फासीवादको घातक सङ्केतलाई लिएर किन चिन्ता गर्न आवश्यक छ?

विज्ञापन

मन्थन- भाग-दुई

हिन्दुत्वको प्रवचनले व्हाट्सएप साथै सोसल मिडियामा पनि विजय प्राप्त गरेको छ। जहाँनेर फर्जी समाचारहरूलाई नियमित रूपमा हिन्दु आफ्नो “देश” मा “पीड़ित” छ भन्ने प्रचार गर्छ।  यदि वर्तमान राजनीतिक माहौल यस्तै भइरहे देशवासी पनि नाजी जर्मनीले जस्तै आफ्नो समयमा जबरजस्ती गरेको धार्मिक अल्पसंख्यहरूको निर्वासन अनि नरसंहारमा पनि खुशी हुनुपर्ने दिन आउनेछ।


सपना छेत्री


अम्बर्टो इकोले फासीवादबारे लेखेका छन्-

  1. शक्तिशाली अनि निरन्तर राष्ट्रवाद
  2. मानवाधिकारलाई तिरस्कार
  3. दुश्मनलाई ठिम्माउने एकजुट कारणहरूको रूपरेखा
  4. उग्र लिङ्गवाद
  5. नियन्त्रित जन मिडिया
  6. राष्ट्रीय सुरक्षाको लागि जुनून
  7. धर्म अनि सरकारको बीचमा अन्तर
  8. कर्पोरेट सत्ता संरक्षित
  9. श्रम शक्तिको दोहन र दमन
  10. बुद्धिजीवि र कलालाई तिरस्कार ( अपराध अनि सजायसहित)
  11. अबसेशन
  12. अनियन्त्रित भाइ- भतिजावाद र भ्रष्टाचार

केही वर्षभित्र नै केन्द्र सरकारले राज्यसभामा पनि बहुमत पाउनेछ अनि संविधानलाई सधैंको निम्ति फेर बदल गर्नेछ। जबसम्म सुप्रिम कोर्टले हस्तक्षेप गर्दैन। जसले गर्दा संविधानको धर्मनिरपेक्षता अनि कल्याणकारी विचारधारा हटाउने सरकारले पूर्ण शक्ति पाउनेछ। नरेन्द्र मोदी अनि दक्षिणपन्थी भारतीय जनता पार्टीको नेतृत्व भएको भारत सरकारले पछिल्लो पाँच वर्षको आवधिमा धेरै मुसलमान अनि दलितलाई गोरूको मासु खाएको अथवा ओसारेको आरोपमा मारेको यत्रतत्र खबर आयो। मुसलमानमाथि जति जति अत्याचार बढ्दै गयो त्यति त्यति प्रधानमन्त्री चुप देखिए।

न्यायको हवाला दिएर गाईको नाममा उत्रिएको भीडलाई स्वतन्त्र छोडियो।  जब कठुवामा नौ वर्षे एउटी युवतीलाई धेरै दिनसम्म बलात्कार गरेर हत्या गरियो तब सत्तापक्षका समर्थकहरूले राष्ट्रीय ध्वज लिएर बलात्कारीको पक्षमा एउटा र्‍याली निकाले।

पत्रकारहरू जस्तै कालबुर्गी, डालबोल्कर अनि  गौरी लङ्केसलाई अन्धविश्वास, साम्प्रदायिकता अनि जाति विरूद्ध लेखेको भन्दै हत्या गरियो। यहाँसम्म कि राजा राममोहन राय जस्ता समाज सुधारक, जसले सती प्रथाको विरोध गर्दै विधुवाहरूको पक्षमा जलाउने प्रथाको उन्मुलन गरे, उनलाई हिन्दु विरोधी भनियो।

सरकारले लगातार आफ्नो राष्ट्रीय सुरक्षाको सन्दर्भमा जनतालाई असुरक्षित महसुस गराउदैँ पाकिस्तानलाई भारतको तुलनामा कम शक्तिशाली र एक असफल राष्ट्रको रूपमा उभ्याउँछ।  विपक्षलाई नियमित रूपमा ‘राष्ट्र-विरोधी’ अनि ‘पाकिस्तानको एजेन्ट’-को रूपमा उल्लेख गर्ने गर्छ।

गोलवलकरको पुस्तक बन्च अफ थट्स-मा (गोलवलकर जो हिटलरसित प्रेरित थिए अनि हिन्दु राष्ट्र गठनको लागि आह्वान गर्ने सङ्घका संस्थापक पिता अनि विचारकहरू मध्ये एक हुन्) हिन्दुका तीन मुख्य शत्रु निश्चित गरिएको छ: मुस्लिम, ईसाई अनि कम्युनिस्ट।

मोदी सरकारमा एक कमजोर अर्थव्यवस्था देखियो। साथ साथमा देशभरि नै साम्प्रदायिक तनाव वृद्धि भएको देखियो। हो, यसैले प्रधानमन्त्री अनि उनको पार्टीले मुक्त प्रेस-मिडिया कब्जा गर्न थाल्यो। च्यानलहरूमा देशका मुस्लिम अल्पसंख्यकबारे यतिबिघ्न नकरात्मक बहस र प्रसारण गरियो कि त्यसको अन्तर्यमा ‘हिन्दु बहुसंख्यक असुरक्षित छ’ भन्ने चेतना विस्तार थियो।

जबकी हिन्दु 80% छन्। बहुसंख्यक छन्। अल्पसंख्यकबाट बहुसंख्यक कसरी असुरक्षित बन्न सक्छ? तर फासीवादी समाजमा त्यो सम्भव छ।  एक फासीवादी समाजमा, राज्य-नियन्त्रित मिडिया हुन्छ। उसले उसैको उसको निर्देशमा काम गर्छ।  भारतमा त मिडिया हाउस पैसा बिना पनि काम गर्न तत्पर हुन्छ। एउटा स्टिङ अपरेशनमा  (कोबरापोस्टले खुलासा गरेअनुसार) लगभग दुई दर्जन मिडिया हाउस 2019 को चुनाउको लागि हिन्दुत्वको एजेण्डालाई प्रोत्साहित गर्न तयार थियो।

मुसोलिनीले फासीवाद ‘राज्य अनि कर्पोरेट सत्ताको पूर्ण विलय’- को रूपलाई परिभाषित गरेका छन्, जहाँ कर्पोरेट राज्यलाई राशि दिन्छ अनि त्यसको बदलीमा शासकले करदाताहरूको पैसाले कर्पोरेटलाई मदद गर्दै काम दिन्छ।

हिन्दुत्वको प्रवचनले व्हाट्सएप साथै सोसल मिडियामा पनि विजय प्राप्त गरेको छ। जहाँनेर फर्जी समाचारहरूलाई नियमित रूपमा हिन्दु आफ्नो “देश” मा “पीड़ित” छ भन्ने प्रचार गर्छ।  यदि वर्तमान राजनीतिक माहौल यस्तै भइरहे देशवासी पनि नाजी जर्मनीले जस्तै आफ्नो समयमा जबरजस्ती गरेको धार्मिक अल्पसंख्यहरूको निर्वासन अनि नरसंहारमा पनि खुशी हुनुपर्ने दिन आउनेछ।

क्रमश:

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया