फासीवादको घातक सङ्केतलाई लिएर किन चिन्ता गर्न आवश्यक छ?

विज्ञापन

मन्थन

फासीवादको रूपलाई वर्गीकृत गर्न सकिन्छ , जसमा एक वीशिष्ट लक्षण हो सरकार अनि ठुलो उद्योगपतिहरूको विलय अनि गठबन्धन। आफ्नो अल्पसंख्यक जातीय वा धार्मिक समूहको प्रदर्शन गर्नु जो अहिले दुर्भाग्यवश वर्तमानमा एक वैश्विक चलन भएको छ – जहाँ फासीवादी झुकाव भएका नेता अमेरिकामा ट्रम्प, ब्राजिलमा बोल्सोनारो, तुर्कीमा एर्दोआन र फिलीपिन्समा डुटर्टेजस्ता केही प्रमुखहरूले लोकतन्त्रलाई कब्जा गरिरहेको छ।


सपना छेत्री


अहिलेको परिवेश मान्छेलाई सरोकार नै छैन, विकास भयो कि भएन। तर सत्तामा कट्ट हिन्दूवादी (हिन्दु कट्टरपन्थी) हुनै पर्छ। दस साल अघि यो स्थितिलाई केवल फ्रिजको परिप्रेक्ष्यको रूपमा हेर्ने गरिन्थ्यो तर  2019मा मोदी-केन्द्रित भारतमा यो बहुमतको दृष्टिकोण भएको छ। एक लोकतन्त्र जसमा आतिशीलाई खारिज गरियो अनि प्रज्ञालाई भोट दियो ।

 जर्मनमा जर्मनीले आफ्नो पुर्खाद्वारा गरिएको अत्याचारहरूमाथि गर्व गर्दैनन्। पुर्खा भन्नाले ती पिँढी जो 1930 अनि 1940 के दशकमा जन्मेका हुन। त्यस समय जर्मनी एक नाजी पार्टी, तानाशाहको हाथमा थियो जसले जर्मनीहरूलाई आश्वस्त गरेका थिए कि उनीहरू आर्यन हुन् अथावा गुरु जाति। त्यसैले अन्य सबै जाति उनिहरू भन्दा तल्लो हुन्। उनीहरूलाई भनिएको थियो, संसारलाई राज गर्नु अनि माहनता हत्ताउनु नै उनीहरूको नियति हो। उनीहरूले जर्मनहरूलाई विश्वास गराएका थिए, उनीहरू चम्कने कवच लाउने शूरवीर थिए। जसकोमा उनीहरूको सामाजिक अनि आर्थिक समस्याहरूको समाधान थियो।

जब उनीहरू असफल भए तब उनीहरूले यहूदीहरूलाई एक धार्मिक अल्पसंख्यक अनि उनको राजनीतिक विरोधीको दोष लगाए।

मानिसहरूले उनीहरूमाथि विश्वास गरे अनि उनीहरूलाई सरकार बनाउनको निम्ति संसदमा पर्याप्त सिट दिए। 1930 को दशकमा,  जर्मन संसदमा पूर्ण नियन्त्रण गरेर आफ्नो शक्तिलाई मजबूत गर्दै ती सबै तत्वलाई मीडियामा शुद्ध गर्न थाले जसले उनीहरूको विचारलाई भङ्ग गरेका थिए।

उनको अनुयायीहरूले जर्मन संसदमा आगो लगाए अनि कम्युनिस्टहरूलाई दोषी ठहराए।  जसले गर्दा उनीहरूले आफ्नो प्राथमिक विरोधीलाई देशबाट  सोत्तर पार्ने एउटा कारण पाएका थिए। उनीहरूले शिक्षाविदहरूलाई पनि हटाए अनि आफ्नो समर्थकहरूलाई भने, उनीहरू जर्मनीको दुश्मन हुन्। साथै उनीहरूले सुनिश्चित गरे कि जति पनि वैज्ञानिक ज्ञानको उत्पादन भएको थियो त्यो नाजी पार्टीको विचारधाराको अनुरूप थियो। यतिसम्म कि अल्बर्ट आइन्सटाइन मृत्युको डरले देश छोडेर भाग्नु पर्‍यो।

एकपल्ट संसद, मीडिया अनि अकादमीहरू उनको हाथमा थियो, जसले गर्दा देशको न्यायपालिकालाई नियन्त्रण गर्नु धेर समय लागेन। यसै बेला नै हो जब सशस्त्र बलहरूले ‘हिल हिटलर’ भनेर नारा लगाएका थिए। त्यस समय उनले आफ्ना समर्थकद्वारा यहूदीलाई सबक सिकाउनको निम्ति उनीहरूको  प्रतिष्ठानलाई बहिष्कार गर्ने फरमान जारी गऱ्यो।  जर्मन जनता फरमान मान्न बाध्य भए। 1945 मा जब हिटलर शासन समाप्त भयो, तबसम्म 1941 देखि 1945 सम्म यूरोपको यहूदी आबादीको लगभग दुई भाग अथवा छ मिलियन यूरोपियन यहूदीहरूको व्यवस्थित हत्या गरेको थियो।

यदि तपाईहरू स्लाव, डन्डे, रोमास, समलैङ्गिक, कम्युनिस्ट, राजनीतिक विरोधीहरू अनि विकलाङ्ग मानिसहरू सहित अन्य पीड़ितहरूको हिसाब गर्नुहुन्छ, तब हिसाब लगभग 17 मिलियन पुग्छ। संसारको सबै समाजमा जातीय अनि धार्मिक अल्पसंख्यक हुन्छ नै अनि अल्पसंख्यकहरू अनि बहुसंख्यकहरूको बीच सदैव पूर्वाग्रह अनि मतभेद हुन्छ तर जब राज्यले घृणा फैलाउँछ तब मानिसहरू हत्याको निम्ति होडबाजी गर्न सडकमा निस्कन खुशी र अतुर देखिन्छन्, जो हामीले देखेको हौ 1984 अनि 2002-मा  हाम्रै देशमा पनि।

फासीवादको रूपलाई वर्गीकृत गर्न सकिन्छ , जसमा एक वीशिष्ट लक्षण हो सरकार अनि ठुलो उद्योगपतिहरूको विलय अनि गठबन्धन। आफ्नो अल्पसंख्यक जातीय वा धार्मिक समूहको प्रदर्शन गर्नु जो अहिले दुर्भाग्यवश वर्तमानमा एक वैश्विक चलन भएको छ – जहाँ फासीवादी झुकाव भएका नेता अमेरिकामा ट्रम्प, ब्राजिलमा बोल्सोनारो, तुर्कीमा एर्दोआन र फिलीपिन्समा डुटर्टेजस्ता केही प्रमुखहरूले लोकतन्त्रलाई कब्जा गरिरहेको छ।

क्रमश :

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया