दैछु है । ऐले चैं प्रिपरेसनमा छु ।

मैले के भनेँ थाहा छैन । छक्क मात्र परिरहेँ ।

बीचबीचमा मेरो कविताप्रतिको वैचारिकता, प्रतिमानहरू बुझ्न हो वा मेरो लेखनको कमजोरीहरू खोतल्न – सम्पर्क बाक्लिँदै लगे मसँग । उनको हरेक गफ एक प्रकारको क्रिटिकल डाउटबाट प्रेरित लागिरहने ।

फेसबुकमा ‘अर्को लश्कर’माथिको उनको क्रिटिक आउने सेल्फ-विज्ञापन गरे । उनको श्रीमतीले प्रतिक्रिया कमेन्ट लेखिन् – बल्ल ढुक्क भो ।

कल आयो । खुशी न खुशी । नानी जन्माएपछि आमालाई हुने पीड़ात्मक आनन्द फील जस्तै जस्तै ।

– लु है कवि! अर्को लश्करमाथि आउँदैछ खबरम्यागजिनमा । कविताहरूको निर्मम डाइसेक्सन भाको छ है । रिसाउँदैन नि हैन । हस्तक्षेपले त मज्जैले भेटेको छ है !

– लु न त ! हेर्छु है । किन रिसाउने यार । झन् मज्जा आउने हो ।

लेख आयो । पढ़ेँ । फेरि पढ़ेँ । पढ़ेँ र फेरि पढ़ेँ । अनि गमेँ । गमिरहेँ । के भनुँ ? कसरी लेखुँ ? भइरह्यो हिजोदेखि ।

एक त इबरा क्रिटिसिजम र हस्तक्षेप लेखन थालेदेखि लगभग अछुत भइसकेको कवि परेँ । त्यही माथि लगभग फोसिल भइसकेको किताब – ‘अर्को लश्कर’ । कालेबुङबाट कवि भीमा राई र टिका भाइले छोरीको नाममा थाले – मानवी प्रकाशन । उही प्रकाशनबाट निस्केको हो ७ सालअघि ‘अर्को लश्कर’ । अकादमिक, गैर अकादमिक, क्याजुअल, रिबेल गरेर समालोचकहरूको लामो सूची बन्ला दार्जीलिङमा । कुनै नामी समालोचकको नजरमा नपरेको यो किताब त्यो सूचीमा नपर्ने फ्रेशर क्रिटिक प्रणय शङ्करले ओल्टाइपल्टाइ गरेछन् । छोएछन् भनौँ । र्याशनल्ली उत्खनन गरेछन् फोसिलाइज्ड शृङ्खला कविताहरूलाई ।

दार्जीलिङे नेपाली साहित्यमा अर्गनाइज्ड शैलीमा ‘पिपल्स रेजिस्टेन्स’ आएन । झट्ट हेर्दा उस्तै देखिए पनि ‘फ्रेम्ड राइटिङ’-को जोखिम सदा रहेको ‘प्रोग्रेसिभ राइटिङ’ नै भनि हालेनौँ । ‘एन्टी-इन्टरफियरेन्स’-को कन्सेप्टमा हस्तक्षेप लेखन उभियो । तेस्रो आयामको चम्किलो हेरिटेज बोकेको दार्जीलिङे साहित्यले ‘सङ्क्रमण’, ‘विचलन’ हुँदै ‘किनारीकरण’ लेखन पाइसकेको र ‘समावेशी’ लेखन पाउन लागेको बेला आएको हो ‘हस्तक्षेप’ । सबैसँगको आफ्नै समान-विन्दु र फरक-विन्दुहरू तय गरेर हिँड़्यो हस्तक्षेप ।

‘पोलिटिकल्ली कन्सियस’ रेजिस्टेन्स राइटिङको प्रस्थानविन्दु दार्जीलिङे साहित्यमा खोप्ने खिप्ती हस्तक्षेपले गरेको हो ।चति कुरामा त हस्तक्षे त्यस काममा कति तेस्रो आयाम, कति किनारीकरण, कति समावेशीको वैचारिक सहयात्रा परेको होला र कति ठाँउ डिफरेन्स ग्याप – त्यो पाठकले बुझिल्याउने हुन् । क्रिटिकले गर्न हेर्न भ्याएनन् भने पनि ।

सर्जकले समाजको कन्ट्र्याडिक्सनबाटै कच्चा माल टिप्ने हो । त्यही कच्चा मालबाट साहित्यको उत्पादन हुने हो । पानी र सल्फ्युरिक एसिडको एउटा कथा छ । एउटै खाले कच्चा माल हाइड्रोजनबाट बनिन्छन् तर दुवै फरक पदार्थ हुन्छन् । पानीले क्लेम गर्न मिलेन सल्फ्युरिक एसिड म पानीबाटै जन्मिएको भन्नु । सल्फ्युरिक एसिडले क्लेम गर्नु मिलेन पानी त म सल्फ्युरिक एसिडबाटै पैदा भएको भन्नु । किनारीकरणका प्रणेताबाट हस्तक्षेपी र समावेशी लेखन किनारीकरणबाट टिपटाप पारी जोड़जोड़ पारिएको लेखन हुन् भन्ने एकदमै अन्डरएस्टिमेट गरिने क्लेम आएछ संवाद कालेबुङ-को एउटा प्यानल डिस्कसनमा । त्यो बालसुलभ स्टेटमेन्टले उब्जाएको कन्फ्युजनलाई पानी र सल्फ्युरिक एसिडको कथा नै काफी होला ।

प्रणयले यही हस्तक्षेपलाई क्रिटिकले जसरी हेर्नु पर्ने उसरी हेरेछन् । बालसुलभ छैन रहेछन् प्रणय । आफ्नै सेल्फ स्टडीको बुतामा विश्वका समकालीन फिलोसफिकल, पोलिटिकल, सोलियल धारणाहरूको सन्दर्भमा अर्को लश्कर र हस्तक्षेपलाई लजिकल्ली चिरफार गरेका छन् प्रणयले । यसै पनि समय सँगै चिन्तन-लेखनको डाइमेन्सन्स फेरिन्छ । अपग्रेड हुन्छ । हस्तक्षेप लिएर पनि मैले यस्तै सोचिरहेको बेला हस्तक्षेपका मान्यताहरूलाई नयाँ गरी सोच्न-निफन्न बाध्य गराए प्रणयले । प्रणयका सबै तर्कसँग म सहमत छैन । तर उनको तर्क-क्षमतालाई मेरो लिबरल सम्मान चाहिँ छ ।

आफ्नै कविताहरू मैले पाठक भएर देखेँ प्रणयले देखाएको ‘हाइपर-प्लेन’-मा । मैले कोशिश गरेको – ‘क्राफ्ट’-मा केही नयाँ गरौँ भन्ने हो अर्को लश्करमा । अर्को लश्कर-को क्राफ्टतिर पहिलोचोटि क्रिटिक-मुस्लो परेछ । मेरो सबैभन्दा ठूलो खुसी यतै छ । साथै – नारावादीको समेत लान्छना लागेको राजाको कविताको ‘पोस्ट मोडर्निस्ट एलिमेन्ट्स’-मा प्रणयको क्रिटिकल नजर पर्नु पनि मेरो अचिभ्मेन्ट हो एज ए पोएट ।

‘अर्को लश्कर’ नामकरणमै – पोस्ट मोडर्निस्ट ‘द अदर’ – को ‘जक्सटापोजिसन’ गरेको हुँ । त्यो अदरमा ग्राम्सीको सबाल्टर्न छ, एडवर्ड सइदको ओरिएन्टल अदर छ, फाउलो फ्रेरे-को ओप्रेस्ड छ । र यता हाम्रो ‘जेठा’ छ, ‘काले’ छ, ‘हर्कबहादुर’ छ ।

प्रणयले यति भनिसकेपछि मैले यति भनेँ । यहाँ । पहिल्यै नबोलेको कवि एभर किन आफ्नै कवितामा केही भन्नु भन्ने लागेर । यहाँ अर्को  समाजको डोमिनेन्ट डिस्कोर्सबाट दबिएको र मूलधाराको हाइप्ड न्यारेटिभबाट अफालिएको अर्को मान्छेको ‘अर्को’ उपस्थिति हो । 

समालोचनामा नयाँ हस्ताक्षर प्रणय आफै हाइबरनेशनमा गएका हुन् । गम्भीर अध्येता-कवि प्रणय शङ्कर अब चल्मलाउन थालेका छन् । उनको अध्ययन, अब्जर्भेसन र चिन्तनको फाँट हाम्रो लागि अलि नौलो च्याप्टर भएर छ । यता अहिले । हेर्न लायक इनर्जीको भाइब्रेसन पैदा गर्दै गर्दा प्रणयले यताको क्रिटिसिजममा नयाँ बान्कीको आर्किटेक्चर गरिरेहका छन्।

उनको यो क्रिटिसिजमले मलाई पनि नौलो ऊर्जा थपिदिएको छ । यतिको धारिलो, यतिको चोटिलो र यतिको बोल्ड क्रिटिसिजम एक पाठक भएर पढ़्न पाउँदा मलाई रामकृष्ण शर्माको लिगेसी प्रणयमा क्यारी भएको अनुभव भइरहेको छ । यस क्रिटिसिजमले लजिकल बहस निम्त्याओस् । स्वस्थ ढङ्गमा । यही हो अहिलेलाई चाहना ।

हुँदा हुँदै – एउटा कुरा – इबरा क्रिटिक र हस्तक्षेप लेखन घोषणापछि हामी इस्ट्याब्लिस्ड क्याम्पबाट किनारीकरण गरिने अर्गनाइज्ड भिक्टिम हौँ । अकादमिक स्पेसमा त लगभग अछुतै हुँ । अब प्रणय पनि ?

लेखनमा डेमोक्रेटिक राइट्सको वेभ आउन जरुरी छ हाम्रो यता । अब यस्तो लाग्दैछ । नयाँ गरी । प्रणयको यो क्रिटिसिजमको बाटो त्यतै तिरको बाटोको कोरियोग्राफी हो ।

(उब्रेको लास्ट कुरा – क्रिटिक प्रणयलाई धन्यवाद भनिनँ । ‘धन्यवाद’ शब्द कुँजे परेको छ ऐले ।)

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया