सर्वसत्तावादीको प्रतिरोधमा पालन गर्नु पर्ने ६ बुँदे नियम

विज्ञापन

विचार

देश खतरामा छ-देखि लिएर हिन्दु खतरामा छ प्रोपागान्डा अझ पनि खुब बिक्री हुने मसाला हुन्। बङ्गालमा बङ्गालीलाई नै म बङ्गालको हुँ कि बङ्गलादेशको हुँ भन्ने सोचमा हाल्न सफल भइसकेको स्थिति छ अहिले। प्रोपागान्डाको शक्ति यति प्रभावशाली छ। गोर्खाल्याण्ड त भइहाल्छ, हामीलाई बङ्गालको सत्तामा बस्नु देउ पहिला। अहिले गोर्खाको मानसिकतामा हाल्दै गरेको नयाँ प्रोपागान्डा हो यो। २०२४ सम्म समय दिएका छौं भाजपालाई गोर्खाल्याण्ड बनाउन। तर पहिला बङ्गालमा उनीहरुलाई सत्तासीन राख्नु पर्छ। त्यसैले पहाडमा कमल फुलाउनु पर्छ। डरलाग्दो प्रोपागान्डाको शिकार हुँदैछौं हामी गोर्खा पनि।


 ज्योति कुमार मुखिया


 

अघिल्लो लेखमा मैले मार्टिन मिसलिस्कोको सर्वसत्तावादबाट बाच्ने 15 बुँदे निर्देशिकाको नेपाली रूपान्तरण प्रस्तुत गरेको थिएँ। यदि तपाईंले पढ्नु भएको छैन भने यहाँ ( लिंक ) फासिस्ट/सर्वसत्तावादबाट बाँच्ने 15 बुँदे निर्देशिका पढ्न पाउनु हुनेछ।

त्यही निर्देशिकाको आधारमा हाम्रो राष्ट्रिय परिवेशलाई केलाउने हो भने धेरै ज्वलन्त उदाहरणहरु हामी देख्छौँ। भारतका प्रायजसो मेनस्ट्रिम मिडिया गोदी मिडिया भइसकेका छन। सत्ताको कब्जामा छन्। सत्ताका प्रोपागान्डा चलाउँछन्। पब्लिक ओपिनियन सत्ता पक्षकै फाइदाको निम्ति प्रसार भइहेको छ। बाँचेका थोरै मिडियालाई देशद्रोही-को संज्ञाले पुकारिन्छ। तरै पनि आशाको किरण अझ निभेको छैन। अनलाइन मिडियाले भरसक प्रयास गरिरहेको छ, सत्ता पक्षको यथार्थ चरित्र उजागर गर्न।

सत्ता पक्षलाई अप्ठेरो प्रश्न गर्ने पत्रकारहरु, एक्टिविस्टहरु कि त बेरोजगार बनेका छन् वा जेलबन्दी भएका छन्। प्रश्न गर्ने लेखक चाहे कलबुर्गीको हत्या होस् या लेखिका/पत्रकार गौरी लङ्केशको हत्या, सर्व विदित घटना हो। यदि तपाईं सत्ता पक्षलाई प्रश्न गर्नु हुन्छ अनि सत्ताको आलोचना गर्नुहुन्छ तपाईंलाई अर्वन नक्सल, सेकुलर, देश द्रोहीको नामले बोलाइन्छ।

कोरोना सङ्क्रमणको कारण विद्यार्थीले नियमित पठन पाठन गर्नु पाइरहेका छैनन। त्यसैले सीबीएसईले पाठ्यक्रममा केही फेरबदल ल्यायो। अब विद्यार्थीले आगामी परीक्षाको निम्ति निम्न पाठहरू पढ्नु पर्दैन।

As part of rationalising its syllabus in view of the Covid-19 situation, the Central Board of Secondary Education (CBSE) Tuesday “completely deleted” chapters on federalism, citizenship, nationalism, and secularism from the political science curriculum of Class 11 for the academic year 2020-21.

Apart from these, sub-sections including ‘Why do we need Local Governments?’ and ‘Growth of Local Government in India’ have also been removed from the curriculum.

के यो पहल कलिला विवेकलाई आफ्नो देश विषय जान्नु पर्ने मूलभूत ज्ञानदेखि वञ्चित गर्ने षड्यन्त्र होइन? छापामा हामीले पढेका छौँ कसरी इतिहास तोड मोड गरेर नयाँ इतिहास विद्यालयमा पढाइँदैछ।

देश खतरामा छ-देखि लिएर हिन्दु खतरामा छ प्रोपागान्डा अझ पनि खुब बिक्री हुने मसाला हुन्। बङ्गालमा बङ्गालीलाई नै म बङ्गालको हुँ कि बङ्गलादेशको हुँ भन्ने सोचमा हाल्न सफल भइसकेको स्थिति छ अहिले। प्रोपागान्डाको शक्ति यति प्रभावशाली छ।

गोर्खाल्याण्ड त भइहाल्छ, हामीलाई बङ्गालको सत्तामा बस्नु देउ पहिला। अहिले गोर्खाको मानसिकतामा हाल्दै गरेको नयाँ प्रोपागान्डा हो यो। २०२४ सम्म समय दिएका छौं भाजपालाई गोर्खाल्याण्ड बनाउन। तर पहिला बङ्गालमा उनीहरुलाई सत्तासीन राख्नु पर्छ। त्यसैले पहाडमा कमल फुलाउनु पर्छ। डरलाग्दो प्रोपागान्डाको शिकार हुँदैछौं हामी गोर्खा पनि।

११ जात गोष्ठी पनि प्रोपागान्डा कै अर्को रूप हो। यथार्थ कसैले बताउनु चाहँदैन न त जान्नु नै चाहन्छ। कहिलेसम्म सर्वसत्तावादीको बहकाउमा अनि तोड मोड गरिएका तथ्यको भरमा हामी गोर्खाले तिनीहरूलाई विश्वास गरिरहनु?  झन भाजपाको विधायक, जीएनएलएफ-का प्रवक्ताको कुरामा विश्वास गर्नु हो भने हामी गोर्खाल्याण्डको एजेण्डामा नै बिक्री भएका हौं कति कष्टप्रद विषय हो। भन्नुको अर्थ भाजपाले किनेको हो गोर्खाल्याण्डको मुद्दा। किन्ने मान्छेले अब मुद्दाको सदुपयोग पनि गर्न सक्छ दुरुपयोग पनि।

माथि उद्धृत विषय थोरै विषय हुन्। यस्ता विषयको जानकारी लिनु मात्र होइन घोत्लनु पनि नागरिकको कर्तव्य हो। अन्य मुद्दाहरु खोज्न अनि मन्थन गर्न तपाँईलाई छोडी दिएँ।

मार्टिन मिसलिस्को भन्छन्, यदि कसैले सर्वसत्तावादी धारणा अनि सत्ताको पक्षमा खडा हुन्छन् भने तपाईं के गर्नसक्नु हुन्छ? तपाईंको परिवेशमा सर्वसत्तावादीको चिन्हहरू देखिँदैछ भने तपाईं के गर्न सक्नु हुन्छ?

मार्टिन निम्न ६ वटा नियम / रुल पालन गर्ने सल्लाह दिन्छन्। मार्टिनको सर्वसत्तावादीको सामना गर्न, उपयोगमा ल्याउनु पर्ने ६ रुललाई हेरौं।

रुल-१ : घटनाहरूदेखि तटस्थ नरहनुहोस्। अन्तमा यिनै घटनाहरू तपाईंलाई, तपाईँको परिवारलाई, तपाईँको साथीलाई पनि प्रभावित पार्ने चिन्ताको विषय बनिने छ। चिन्तित बनाउने घटनाहरूको विरोधमा आवाज उठाउनुहोस्। सबैले जानोस् तपाईं यो विषयमा गम्भीर हुनुहुन्छ। प्रतिरोध जनाउनुहोस्।

रुल-२: तिनीहरू डर अनि अनभिज्ञताको परिवेशमा मौलाउँछन्। तिनीहरूको डरलाई उदाङ्गो पार्नुहोस्। तिनीहरूको तर्कमा कहाँ वितर्क अथवा त्रुटी छ देखाउनुहोस्। जनचेतना जगाउनुहोस्। आफ्नो वरिपरि भएकालाई यी विषय अवगत गराउनुहोस्। तिनीहरू तथ्यलाई तोड मोड गर्न खोज्छन्। इतिहासलाई नयाँ तरिकाले लेख्न खोज्छन्। तिनीहरूलाई यी सब गर्नदेखि रोक्नुहोस्।

रुल-३ : विरोधको आन्दोलन आयोजन गर्नुहोस्।  नागरिक सामाजलाई सङ्गठित पार्नुहोस्। तिनीहरू धेरै सङ्गठित छन्, तपाईंहरू पनि त्यसरी नै सङ्गठित हुनुपर्छ। सडक भरिदिनुहोस्। तपाईंको संख्या देखेर यिनीहरू पछि हट्नेछन्। तिनीहरू निर्भर गर्ने भनेको नै जनता हुन अनि तपाईं जनता हुनुहुन्छ।

रुल-४ : तिनीहरूलाई विभिन्न जात गोष्ठी, देश भक्त, देशको दुश्मन, लिबरल, सेकुलर आदि नामले विभाजन ल्याउन चाहन्छन्। विभाजन रोक्न प्रयास गर्नुहोस्। तपाईंहरू सबै नागरिक हुनुहुन्छ। तपाईंहरू विभिन्न मत, आस्था अनि विचार भएता पनि एक राष्ट्र हुनुहुन्छ। तपाईंको विविधतालाई आफ्नो शक्ति बनाउनुहोस्। एक उद्देश्य – लोकतन्त्र अनि स्वतन्त्रताको अस्तित्व जोगाउन एकबद्ध रहनुहोस्।

रुल -५: हरेश नखानुहोस्। उदासीन नबन्नुहोस्। पछि देखाजाला भनेर नपर्खिनुहोस्। यो यसै टेरेर जान्छ भनेर आशा नगर्नुहोस्। यो टरेर जाने छैन। तिनीहरू मानिसलाई म्यानिपुलेट गर्नेछन्। मिडियालाई पब्लिक ओपिनियन आफ्नो तर्फ राख्न, आफ्नो वसमा राख्नेछन्। चुनाव प्रक्रियालाई आफ्नो फाइदा हुने तरिकामा नयाँ रुप दिनेछन् । त्यसपछि तिनीहरू धेरै लामो समय सम्म सत्तामा रहनेछन्।

रुल -६: यदि तपाईंको क्रियाकलापले तिनीहरू पछि हट्दैनन् या सत्ताच्युत हुँदैनन् भने यति निश्चित गर्नुहोस् कि आगामी चुनावमा, यदि लोकतन्त्र बाँचेको छ भने  तिनीहरूलाई नागरिकले फेरि भोट दिने छैनन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया