फासीवादको घातक सङ्केतलाई लिएर किन चिन्ता गर्नु आवश्यक छ?

अन्तिम भाग : मन्थन

पहिले उनीहरु समाजवादीलाई लिन आए/म बोलिनँ/किनकि/म समाजवादी थिइनँ

उनीहरु ट्रेड युनियनकर्मीलाई लिन आए/म बोलिनँ/किनकि म ट्रेड युनियनकर्मी थिइनँ

उनीहरु जुजलाई लिन आए/म बोलिनँ/किनकि/म जुज थिइनँ

जब उनीहरु मलाई लिन आए/मेरा लागि बोल्न बाँकी कोही थिएनन्


सपना छेत्री


हामी धर्मको नाममा जसरी लड्न थाल्छौं त्यसरी हाम्रो संसाधनलाई लुट्नु थाल्छन्।  देशको सम्पत्तिलाई बेच्छन् अनि धनि अझ धनि हुँदै जान्छ भने गरिब अझ गरिब।  विफल ऋणले सार्वजनिक क्षेत्रको व्याङ्कहरूलाई लामो समयसम्म आर्थिक मन्दी गराएको छ। उधार प्रथाहरू अनि कपटपूर्ण लेन-देन गर्ने धेरै व्यावहारिकरण केवल पाँच सालमा दुई गुणा वृद्धि भएको छ।

सरकारले एक लिखित जवाबमा राज्यसभालाई भनेको छ, देशमा धेरै कर्पोरेट्सको लागि कम भन्दा कम 3.99 लाख करोडको लोन बन्द गराएको छ।  जबकि हाम्रो शिक्षा अनि स्वास्थ्यको बुनियादी ढाँचाको खस्ताहाल छ। राफेल व्यपम अनि डिमोनेटाइजेशन जस्तो घोटालहरूले एक पछिल्लो ठाउँ ओगटेको छ अनि त्यसको सट्टामा मीडियाले सार्वजनिक रूपमा हिन्दु-मुस्लिम, बीफ, पाकिस्तान, आतङ्कवाद अनि कश्मीरको मसाला प्रसारित गर्दैछ।

एक फासीवादी राज्यको एक विशिष्ट विशेषता, जसको उल्लेख गरिएको छैन त्यो हो  ‘धोखापूर्ण चुनाव’। हुन त ठूलो प्रकारले फर्जी चुनावको कुनै निर्णायक भएको छैन तर अतीतमा  ईवीएमसित छेडछाड अनि फर्जी मतदाताहरूको पञ्जीकरणको व्यापक रिपोर्टे देखा परेको थियो ।

मलाई लाग्छ, यी सबै सङ्केतहरूलाई हल्का परिकारले लिन सकिँदैन। चुनाव आयोगले सत्तारूढ पार्टीको प्रचार पृष्ठ ‘ओप इण्डिया’-को प्रयोग आफैलाई बचाउनको निम्ति गरिएको देखियो। फलस्वरूप सबै थोकनै अधिक संदिग्ध भएको पाइन्छ। यसले के सन्देह गराउँछ भने के चुनाव आयोग पनि ‘पिञ्जडा सुगा’ भएको हो?

फासीवाद  एक विचारधाराको रूपमा असहमतिपूर्ण मत अनि विविध सांस्कृतिक प्रथाहरूको निम्ति असहिष्णु हो। निकट भविष्यमा  हामी सबै यसको सङ्गतमा पर्नेछौं। किनकि केही फरक नै पर्ने छैन कि हामी कुन सामाजिक वर्ग / जाति वा धर्मले चिन्हित छौँ ।

खुशवन्त सिंहले 16 साल अघि लेखेको किताब ‘द एन्ड अफ इन्डिया’ मा लेखेका छन्- प्रत्येक फासीवादी शासनलाई यस्तो समुदाय अनि समूहको खाँचो हुन्छ जसले कुना कुनालाई प्रेरित गराउन सक्छ। यसको शुरूवात एक समूह अथवा दुईवटादेखि हुन्छ जसले घृणाद्वारा सृजनात्मक आन्दोलन गराउनेछ। जसले केवल भय अनि सङ्घर्ष जन्माउने हुन्छ, हामी जो पनि सुरक्षित महसूस गरिरहेका छौं। यो हामी मुसलमान वा ईसाई होइनौं भन्दै उनीहरूजस्ता मूर्खहरूसित स्वर्गमा बसेको जस्तै हो।

सङ्घले अघिदेखि नै वामपन्थी इतिहासकारहरू अनि पश्चिमी देशका युवालाई निशाना बनाइरहेको छ। भोलि ती नारी, जसले स्कर्ट लाउने गर्छन्,  ती मानिसहरू जो मासु, मदपान खाने अथवा विदेशी फिल्महरू हेर्छन्,  वार्षिक तीर्थ जान्छन्, दन्त मञ्जनको बदली टूथपेस्ट उपयोग गर्छन्,  मन्दिर नजाने,  बैधकोमा नगएर एलोपैथिक डाक्टरलाई मनपराउने अनि जय श्री रामको नारा नलगाएर हाथ हल्लाउने उनीहरूको पालो हुन्छ … कोही पनि सुरक्षित हुने छैनन् अनि यदि हामी भारतलाई जीवित राख्न चाहन्छौं भने हामीलाई यी कुराको महसुस हुन पर्छ।

हामी इतिहास अध्ययन गर्छौं भने हामी एक प्रजातिको रूपमा आफ्नो अतीतको गल्तीलाई दोहोऱ्याउन चाँहदैनौ। फेलोसिपको दृष्टिले हेर्दा एक यस्तो भविष्य जहाँ जीवनका सबै क्षेत्रमा नेता करुणा, प्रतिबद्धता अनि भारतले सामना गर्ने सामाजिक चुनौतिहरूलाई  विवेकशील समझद्वारा  प्रेरित गर्ने हुन पर्नेछ।

यस दृष्टिको निम्ति आफ्नो शेष जीवनलाई फासीवाद, घृणाको विचारधारासित लडाईँ गर्दै बिताउन पर्ने हुनेछ। नत्र भने एक दिन, हाम्रो भावी सन्तान हाम्रो पिँढीद्वारा गरिएको अपराधहरू देखेर हाम्रो कारण लज्जित बन्नेछन्।

म जर्मन कवि मार्टिन निमोलरको यो कविता उल्लेख गरेर यो लेख समाप्त गर्न चाहन्छु-

पहिले उनीहरु समाजवादीलाई लिन आए

म बोलिनँ

किनकि

म समाजवादी थिइनँ

उनीहरु ट्रेड युनियनकर्मीलाई लिन आए

म बोलिनँ

किनकि

म ट्रेड युनियनकर्मी थिइनँ

उनीहरु जुजलाई लिन आए

म बोलिनँ

किनकि

म जुज थिइनँ

जब उनीहरु मलाई लिन आए

मेरा लागि बोल्न बाँकी कोही थिएनन्

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया