बङ्गला भाषा अनिवार्यमाथि 30 मई बैठक

मोहन लामा

दार्जीलिङ, 26 मई 2017


प्रथम श्रेणीदेखि दशौं श्रेणीसम्म बङ्गला भाषाको पठन-पाठन अनिवार्य बनाउने राज्य सरकारको निर्णयलाई लिएर आगामी 30 मईको दिन गोजमुमो अध्यक्ष विमल गुरूङले यहाँको गोर्खा रङ्गमञ्च भवनमा एक बैठक गर्ने निर्णय लिएका छन्। जसमा पार्टीले आईसीएसई, सीबीएसई बोर्डका साथै माध्यमिक बोर्डका सम्पूर्ण विद्यालय, सामाजिक संस्था जस्तै गोर्खा दुःख निवारक सम्मेलन, नेपाली साहित्य सम्मेलन आदिलाई पनि निम्ताएको छ।

यसैको जानकारी गराउँदै गोजमुमो महासचिव रोशन गिरीले भने-आगामी 30 मईको दिन हुने बैठकमा गोजमुमो अध्यक्ष विमल गुरूङले सबैलाई सम्बोधन गर्नेछन्। जसमा विभिन्न विद्यालयका शिक्षक-शिक्षिकावर्गका साथै 11 वटा जात-गोष्ठीका पदाधिकारीवर्ग अनि सदस्य-सदस्याहरु पनि उपस्थित हुनेछन्। दार्जीलिङ पहाड़, तराई अनि डुवर्स इलाकामा बङ्गला भाषा अनिवार्य गर्नु उचित होइन र यी गोर्खाबहुल इलाकामा उनीहरूको मातृभाषा नेपालीमानै पठन-पाठनको सुविधा प्रदान गर्न दिनुपर्छ भनेरनै आज पार्टी अध्यक्ष विमल गुरूङले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीलाई पत्राचार पनि गरेका छन्।

यसबारे गुरूङले भने-राज्यकी मुख्यमन्त्रीलाई पत्र पठाइएको छ र यो पत्र पाएपछि मुख्यमन्त्रीले यस विषयमा अवश्यै सोंच्नेछिन् र पहाड़मा बङ्गला भाषा अनिवार्य गर्ने निर्णयलाई फिर्ता लिनेछिन् भन्ने आशा गरेको छु। यदि यस्तो नभए यसले भावी दिनमा अर्कै रूप लिन सक्नेछ। यसैले सरकारले यसमाथि गम्भीरतासित ध्यान दिन आवश्यक छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन