शिक्षामाथि राजनीति बन्द गरौं

विज्ञापन

हुलाकी

शिक्षकहरुलाई एउटा काठपुतली बनाएर अझ पहाडमा राजनैतिक तापमान बढाउने काम हुँदैछ। पहाडको शिक्षामाथि व्यापार हुँदैछ अनि शिक्षितहरु स्वयं व्यापारी बन्दैछन्।


 प्रणित सुब्बा


पहाडको राजनीतिक प्रभावले पहाडमा धेरै मात्रमा शिक्षामाथि प्रभाव परिरहेको छ। राजनीतिले गर्दा पहाडको विद्यार्थीहरूको शिक्षामाथि खेलवाड हुँदैछ। शिक्षालाई राजनीतिको हातमा सुम्पिरहेको छ। पहाडको राजनीतिक  प्रभावले गर्दा नै अहिले पहाडको शिक्षा लुप्त भएर गइरहेको छ। पहाडको शिक्षामाथि राजनीतिक खेलवाड हुदैछ। शिक्षा अनि शिक्षित सोचाइलाई राजनैतिक थिचो मिचो हुँदैछ। अहिले योग्यताको होइन सम्बन्धको प्रथा पहाडमा भित्रिँदैछ।

विद्यार्थीहरू लगायत बेरोजगार साथै नवसोचहरुमाथि पनि यसको भारी मात्रमा प्रभाव परिरहेको छ। यस प्रकारको व्यवस्थाले आउने पिँढीलाई एउटा बाटो थुन्ने काम गरिरहेको छ। एउटा उचित शिक्षा अनि योग्यातापूर्ण शिक्षक पनि पहाडमा धेरै कम मात्रमा अहिले देख्न मिल्दैछ। राष्ट्र, समाजको एउटा अमूल्य धन नै शिक्षक भनिन्छ तर अहिले त्यही शिक्षकहरुलाई एउटा काठपुतली बनाएर अझ पहाडमा राजनैतिक तापमान बढाउने काम हुँदैछ। पहाडको शिक्षामाथि व्यापार हुँदैछ अनि शिक्षितहरु स्वयं व्यापारी बन्दैछन्।

शिक्षा अनि राजनीति आफ्नु आफ्नु स्थानमा छ। यो कुरा न भूलौं, शिक्षा जीवित भए मात्र राजनीति जीवित हुन सक्छ। यसैकारण सर्वप्रथम विशेष महत्त्व शिक्षालाई दिनुपर्छ। किन की सबै भन्दा बढी शिक्षा र शिक्षितहरुको बेचबिखन हाम्रो पहाडमा नै हुँदैछ। योग्याता ,प्रतिभाको दिनौ पहाडमा हत्या भइरहेको छ। यसको प्रभाव पहाडको विद्यार्थीहरूमाथि भारी मात्रमा परिरहेको छ।

अब यो व्यापार बन्द गरौं अनि आफै शिक्षाको व्यापार गर्न छोडौं। आफ्नु स्वार्थको लागि कसैको बाबाको पसिना, आमाको आशा, देखेको सपनामाथि खेलवाड गर्न सही होइन। अब चम्चा बन्न छोडौं र कसैको आशामा बाच्न छोडौं। आफ्नो योग्यता अनुसार इमानदारीको काम गरौं। किन की कसैको यो लापरवाहीको कारणले पहाडको भविष्य अनि शिक्षामाथि नराम्रो असर परिरहेको छ। यी जम्मै राजनीतिको कारण भइरहेको छ। अब  पहाडको शिक्षामाथि राजनीति बन्द गरौं।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया